» » कृषि क्षेत्रमा लगानी गर्ने क्षेत्रको खोजी

कृषि क्षेत्रमा लगानी आकर्षित गर्ने उद्देश्यसहित नीजि क्षेत्रले प्रदेश १ मा पहिलो पटक अवसर पहिचान अध्ययन शुरु गरिएको छ । ठूला लगानीकर्तालाई क्षेत्र पहिचानमा सहज बनाउने उद्देश्य राखेर विज्ञसहितको टोलीमार्फत अध्ययन भईरहेकोको छ ।


आन्तरिक उत्पादनको अवस्था विश्लेषणसँगै लगानीका क्षेत्र पहिचान हुने बताइएको छ । उद्योगी–व्यसायीले आन्तरिक उत्पादन र खपतको अवस्था बुझ्न नसकेका कारण कृषि क्षेत्रमा मध्यमस्तरको लगानी मात्रै आकर्षित हुँदै आएको बुझाई राखेका छन् । आन्तरिक कच्चा स्रोत उत्पादनको पहिचानपछि मात्रै ठूला लगानीकर्ता आकर्षित गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अबिनाश बोहरा बताउनुहुन्छ ।


कृषि उद्योग स्थापनासँगै वस्तु उत्पादनका लागि आवश्यक कच्चा, त्यसको आन्तरिक खपत र अन्तर्राष्ट्रिय बजार संभावनाको स्थलगत अध्ययनपछि लगानी क्षेत्रको यकिन हुनसक्ने उद्योगी बोहराको भनाई छ । झापामा चिया र सुपारी बाहेक मकै, पुष्प खेती, मरिच, धान, पशुपालन र तरकारी खेतीमा सरकारी अनुदान बढाउँदा त्यसले निर्यातमा कति सहयोग गर्नसक्छ ? उद्योगी बोहराले भन्नुभयो–यसको जानकारीसँगै राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्ने किसिमका कृषि उत्पादन क्षेत्रका उद्योगमा लगानी बढ्न सक्छ ।


महासंघ १ नम्बर प्रदेश समितिले अर्थशास्त्री डा.अर्जुन बराल नेतृत्वको टोलिलाई १४ जिल्लाको कृषि उत्पादन अवस्था र लगानी क्षेत्रको पहिचान अध्ययनको जिम्मेवारी दिइएको कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिनुभयो । बराल नेतृत्वको टोलीले जिल्लाका उद्योग वाणिज्य संघ, कृषि क्षेत्रका अगुवा, पुराना र अनुभवी कृषकका साथै थोरै लगानीमा धेरै प्रतिफल हासिल गरिरहेका सफल कृषकसम्म पुगेर सुझाव संकलनको काम गरिरहेको छ ।


टोलीका संयोजक तथा अर्थ विज्ञ डा.बरालका अनुसार अहिलेसम्म चर्चामै नभएका तर लगानी भित्र्याउँदा प्रशस्त लाभ लिनसक्ने क्षेत्रको पहिचान समेत भएका छन् । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा चिया, चिरैतो, दूध, अलैंची, अदुवा, किबीका क्षेत्रमा लगानी गर्ने प्रशस्त आधार छन्, बरालले भन्नुभयो–उदयपुरमा बाख्रा, बाँस र बेसार खेतिमा लगानी बढाउँदा त्यसको उत्पादत्वको संभावना देखिन्छ ।


तराईका जिल्लामा बाह्रैमासा पूmल आयात गरेर प्रयोगमा ल्याउने गरिएको छ, त्यसलाई अन्त्य गर्न पूmल उत्पादनमा लगानी बढाउन सक्दा आयात प्रतिस्थापन हुनेसक्ने छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका क्षेत्रको यकिनपछि उत्पादनका लागि लगानी बढाउनुपर्ने उद्योगी रमेश राठी बताउनुहुन्छ । किसानमा जुट खेतिप्रतिको आकर्षण घट्दै छ, उद्योगी राठीले भन्नुभयो–कच्चा आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले किसानलाई लगानी गर्नु पर्दछ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..