» » अब के गर्नुपर्छ सिरहा समाजले ?

काठमाडौ असोज ११ गते । सिरहा समाज सेवाले दशैं, दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिले रक्तदान गर्नुको गरेको थियो ।

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा भएको कार्यक्रममा  शुभकामना दिने वक्ताहरुले सिरहाको विकास कसरी हुनसक्छ, त्यसको रोडम्याप तयार गरी अगाडि बढ्न सुझाव दिनुभएको थियो ।

 सिरहालीहरु जो जहाँ जुन रुपमा भएपनि आआफ्नो ठाउँबाट सिरहाका लागि योगदान दिनुपर्ने वक्ताहरुले धारणा राख्नुभएको थियो । प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले त आफ्नो पार्टी नेकपाको नेतृत्वमा अहिले सरकार छ, यही मौकामा केही गरी हालौं भन्दै सिरहा समाजसँग कार्यक्रमको खाका माग गर्नुभएको थियो ।

काशीराज दाहालले समाजको तर्फबाट रोडम्याप बनाएर सिरहाको लागि योजनबद्ध ढंगबाट काम गर्नुपर्ने सुझाव दिनुभएको थियो भने समाजवादी पार्टीका सहमहामन्त्री प्रकाश अधिकारीले कुनै पनि समाजलाई परिवर्तनका लागि समाजिक संगठनहरुको महत्वपूर्ण भूमिका रहेको भन्नुहुँदै सिरहा समाजले पनि आफ्नो जिल्लामा उदाहारणीय कार्य गर्नुपर्ने सुझाव दिनुभयो । काठमाडौमा हजरौंको सँख्यामा सिरहाहरु बस्नुहुन्छ, उहाँहरुको समस्या, दुख र सुखको साथी सिरहा समाज बनुन् भनि उहाँले सुझाव दिनुभयो ।

विशेष अतिथि गौरी शंकरलाल दासले सिरहा समाज गठन हुनुको उद्देश्यलाई प्रष्ट पार्दैं आफ्नो उद्देश्य अनुसार काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रध्यापक रामप्रताप यादव, समाजका अध्यक्ष पूर्व अध्यक्ष हरिनारायण यादव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

समाजका अध्यक्ष विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार एवं कलाकार धिरेन्द्र प्रेमर्षी, रुपा झा, समाजका पूर्व केन्द्रीय सदस्य सुरेशकुमार यादव, डा.कैलाश साह, अवधेश प्रसाद गौतम, प्रदीप बम्जम, नथु प्रसाद बासकोटा, वसन्त कार्की, आनन्द मोहनलाल दास लगायत काठमाडौमा रहेर विभिन्न पेस व्यावसायमा आवध सिरहावासीको उपस्थिति थियो ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..