» » प्रचण्डले भन्नुभयो, प्रधानमन्त्रीसँग सल्लाह गरेर थारुको समस्या समाधान गर्ने

काठमाडौं भदौं २२ गते । थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेको छ ।
सभाले टिकापुरको घटना राजनैतिक घटना भएका हुनाले त्यसको समाधान राजनैतिक सहमतिका आधारमा हुनुपर्ने उनीहरुले माग गरेको छ । आइतवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निवास खुमलटारमा भेटी सभाका अध्यक्ष धनिराम चौधरी सहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग पनि गरेको छ ।

अध्यक्ष प्रचण्डले थारुहरुको माग प्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।  उहाँले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गर्नुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..