राजविराज असोज २ गते । राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले संविधान दिवसको विरोधमा आज प्रदर्शन गरेको छ ।
बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश २ का नेता तथा जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरेको राजपा नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेर सविधानविरुद्ध नारावाजी गरेका थिए ।
प्रदर्शनमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजपा केन्द्रीय सह महासचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य दिनेश कुमार यादव, राजपा सप्तरी संयोजक हरेराम यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी हुनुहुन्थ्यो ।
राजपा नेपालले भोली तराई मधेशका विभिन्न २७ वटा जिल्लामा प्रदर्शन गर्नुको साथै कोणसभाको आयोजना गर्ने भएको छ । असोज ३ गते सविधान निर्माण हुँदा त्यसमा मधेशी आदिवासी जनजाति, मुस्लिम, दलित, पिछडा वर्गको माग नसमेटेको भन्दै मधेशवादी दल लगायतले सविधान संशोधनको माग गर्दै आएको छ । असोज ३ गते मुख्य ठूला दलले जवर्जस्ती जारी गरेको दावी मधेशवादी दलको रहेको र त्यही कारणले सविधान दिवसको विरोध गरेको ती दलका नेताहरु बताउँनु हुन्छ ।

No comments: