» » एक क्रान्तकारी नेताको अन्त्य


राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं पूर्वमन्त्री गणेश नेपालीको भदौं १३ गते साँझ निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ७६ वर्षको उमेरमा निधन भएको राजपा नेपालले जनाएको छ । २०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उहाँ युवा तथा खेलकुद मन्त्री बन्नु भएका नेपाली राजनीतिमा सालिन र कर्मठ नेतामा चिनिनुहुन्छ ।

महोत्तरी सदरमुकाम जलेश्वर २ निवासी उहाँको आफ्नै घरमा निधन भएको हो । लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका उहाँ पञ्चायतकालमा काँग्रेसका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । त्यही समय उहाँ श्रीमती महिला संघको र छोरा बजरंग नेविसंघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँका पुरै परिवार राजनीतिमा नै आवद्ध छन् । नेपाली कक्षा ९ मा अध्ययन गरिहँदा राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गणेश नेपालीको मन साह्रै रोएको थियो ।

जनताको अधिकार खोज्ने यस्तो राजा किन चाहिएको होला यो देशलाई भन्दै निकै चिन्तित बनेका थिए र त्यही बेला उहाँ कसम खाए कि मौका आएपछि राजाको विरुद्धमा आन्दोलनमा जान्छु ।
एकदिन काँग्रेसको मुखपत्र तरुण साप्ताहीक उहाँको हातमा पर्यो । र, त्यसमा बीपी कोइरालाको धारणा लेखिएको थियो कि काँग्रेस अब सशस्त्र आन्दोलनमा जाने ।

गणेश नेपालीले मन जे कुरा साँचेर राखेका थिए त्यही भयो । उहाँले त्यहीबेला ठाने कि म पनि बीपीको साथमा सशस्त्र आन्दोलनमा जानेछु । उहाँ बीपीलाई भेट्न वणारस हिड्नुभयो । त्यहाँ पुगेपछि उहाँले गणेशमान सिहलाई भेटेका थिए उहाँसँग आफ्नो इच्छा व्यक्त गरेका थिए । त्यसपछि उनी बीपीलाई भेट्ने मौका पाएका थिए । बीपी समक्ष पनि आफ्नो इच्छा सुनाएपछि बीपीले अहिले नै सशस्त्र आन्दोलनमा गइहाल्ने होइन, पार्टीबाट नीतिगत कुरामा मात्र पास गराएको भन्नुएको थियो । उहाँलाई अहिले संगठन निर्माणमा लाग्न भनेर फर्काएका थिए ।


गणेश नेपाली आफ्नो गृह जिल्ला फर्केर काँग्रेस पार्टीको संगठन विस्तारमा लाग्नुभएको थियो । एकवर्ष नबित्दै काँग्रेस पार्टीले सशस्त्र आन्दोलनको घोषणा गर्यो । त्यो घोषणासँगै गणेश नेपाली पनि भूमिगत हुनुभएको थियो । केही दिन आफ्नै जिल्लामा भूमिगत भएर काम गर्नुभयो ।

गणेश नेपालीले पार्टीको एकजना इमान्दार कार्यकर्ताको नाताले पार्टीले अह्राएको जुनसुकै काम गर्नुहुन्थ्यो । हतियार ल्याउनका लागि उहाँ भारतको कानपुर, अमृतसर, बगंलादेशको बोर्डरसम्म जानुहुन्थ्यो । उहाँले पटकाहरु भेला पारेर शक्तिशाली अवाज दिने बम पनि निर्माण गर्नुभएको थियो ।


गणेश नेपाली भूमिगत रहेकै अवस्थामा जनमत संग्रहको घोषणा भएको थियो । उनी नेपाल फर्केर बहुदलको पक्षमा प्रचार प्रसारमा लाग्नुभएको थियो । त्यसबेला उहाँको साथमा राजकिशोर सिह, बलराम शर्मा र शिवचन्द्र शर्मा पनि हुनुहुनथ्यो । चारैजना बहुदलको पक्षमा जोडतोडले प्रचार प्रसारमा लाग्नुभएको थियो ।ेका थिए । चुनावमा धाँधली गरेका कारण मतदानपछि काउन्टीगंको बेला हस्ताक्षर गर्न नमानेको कारण कारण प्रहरीले गणेश नेपालीलाई पक्राउ गरेको थियो ।

उहाँलाई विभिन्न ठाउँ सार्दै नौ महिनासम्म जेलमा राखेको थियो । जेलबाट रिहाय भएपछि उनी पुनः भूमिगत हुनुभएको थियो । गणेश नेपाली भूमिगत रहेकै बेला जदुकोहामा विद्यार्थी नेता कामेश्वर र कुशेश्वरको हत्या भएको थियो । त्यो हत्याको विरुद्धमा गणेश नेपाली लगायतका नेताहरुले नारावाजी गर्दै प्रचा समेत छर्नुभएको थियो ।


काठमाडौको विभिन्न जेल हुँदै नख्खु जेलमा राखेको थियो उहाँलाई । त्यहाँ बयान लिँदा अन्य साथीहरुले झुठो बयान दिनुभयो भनि गणेश नेपालीलाई भनेका थिए तर नेपालीले सबै सत्य सत्य भनि दिए जे जे घटना भएको थियो सबै भनि दिए । आन्दोलन पनि गर्ने र देश र जनताको लागि झुठो पनि बोल्ने मबाट हुँदैन म सबै कुरा सत्य सत्य बोल्छु भनि साथीलाई भन्नुभएको थियो उहाँले । आम रिहायको शिलशिलामा उहाँ पनि रिहाय हुनुभएको थियो । उहाँ पटक पटक गरी १० पटक जेल पर्नुभएको थियो ।


दशवर्षसम्म कार्यकर्ताको रुपमा पार्टीमा काम गरेका गणेश नेपाली ०४२ सालतिर मात्र महोत्तरी जिल्ला समितिका सदस्य बन्नुभएको थियो । ०४५ सालमा जिल्ला अध्यक्ष बनेको थियो । आन्दोलन सफल भयो र ०४७ सालको सविधान पनि आयो । ०४८ सालमा संसदीय चुनाव घोषणा भयो तर चुनावको बेला गणेश नेपालीलाई टिकट नदिई शंकर मिश्रलाई टिकट दिएको थियो । यतिका त्याग र बलिदान दिँदा पनि पार्टीले टिकट नदिएको भन्दै पार्टीमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्नु भएको थियो उहाँ । तर चुनाव जित्नुभएन ।

त्यसपछि केही विद्रोही साथीसँग मिलेर उनले समाजवादी मिलन केन्द्र गठन गरेका थिए । केही समय सोही केन्द्रको नामबाट संघर्ष र आन्दोलन पनि गर्नुभयो । पछि साथीहरुको सल्लाहमा काँग्रेसमै जानु कुरा भयो तर कृष्णप्रसाद भट्टराईले माफी मागेपछि मात्र काँग्रेसमा फर्काउने भनेपछि गणेश नेपाल त्यहाँबाट फर्केर एमालेमा जानुभएको थियो ।


प्रवेश गर्ने वित्तिकै उनलाई मर्यादीत रुपमा राष्ट्रिय परिषद्को सदस्य बनाएको थियो भने पछि कामको बाँडफाँड हुँदाखेरी किसान संघको केन्द्रीय सदस्य तथा जिम्मेवारी दिएको थियो ।

जनकपुर अञ्चल इन्चार्जको जिम्मा दिएको थियो । गणेश नेपाली एमालेबाट नै २०५६ सालमा महोत्तरीको क्षेत्र नं. ३ बाट संसदको चुनाव लड्ेको थियो तर चुनाव जित्न सक्नुभएन तर पनि उहाँ हरेश नखाई पार्टीका लागि काम गरि नै रहनुभयो ।
जनआन्दोलनकै गर्भबाट मधेश आन्दोलनको जन्म भएको थियो ।

मधेश आन्दोलनलाई गणेश नेपालले मधेश विद्रोह भन्न रुचाउँछ । सोही आन्दोलनबाट संघीयताको जन्म भएको थियो । मधेशी जनता त्यसरी आफ्नो अधिकारका लागि उग्र हुन्छ भन्ने कुरा गणेश नेपालीलाई लागेको थियो ।

एमालेमा भएपनि एउटा मधेशीको नाताले पार्टीको वास्ता नगर्दै मधेशी जनताको साथमा ओर्लनु भएको थियो उहाँ । मधेश आन्दोलन हुँदै गर्दा कुनै मधेशवादी दलमा जाने इच्छा उहाँमा आएको थियो । त्यसको लागि बाटो खोज्दै हुनुहुन्थ्यो उहाँ । मधेश आन्दोलनबाट नै जन्मेका तराई मधेश लोकतान्त्रिक पार्टीमा जानका लागि उनले बृषेशचन्द्र लालसँग छलफल गरेर तमलोपामा प्रवेश गर्नुभएको थियो ।

 तमलोपामा आए लगतै उनी महोत्तरी क्षेत्र ३ नं. बाट सविधानसभा सदस्यको लागि चुनाव लड्नुभयो र जित्नु पनि भयो । उहाँ सो पार्टीमा सविधान निर्माणदेखि लिएर अन्य काममा सक्रिय भएर लागेको योगदानको चर्चा अहिले पनि हुन्छ । पछिल्लो समय उहाँ विरामी भएपछि पार्टीमा निस्कृय थिए । अन्ततः एक क्रान्तकारी र इमान्दार नेताको निधन भयो ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..