» » मुस्लिम खोज्दै चिनियाँ एजेण्ट

नेपालमा आफ्नो प्रभाव जमाउँदै गएको चीनले नेपाल–भारतको सीमा रहेका मुस्लिम समुदायमा आफ्नो लगानी गर्न चाहेको छ । नेपाल–भारतको सीमामा रहेका मदरसा भारतका लागि टाउको दुखाईको विषय भइरहेको बेला चीनले त्यसमा चासो लिन थालेका छन् ।

चीनले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको छ । नेपाल–भारत बोर्डरमा रहेका मदरसामा पाकिस्तानी खुफियाको आखडा रहेको भारतको बुझाई छ । पाकिस्तानका आतकंवादीहरु नेपाल छिरेर यही मदरसाहरुमा बसेका हुन्छन् र मौका पाउने वित्तिकै भारतमा आतकंवादी गतिविधि गरेको भारतको दावी रहेको छ ।


यसैबीचमा चीनले ती मदरसा तथा मुस्लिम समुदायमा लगानी गर्ने प्रस्ताव गर्नुले भारतलाई झस्काएका छ । चिनियाँहरुले भदौं २४ ते मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई भेटेर मुस्लिम समुदायका लागि काम गर्न चाहेको प्रस्ताव गरेका छने । मुस्लिम आयोगको कार्यालयमै गएर उहाँहरुले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्ने इच्छा देखाएको छ ।

 चीनिया प्रतिनिधि मण्डलका तर्फबाट पेङ योङ सी र जु जीहुले आयोगका अध्यक्ष अन्सारीलाई भेटीले सो प्रस्ताव गरेको आयोगले जनाएको छ ।

 साथै, नेपालमा कृषि क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै कृषिमा सहयोग गर्ने वचन पनि दिएको आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो । मुस्लिम समुदायका बालबालिकाको शिक्षाको विकास र छात्रबृत्तिको लागि पनि प्रतिनिधि मण्डलले अध्यक्ष अन्सारीसँग कुराकानी गर्नुभएको थियो । उहाँहरुले चीन नेपालको विकासको लागि सहयोगी भएकाले लगानी गर्नका लागि वातावरण बनाई दिन पनि आयोगका अध्यक्षलाई आग्रह गर्नुभएको थियो ।


सुटुक्क फर्के
चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लािग चिनियाँ विदेशमन्त्री वाङ् यी नेपाल भ्रमण गरेर फर्कि सकेका छन् । पाकिस्तान हुँदै विशेष विमानबाट नेपाल आएका यी नेपालमा दुई दिन बसेका थिए ।

 सो क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर प्रधानमन्त्री केपी शर्मा अ‍ोली, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग भेटघाट गर्नुभएको थियो । विशेषगरि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उहाँ आउनु भएको थियो तर उहाँ आउनु भन्दा पहिले चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल लि सिजोङ सुरक्षा व्यवस्थाको जानकारी लिएर फर्किनु सुटुक्क फर्किनु भएको छ ।

२७ सदस्यीय टोलीको नेतृत्व गरी नेपाल आउनु भएका उहाँले तीनै तहका सुरक्षा प्रमुखहरुसँग भेटेर नेपालको सुरक्षा व्यवस्थाको जानकारी लिनु भएको थियो । विमानस्थल र विभिन्न रुटको समेत अवलोकन गर्नुभएका सिजोङ वसन्तपुर दरवार स्क्वायरको पनि अवलोकन गरेका थिए । राष्ट्रपति सीलाई वसन्तपुर दरवार स्क्वायरमा चिनियाँ सहयोगमा निर्माधिन दरवार देखाउने तयारी रहेका हुनाले मेजर सिजोङले त्यसको अवलोकन पनि गर्नुभएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..