नेपालको ठूलो टिभी रियलीटि सांगितिक शो नेपाल लोक स्टारमा रविराज साहले अहिले धमाल मचाइरहनु भएको छ । भदौं २७ गते एपिसोडमा मैथिली भाषाको गीत ‘उत्तरही राज सँ जे एलै एक नटिया रे जान’ बोलको गीत गाएर उहाँले सबैको मत जित्न सफल हुनुभएको छ । त्यो गीतपछि उहाँले सुपर स्टेण्डिंग ओभिएसन सम्मान पाउनु भएको छ ।
यसअघि नेपाली भाषाको गीत मात्र गाउन बाध्य पारिएको रविराजलाई तराई मधेशबाट भोटिङ्ग कम भएपछि चौतर्फी आलोचना आयोजक टिमलाई भएको थियो । त्यसपछि उहाँलाई आफ्नै मातृभाषाको गीत गाउन दिएको थियो । रवीराजले मातृभाषामा गीत गाउन थालेपछि उहाँको प्रशंक झन बढेको छ ।
काठमाडौं एपी वान टेलिभिजनबाट प्रसारण हुने नेपालको ठूलो सांगितिक रियलिटी शो नेपाल लोक स्टारको अघिल्लो एपिसोडमा उहाँले गीत शुरु गरेपछि टिभी हेरेर बसेका दर्शकहरुले समेत झुमेका थिए भने जजिस्ट (निर्णायक मण्डल) सहित अडिएन्सहरुले समेत कम्मर हल्लाएको देखियो । यसअघि नेपाली भाषाको गीत मात्र गाउन बाध्य बनाइएका रविराजले भाषा र टयुनको कारण तराई मधेशबाट भोट कम पाउन थालेपछि निरास भएका थिए । रवीराज हाल टप ८ मा पुग्न सफल हुनुभएको छ ।
शास्त्रीय संगीतमा लागेको १० वर्षजति भयो । भारतीय विद्यापीठ र अखिल भारतीय गन्धर्व महाविद्यालमा उहाँले अध्ययन गरिरहनु भएको छ । ब्याचलर दोस्रो वर्षमा अध्ययनरत रवीराज २०६७ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरेपछि संगितमै रमाउन थाल्नुभयो । संगित सिक्नका लागि भारतको मुम्बई पुग्नु भएको रवीराज लोकस्टारमा भाग लिनका लागि नै नेपाल आउनु भएको छ ।

No comments: