» » पाइपलाइन उद्घाटनसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं भदौं २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगञ्जको पेट्रोलियम पाइपलाइन उद्घाटन गरेसँगै नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनु भएको छ ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल, मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..