सुनसरी सदरमुकाम इनरुवाका तीन युवाले सामूहिक रुपमा थालेको माछापालन व्यवसाय निकै फष्टाएको छ । इनरुवा कृषि फर्म खोलेर एक वर्षअघि सुरु गरेको ब्यवसायको पहिलो लटबाट नै करीब १५ लाख रुपियाँ आम्दानी भएपछि युवा समूह निकै उत्साहित पनि भएको छ ।
युवा समूहले इनरुवा ५ को शारदा माविको करीब ५ विगाहा एक कठ्ठा जग्गा भाडामा लिएर माछापालन व्यवसाय सुरु गरेका हुन् । इनरुवा ५ र ७ को बीचमा रहेको गडन खोला किनारमा रहेको इँटा भट्टा छेउको जग्गामा १३ वटा पोखरी खनेर शुरु गरिएको व्यवसायबाट आम्दानी सुरु भएसँगै पोखरीको डिलमा मेवा खेती समेत सुरु गरिएको सञ्चालक भरत मेहताले बताउनुभयो ।
उहाँले व्यवसाय थालेको चार महिनाको अवधिमा पहिलो लटको माछा बिक्री गरेको इनरुवा कृषि फर्मले १५ लाख रुपियाँ बराबरको कारोबार गरेको बताउनुभयो । पहिलो लटको आम्दानीबाट निकै हौसला मिलेकाले दोस्रो लटका माछाका लागि तयारी थालिएको संचालक रमेश कटुवालले जानकारी दिनुभयो ।
माछापालनका लागि पोखरी निर्माणसहित भुरा हाल्न र आवश्यक अन्य बन्दोवस्तीमा ४५ लाख रुपियाँ खर्च भएकोे सञ्चालक मेहताले बताउनुभयो ।
उहाँले माछापालनसँगै पोखरीको डिलमा एक हजार दुई सय ताईबानी जातको मेवाका बोट हुर्किएर फल लाग्न थालेकाले त्यसबाट समेत केहि समयभित्रै आम्दानी हात लाग्ने उहाँको भनाइ छ ।
सञ्चालक राम पौडेलले दशैंताका पोखरीको छेउमा माछा हाउससहितको फिस चिल्ली रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले पोखरीमा अहिले मुग्री, जलकपुर, रहु सहितको जातको माछा पालेर दैनिक थोकमा २२० रुपियाँ प्रतिकेजीमा बिक्री गरिरहेको बताउनुभयो ।

No comments: