» » मुख्यमन्त्री राउतलाई यसरी सम्झाए राजपाका महासचिवले

काठमाडौं असोज १२ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई छिमेकसँगको सम्बन्ध बारे राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजिव झाले सम्झाउनु भएको छ ।

 मुख्यमन्त्री राउतले कुनै कार्यक्रममा खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेको अभिव्यक्ति दिएको कारण समाजिक सञ्जालमा विज्ञप्ति जारी जारी गरेर महासचिव झाले राउतलाई खुल्ला सीमाका कारण सुरक्षा सुनौती नबढेको प्रष्ट्याउनु भएको छ ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन शनिबार गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश २ का सबै जिल्ला भारतसँग जोडिएर रहेको र  सिमाक्षेत्र खुल्ला हुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको धारणा राख्नु भएको थियो ।

 नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायत गोष्ठीमा प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागितामा भएको सो गोष्ठीमा खुल्ला सीमाका कारण सुरक्षा चुनौती बढेको धारणा राख्नु भएको थियो ।


नेपाल भारत खुला सिमा संवाद समुहका संयोजक समेत रहनु भएका महासचिव झाले भन्नुभयो, ‘यस किसिमको विवादित बयान मुख्यमन्त्री जस्तो व्यक्तिक लागि सुहाउँदो होइन ।’ ‘खुला सीमाको कारण सुरक्षा चुनौती छ, भन्नु तपाईंको अकर्मण्यता हो के यो प्रदेशको प्रहरी तपाईंको नियन्त्रणमा छ ? सेना, कर्मचारी तपाई को नियन्त्रणमा छ ? प्रमुख जिल्ला अधिकारी या स्थानीय निकाय तपाईको नियन्त्रणमा छ ? उहाँले प्रश्नु गर्नुभएको छ ।

उहाँले मुख्यमन्त्री राउतलाई भन्नुभएको छ, ‘तपाई साइकल बाटनुस र प्रदेशको बजेट चलाउनुस जानकी मन्दिर जस्तो ठाउँमा गुणस्तरहिन मार्बल लगाउन दिनुस ।’ खुला सीमाको कारण सुरक्षा चुनौती नरहेको बताउँदै महासचिव झाले प्रहरी प्रशासनलाई अरु चुस्तदुरुस्त हुनु पर्ने, सीमामा सशत्र प्रहरी जनपथ प्रहरी अनुसन्धान प्रहरी लगायतको सुरक्षा निकायलाई अतिरिक्त ड्युटी गर्नु पर्ने भनि सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रहरीले चाहे भने कुनै मन्दिर मस्जिदको अगाडिबाट एक थान चप्पल समेत चोरी हुन सक्दैन ।

खुला सिमाको कारण सुरक्षा चुनौती हुन्छ भने पाकिस्तान र भारतको सिमा खुला छैन तैपनी काश्मिरमा सुरक्षा चुनौती रहेको बताउँदै उहाँले उदाहारण दिँदै भन्नुभयो, ‘पाकिस्तान र बंगलादेशको सीमा खुला छैन तैपनि सुरक्षा चुनौती छ । अमेरिका जस्तो सम्पन्न देशको वल्डट्रेड सेन्टरमा आक्रमण हुन्छ ।पाकिस्तान, अफगानिस्तान, इराक लगायत विश्वको अनेकौं देशमा दिनहुुँ आतंकबादी हमला हुन्छ । त्यो खुला सिमाको कारणले भएको होइन।’

उहाँले आफ्नो मामाको घर भारतको विहारमा रहेको बताउँदै भन्नुभयो, ‘मधेसमा बसोबास गर्ने अधिकाँशको कुनै न कुनै नातेदार भारतमा छन् । हामी आफ्नो पनि सुरक्षा चाहन्छौं र मामाको पनि । हामिहरु आफ्नो सुरक्षाको साथै भारतमा बस्ने हाम्रो मामा, फुफा, भिनाजु, दिदी, बहिनी लगायतको पनि सुरक्षा चाहन्छौं ।’

नेपाल र भारतको नागरिक बीच सदियौं देखिको वैवाहिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध, राजनैतिक सम्बन्ध, रामजानकीको सम्बन्ध, काशी विश्वासनाथ र बाबा पशुपति नाथको सम्बन्ध हिन्दु धर्मावलम्बीहरुको बाबाधामसँगको सम्बन्ध सबै खुला सीमाको कारण सम्भब भएको उहाँले स्पष्ट पार्नुभयो ।

 खुला सिमा न भएको कारण नेपाल र चीनबीच भारत जस्तो सम्बन्ध नरहेको बताउँदै उहाँले नेपाल र पाकिस्तान, नेपाल र बंगलादेश या भारत र पाकिस्तान, भारत र बंगलादेश बीच पनि नेपाल जस्तो बेटीरोटीको सम्बन्ध नरहेको दावी गर्नुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..