» » उपेन्द्र यादव दिल्लीमा हुँदा राजपा नेपालको गोप्य प्रस्ताव

राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल र समाजवादी पार्टी बीच एकीकरणको कुरा चलिरहँदा नेताहरुको भारत दौडधुप बाक्लिएको छ । पछिल्लो समय यी दुई दलको एकीकरणमा अन्तराष्ट्रिय चासो बढेको छ । यी दुई दलको बीचमा हुने एकीकरणमा पहिलादेखि भारतले चासो लिइ नै रहेका थिए तर पछिल्लो समय चीनले पनि चासो लिन थालेका छन् ।

सञ्चारमध्यममा आएको समाचार अनुसार चिनियाँहरुले समाजवादी पार्टी र राजपा नेपालका नेताहरुलाई भेटेर आफ्नो अनुकुल एकीकरण गराउन चाहेको छन् भने भारतले आफ्नो अनुकुल एकीकरण गराउन चाहेका छन् ।

दुई देशको आआफ्नो स्वार्थका कारण यी दुई पार्टीबीच एकीकरणमा ढिलाई भइरहेको सहजै बुझ्न सकिन्छ । यी दुई दलको बीचमा लामो समयदेखि एकीकरणका लागि अनौपचारिक र औपचारिक छलफल भएपनि हालसम्म कुनै कुराको टुङ्गो लागेको छैन ।

एकीकृत पार्टीको नेतृत्व कसले गर्ने, वरियताक्रममा कसलाई कहाँ राख्ने कुरामा विवाद भएको कारण एकीकरण प्रकृया अगाडि बढेको छैन । एकीकरणको कुरा चलिरहेकै बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव दिल्ली जानुभयो ।

एकीकरणको मोडालिटी बारे राजपा नेपालसमक्ष उपेन्द्र यादवले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावको बारेमा राजपा नेपालले भदौ १५ गते अध्यक्षमण्डलको बैठकमा छलफल गरिरहँदा सोही दिन उपेन्द्र यादव दिल्ली उड्नु भएको थियो । डब्लुएचवोको अन्तरराष्ट्रिय गोष्ठीमा भाग लिन दिल्ली जानु भएका अध्यक्ष यादव गोष्ठीपछि त्यहाँ विभिन्न भारतीय नेताहरुसँग भेटघाट गरी पार्टी एकीकरणको बारेमा कुराकानी गर्नुभएको थियो ।


त्यसअघि राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर स्वास्थ्य उपचारको भन्दै दिल्ली पुगेर विभिन्न व्यक्तिसँग भेटघाट गरी फर्केपछि उपेन्द्र यादव जानु भएको थियो ।

 उपेन्द्र यादव भदौं २१ गते फर्केपछि राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव दिल्ली जानु भएको छ । उहाँ फर्केपछि राजपा नेपालका अर्का अध्यक्षमण्डल सदस्य महेन्द्र राय यादव जाने कार्यक्रम रहेको बुझिएको छ ।


उपेन्द्र यादव दिल्लीमा भएको बेला यता राजपा नेपालले समाजवादी पार्टी समक्ष प्रस्ताव गरेको थियो । समाजवादी पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा भएका छलफलमा राजपा नेपालले पेस गरेको प्रस्ताव चारजनाको अध्यक्ष मण्डल बनाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

 त्यसमा समाजवादी पार्टीको तर्फबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतो रहने प्रस्ताव गरेको छ । भदौं १३ गते शुक्रवार दुई पक्ष बीच भएको वार्तामा समाजवादीव पार्टीले राखेको प्रस्तावको जवाफमा राजपा नेपालले भदौं २० गते भएको वार्तामा अर्को प्रस्ताव गरेको थियो ।


समाजवादी पार्टीले त्यसअघि गरेको प्रस्तावमा डा.बाबुराम भट्टराईलाई वरियताक्रमको एक नम्बरको अध्यक्ष, महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष, उपेन्द्र यादवलाई वरियाताक्रमको दुई नम्बरको अध्यक्ष र राजेन्द्र महतोलाई वरियताक्रमको दोस्रो नम्बरको वरिष्ठ नेता र राजेन्द्र श्रेष्ठलाई एक नम्बरको वरिष्ठ नेता दिने प्रस्ताव गरेको थियो ।  तर राजपा नेपालले त्यसलाई स्वीकार गरेका थिएन ।

 सो प्रस्तावको जवाफमा राजपा नेपालले आफ्नो प्रस्ताव पेस गरेको थियो । राजपा नेपालका एक नेताले दिनु भएको जानकारी अनुसार डा.बाबुराम भट्टराईलाई एक नम्बरको अध्यक्ष स्वीकार गर्दै अन्य अध्यक्षहरुको वरियाता उसको योगदान, वरिष्ठताको आधारमा तोक्ने भनिएको छ ।


उपेन्द्र यादवले एकीकृत पार्टीको नाम समाजवादी पार्टी, चुनाव चिन्ह मसाल र झण्डा समाजवादी पार्टीकै रहने प्रस्ताव गर्नुभएको थियो । तर राजपा नेपालले त्यसलाई पनि अस्वीकार गर्दै दुवै पार्टीको नाम झल्किने गरि साझा नाम राख्न प्रस्ताव गरेको थियो ।

राष्ट्रिय समाजवादी जनता पार्टी या राष्ट्रिय समाजवादी पार्टी हुनुपर्ने राजपा नेपालले प्रस्ताव गरेको छ । झण्डा समाजवादी पार्टीको भयो भने चुनाव चिन्ह राजपाको हुने र राजपा नेपालको झण्डा भयो भने चुनाव चिन्ह समाजवादी पार्टीको रहने राजपा नेपालको प्रस्ताव रहेको स्रोतले दावी गरेको छ ।


लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष देश हुनुपर्ने तथा संसदीय व्यवस्था मिश्रित निर्वाचण प्रणाली हुनुपर्ने राजपा नेपालको प्रस्ताव रहेको छ । जबकी समाजवादी पार्टीले कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेको छ । तर यसप्रकारको कुनै प्रस्ताव राजपा नेपालले नगरेको सो पार्टीका महासचिव केशव झाले दावी गर्नुभयो । दुई पार्टीको बीचमा अनौपचारिक छलफल भएपनि राजपा नेपालबाट कुनै प्रस्ताव नगएको उहाँले दावी गर्नुभयो ।


वार्तामा सहभागी समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पनि राजपा नेपालको प्रस्तावको बारेमा केही कुरा खुलाउन नचाहनु भएन । उहाँले कसैको तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएपनि विभिन्न विषयमा छलफल भएको बताउनुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..