» » लोकसेवा आयोगका अध्यक्षले लिनुभयो सपथ

जनकपुर भदौं २२ गते । प्रदेश २ का लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
मधेश भवनमा आइतबार आयोजित एक समारोहका बीच उहालाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराउनु भयो । 

नवनियुक्त यादवले  सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको रुपमा काम समेत गर्नुभएको छ ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।
त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ । झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो । यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी काँग्रेसले प्रदेश सरकारसँग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..