» » नेपालको परराष्ट्र नीतिः कसैलाई काखा, कसैलाई पाखा !

–डा.अमरेशकुमार सिंह
हाम्रो परराष्ट्र नीति के हो ? अहिलेको यो सरकारको अपरिपक्कता र बचकाना परराष्ट्र नीतिका कारणले नेपाल रहन्छ कि रहँदैन, नेपालीको रुपमा हामी रहन्छौ कि रहदैनौं भनि चुनौती खडा भएको छ । इण्डोप्यासेफिक र बीआरआईको बारेमा जुन कुराहरु बाहिर आएका छन् । त्यो कुुरा पहिला पनि मैले उठाएको थिए ।

इण्डोप्यासेफिक र बीआरआई दुईटै स्ट्रेटेजिक महत्वको परियोजना हो । यसका सरकारले वृहत राष्ट्रिय सहमति कायम गर्नुपर्छ । किनकि परराष्ट्र नीतिको बारेमा नेपालको सविधानमा स्पष्ट रुपमा उल्लेख छ कि नेपालको परराष्ट्र नीति असग्लन राष्ट्रको रुपमा रहन्छ । साथसाथै ‘नन इन्टरफरेन्सी इन्टरनल म्याटर’ साथसाथै ‘मिच्योल रिस्पेक्ट र कपरेट’ को आधारमा परराष्ट्र नीति तयार हुन्छ ।


तर यसको बारेमा सरकारको धारणा के हो त्यो कुरा स्पष्ट रुपमा आउनुपर्छ । सत्तापक्षकै एकजना अध्यक्षले भन्नुभएको छ कि हामी इण्डोप्यासेफिकको पार्ट (भाग) होइनौं । तर त्यो भन्दा पहिला पेन्टागनबाट रिर्पोर्ट आएको थियो कि नेपाल इण्डाप्यासेफिको पार्ट हो । त्यसमा परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणलाई कोड गरेर लेखेको छ । पेन्टागन भनेको अमेरिकाको रक्षा मन्त्रालय हो । त्यति मात्र होइन, नेपाल बीआरआईको पार्ट हो कि होइन त्यो पनि स्पष्ट गर्नुपर्यो । नेपाल बीआरइको पार्ट के कारणले हो, त्यो पनि स्पष्ट हुनुपर्यो ।
हामी दुई ठूला मित्र राष्ट्रको बीचमा बसिरहेका छौं ।

दुईटै छिमेकीलाई समान व्यवहार गरेनौं भने त्यसको शिकार पनि हामी कही न कही हुन्छौं । विगतमा हाम्रो पार्टीले पनि नेपाल असंलग्न राष्ट्र हो, हामी कुनै एउटा देशको हुन सक्दैनौं । त्यत्रो कोल्ड वार (शीतयुद्ध) हुँदा पनि नेपाल कसैको पक्षमा लागेन । न रसियाको पक्षमा लाग्यो न अमेरिकाको पक्षमा लाग्यो तर अहिले नेपालको परराष्ट्र नीतिले के देखाई रहेको छ भने भर्खरै दुईजना परराष्ट्र मन्त्रीको नेपाल भ्रमण भयो । भारतीय विदेश मन्त्री एस.जयशंकरलाई स्वागत गर्नका लागि परराष्ट्र सचिव शंकरदास वैरागी जान्छन् ।

 तर चीनका विदेश मन्त्री वाङ यीलाई स्वागत गर्नका लागि राज्यमन्त्री (राज्यमन्त्री डा.सुरेन्द्र यादव) जान्छन् । त्यस्तै, चिनियाँ विदेश मन्त्री वाङ यीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा बराबरको हैसियतामा सोफा र दुई देशको झण्डा राखेर भेट्छन् । के प्रधानमन्त्री र चिनियाँ विदेश मन्त्रीको प्रोटकल एउटै हो त जो बराबरको हैसियतामा भेट्छन् ? तर त्यही भारतका विदेश मन्त्री एस.जयशंकरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा आमुने सामुने राखेर राजा र रैतीको जस्तो भेट्छन् ।


त्यस्तै सोही पार्टी (नेकपा) का एकजना पूर्व प्रधानमन्त्री (प्रचण्ड) विदेश मन्त्रीलाई कुनै होटलमा गएर भेट्नु प्रोटकलले मिल्दैन भनि भेट्न गएका थिएनन् । तर अर्को चिनियाँ विदेश मन्त्री वाङ यी आउँदा उनलाई होटलमा गएर भेटेको फोटो सार्वजनिक हुन्छ ।

फोटो मात्र सार्वजनिक भएको भए केही हुने थिएन उहाँको कुरा जसरी आएको छ, त्यो सबैको चासोको विषय बनेको छ कि त्यो के हो ? उहाँको धारणा के हो त्यो सरकारले स्पष्ट पार्नुपर्यो । त्यसैगरि दुई दिन पहिला पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । त्यहाँ पनि एउटा प्रधानमन्त्री (नरेन्द्र मोदी) ले हाम्रो राजदूत (निलाम्बर आचार्य) लाई छेउमा राखेका छन् । अर्को प्रधानमन्त्री (केपी शर्मा ओली) ले भारतका राजदूत (मन्जिभ सिंह पुरी) लाई आफ्नो पछाडी राखेका छन् । के यही हो सामानता ?


सविधानले परराष्ट्र नीति गाइड गरेको छ कि समानताका आधारमा, सअस्तित्वको आधार, कपरेशनको आधारमा छिमेकी राष्ट्रसँग व्यवहार गर्नुपर्छ तर सरकारबाट त्यस्तो त्रुटी भएको छ । अब सरकारले प्रष्ट पार्नु पर्यो कि यस्तो किन भयो ? नत्र सरकारको बचपनाले नेपालको अस्तित्व खतरामा पर्न सक्ने अवस्था देखेको छु । नेपाल र नेपालीको अस्तित्व कायम गरौं, कसैको लहैलहैमा नलागौ । आम भेटे आमै हुने, राम भेटे रामे हुने, नेपाली कहिल्यै नहुने । यस्तो अवस्थाले यहाँको परराष्ट्र नीति चलिरहेको छ ।
(भदौं २६ गते सांसद सिंहले संसदमा दिनुको मन्तव्यको सम्पादीत अंश)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..