» » शान्ती सदा जसले देशकै मन जित्नुभयो

गे बरबर भक्ति इशबरके केलियै, शिलानाथ शिलवती पुजलीयै, तइयो ने बइमनमा पिया दर्शन देलकै...’ अहिले समाजिक सञ्जालमा यो गीत अहिले चर्चित भएको छ । रश्मी दत्तले गाउनु भएको यो गीत गीत घर घरके एल्बमको हो । मैथली भाषाको यो गीत निकै चर्चित गीत हो । तर नेपालको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा शान्ती सदाले जब गाउनु भयो झन चर्चित भएको छ ।

सामाजिक सञ्जालदेखि युट्युवमा समेत सो शोमा शान्ती सादाले गाउनु भएको यो गीतको प्रशंसा भइरहेको छ । उहाँले यो गीत गाएर छनौटमा पर्नु भएन तर निर्णायक मण्डलले पनि शान्ती सदाको स्वरलाई प्रशंसा गर्नुभयो । सिरहा गोलबजारका शान्ती सदा लोकप्रिय कार्यक्रम ’द भ्वाईस अफ नेपाल’ कार्यक्रममा आफनो मातृभाषा मैथिली भाषाको लोक गीत मार्फत आफ्नो पहिचान बनाउन सफल हुनुभयो । आफ्नो सासु आमा र श्रीमान तथा छोराछोरीसहित कार्यक्रममा सहभागी हुन आउनु भएको शान्ति सदा आफू छनौटमा नपरेपनि खुशी रहेको बताउनु भएको थियो ।

मञ्चमा जानुअघि शान्ति सदाले आफ्नो समुदायबाट अहिलेसम्म यस्तो मञ्च पाउनु भएको थिएन भन्दै निकै खुशी हुनुभएको थियो । सबभन्दा गर्व गर्ने कुरा त शान्तीले आफ्नो सासुआमालाई मञ्चमा ल्याउनु भएको थियो । उहाँका श्रीमान गुरुशरण पनि गायक नै हुनुहुुन्छ । उहाँका श्रीमान पनि मञ्चमा आउनु भएको थियो । मञ्चमै आफ्नो सासु र श्रीमानको प्रसंशा गर्नुभयो ।

अहिले पनि मधेशी समुदायमा एकाधलाई बाहेक आफ्नी बुहारीलाई स्कूल पठाउँदै तर मुसहर समुदायमा भएर पनि शान्ति सदाका सासुले उहाँलाई स्कूल पठाउनु हुन्थ्यो । तर शान्तीका सासुआमाले उहाँलाई टाई बेल्ट लगाएर विद्यालयसम्म पुर्याउनु भएको सुनाएपछि दर्शकहरु भावुक भएका थिए । 

द भ्वइस अफ नेपालको मञ्चसम्म पुग्न शान्ती सदाका लागि त्यतिको सहज थिएनन । तर सासु आमाले त्यसलाई सहज बनाई दिनुभयो । आफ्नै आमा जस्तै माया गर्ने उहाँकी सासुआमाको सहयोगको बारेमा सुनाउँदा निर्णायक मण्डल र दर्शकहरु समेत चकित भएको थियो । घुँम्टो भन्दा बाहिर निस्कन नदिने मधेशी समुदायको घुम्टो प्रथालाई चुनौति दिदै उहाँले आफ्नी बुहारी शान्तीलाई छोरीभन्दा पनि माया गरेर यहाँसम्म पुरयाएको पनि मञ्चमै सुनाउनु भएको थियो । 


शान्तीका श्रीमान गुरुशरण सदाले पनि मुसहर समुदायबाट यस्तो ठूलो शोमा कोही पनि नआएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । तर शान्तीलाई यो समाजको चँगुलबाट उहाँको स्वतन्त्रता र कलालाई उजागर गर्न, उहाँको कलालाई स्थान दिनका लागि आफूले सकेजति सहयोग गरेको कुरा उहाँले मञ्चमै सुनाउनु भएको थियो । उहाँले यतिसम्म भनेकी उहाँले आफ्नो आमाको सहयोग बिना यहाँसम्म आउन सम्भव नरहेको पनि बताउनु भएको थियो ।

आमाबुवाले २६ वर्षसम्म इँटाभठामा काम गरेर डिग्रीसम्म पढाएको कुरा पनि गुरुशरणले राख्नुभएको थियो । प्रतिभालाई स्वेच्छिक रुपमा जागृत गर्न पनि गुरुशरणले आह्वान गर्नुभयो । उहाँले आफ्नो श्रीमती शान्ति सदाका लागि त्यो मञ्चमा हाँसेर बोल भेट भएको बेला, नमान डर ए कान्छी, पल्सरमा चढाएर घुमाउँला गोलबजार शहर....भनि गीत गाउनु भएको थियो ।


कार्यक्रमबाट फर्किदै शान्ती सदाले भन्नुभयो, हरेक प्रतिस्पर्धामा दुईटा कुरा हुन्छ एउटा जीत र एउटा सिकाई । जसमध्ये ‘द नेपाल भ्वाईस’ को मञ्चबाट जित त सकिन तर धेरै सिकाईहरु संगालेर फर्केेछु । जन्मजात सिकेको भाषा अर्थात मात्रृभाषामा गीत गाउँदै आफ्नो मातृभाषा तथा नेपालमा बोलिने दोस्रो भाषाको मैथिली गीतलाई मञ्चबाट उजागर गरिरहँदा ह्दयमा खुशीको तरङ्गहरु मगमग भई फुलेको पाउँछु । आमाको काखमा सिकेको भाषालाई ह्दयको भावमा मिसार्ई आत्मासाथ भई गाईरहँदा मैथिली समाज मेरो जातीगत शिरमा थोरै भए पनि खुशिको ताज मेरो आँखाले देखिरहेको थियो ।’

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..