» » प्रचण्डले जयशंकरलाई भेटेको कुरा किन लुकाउनुभयो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेश मन्त्री एस. जयशंकरलाई नभेटेको कुरा निकै चर्चामा रह्यो ।

मन्त्री जयशंकरले अध्यक्ष प्रचण्डलाई भेटघाटका लागि द्वारिका होटलमा बोलाउनु भएको थियो तर उहाँ त्यो होटलमा भेटन् नमानेको कुरा चर्चामा आएको थियो । तर भारतीय दूतावास स्रोतले भन्छन, जयशंकरसँग प्रचण्डको भेटघाट नै थिएन ।’ तर प्रचण्डको सचिवालयले भन्छन, जयशंकरसँग भेटघाटको समय भएपनि अध्यक्ष प्रचण्ड बैठकमा व्यस्त भएको कारण जयशंकरलाई भेटनु भएन ।’


यी दुई कुरामा कुन कुरा सत्य हो त्यो पछि खुल्दै जाला तर भारतीय पक्षबाट एउटा भिडियो सार्वजनिक भयो जुन भिडियोमा अध्यक्ष प्रचण्डले विदेश मन्त्री जयशंकरलाई भेटेको देखाइएको छ । विदेश मन्त्री एस जयशंकर भदौं ४ गते काठमाडौ ओर्लने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेको भिडियोमा देखाइएको छ । र सोही भिडियोमा प्रधानमन्त्रीको नीजि सचिवालयका सदस्यले प्रचण्डलाई डोर्याउँदै भित्र लगिरहेको छ जहाँ जयशंकर र प्रधानमन्त्री अ‍ोलीबीच भेटघाट भइरहेको थियो ।


जयशंकर र प्रधानमन्त्री ओलीबीच भएको भेटघाट त्यो भिडियोमा देखाइएको छ तर प्रचण्ड र जयशंकरबीच भएको भेटको देखाइएको छैन । तर बालुवाटार स्रोत भन्छ, जयशंकरले ओलीलाई भेटीसकेपछि प्रचण्डलाई त्यही एक्लै भेट्नु भएको थियो ।

 यद्यपी सो भेटघाट गोप्य राखिएको छ ।’ बालुवाटारमा भेटघाट गरिसकेका प्रचण्डले फेरि जयशंकरसँग किन भेटन्ु पर्यो, दूतावासका एक पदाधिकारीले भने, प्रचण्डसँगथ भेट्ने सेडुल थिएन तर अकस्मात बालुवाटारमा प्रचण्डको आगमन भएपछि दुईजनाको बीचमा भेट भएको हो ।’ तर प्रचण्डको सचिवालयले जयशंकर र प्रचण्डबीच भेटघाट नभएको दावी गर्दै आइरहेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..