» » नेकपामा अब चल्दैन प्रभुको लिला’

काठमाडौं भदौं ३१ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का १६ जना सदस्यले प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न माग गर्नुभएको छ ।



प्रदेश २ को जिल्ला कमिटीमा अनियमितता गरेको भन्दै उहाँहरुलो त्यस्तो कारवाहीको माग गर्नुभएको छ । सप्तरी र सिरहा जिल्ला कमिटीको सपथ ग्रहण समारोह पाटीृको विधान विपरित गराइएको भन्दै केन्द्रीय सदस्यहरुद्धरा उहाँहरुको राजिनामा माग गरिएको हो ।

मंगलबार नेकपा कार्यालयमा १६ जना केन्द्रीय सदस्यहरुले पार्टीले माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको भन्दै प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदच्युत गर्न माग गर्नुभएको हो ।



विधि र अनुशासनमा यथाशिघ्र अगाडि बढाउन माग गर्दै नेकपा केन्द्रीय सचिवालयमा प्रदेश नम्बर दुईका सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधिर प्रंसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राय, जगतप्रसाद यादव, सत्रुधन महतो, बोधमाया यादव, रवीन्द्र बैठा, भरत प्रसाद साह, रामेश्वर राय यादव सहित १६ जनाले पत्र दर्ता गराउनु भएको छ ।


नेकपा केन्द्रिय समितिको परिपत्रलाई उल्लंघन गर्दै अध्यक्ष र महासचिवको निर्देशन विपरीत शपथ ग्रहण राखेर असहज परिस्थिति श्रृजना गरेको भन्दै नेकपा प्रदेश दुईका इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु शाह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न माग गरिएको प्रदेश २ का सहइन्चार्ज महेन्द्र पासवानले जानकारी दिनुभयो ।



नेकपाका केन्द्रिय सदस्यहरुलले बुझाएको सो पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ ९ख० विपरीत रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने, प्रदेश दुई कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग गरिएको छ ।



त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ ९ख० तथा विशेष परिपत्र ४ ९क० विपरीत प्रदेश २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र सक्षमहरुलाई मनोनयन गर्दै सपथ ग्रहण गराउनु पर्ने माग अगाडी बढाएका हुन् ।



नेकपा प्रदेश २ का इन्चार्ज र अध्यक्ष लगायतका पदाधिकारीले षड्यन्त्रपूर्वक पर्सा र बारामा गराइएको सपथ ग्रहण रद्द गरी जिल्ला कमिटिमा मनोनयन गरिएको त्रुटी सच्याएर शपथ ग्रहण गर्न सो पत्र मार्फत आग्रह समेत गरिएको छ । उहाँहरुले जिल्ला कमिटी मातहतका पार्टी कमिटीहरुमा समेत अवैधानिक र विधि विपरीत ढंगबाट कमिटी गठन गर्ने कार्यलाई तत्काल रोक्नु समेत माग गर्नुभएको छ ।

उहाँहरुले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउनुको साथै पार्टीका महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पनि ज्ञापनपत्र बुझाउनु भएको छ । साथै उहाँहरुले सचिवालय सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुलाई समेत भेट्नु भएको छ ।

प्रदेश २ का पार्टी कमिीका केही पदाधिकारीहरुले पार्टीभित्र गुटबन्दी गरिरहेको आरोप प्रदेशका सहइन्चार्ज महेन्द्र पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, यस्तो कही हुन्छ कि पार्टीले निर्देशन दिन्छन् तर त्यसलाई उल्लघंन गरी जवर्जस्ती कार्यक्रमको आयोजना गरेर द्धन्द सृजना गराउँछन् ।’

जिल्ला कमिटीमा विवाद छ, त्यसको समाधान गरी मात्र सपथग्रहण गराउन पार्टीका अध्यक्ष प्रचण्ड र महासचिवले प्रदेश अध्यक्ष प्रभु साहलाई निर्देशन दिनुभएको थियो तर उहाँले जवर्जस्ती दुई जिल्ला टाढा सपथ ग्रहणको कार्यक्रम आयोजना गर्नभएको आरोप लगाउँदै नेता पासवानले जुन जिल्लाको सपथग्रहण


 त्यही जिल्लामा कार्यक्रमको आयोजना गर्नुपथ्र्यो तर सप्तरी र सिरहाको सपथग्रहण महोत्तरीको बर्दिवासमा आयोजना गराइएको थियो, यसैबाट प्रष्ट हुन्छ जिल्लामा अवश्य केही गडबड थियो जसले गर्दा यो अरु जिल्लामा कार्यक्रमको आयोजना गर्यो त्यो पनि राजमार्ग साइडमा, यदि सबै कुरा ठिक थियो भने सप्तरीको सप्तरीमा र सिरहाको सिरहामै गर्नुपथ्र्यो तर गडबड भएको कारण डर अर्को जिल्लामा कार्यक्रमको आयोजना गरेको उहाँको आरोप थियो ।


कार्यक्रममा भाग लिन आएका नेता तथा कार्यकर्ताले प्रभु साह प्रहरी लगाएर कुट्न लगाउनुभयो र कार्यक्रम स्थलबाट भगाउनु भएको थियो, महेन्द्र पासवानले भन्नुभयो, प्रभु साह जहिले पनि यस्तै शक्ति प्रदर्शन गरी पार्टीमा हावी बनिरहनु भयो तर अब त्यो दिन छैन, जनताले सबै कुरा थाह पाइसकेका छन् । अब न्यायका लागि कसैको दमन सहन सक्दैन ।’

पार्टी नीति नियम र विधानले चल्छ, बल, छलकपटले चल्दैन, प्रभु साहहरु लाठीको बलमा पार्टी चलाउन खोज्नु भएको छ जो अब नहुने बताउँदै उहाँले पार्टीको नीति, नियम र विधान भन्दा कोही माथि छैन, पार्टी अनुशासन र पद्धतीबाट चल्छ कसैको दम्भले नचल्ने उहाँले बताउनुभयो ।


नेकपाका केन्द्रीय सदस्य भरत साहले प्रभु साहले गुण्डागर्दीको आडमा पार्टी चलाउनु खोजेको आरोप लगाउनुभयो । पार्टीमा कसैसँग सल्लाहै नगरी जसलाई मन लाग्यो त्यसैलाई जिल्ला कमिटीमा राखेर पार्टीको नीति विपरित कार्य गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, अब नेकपा पार्टीमा प्रभुको लिला चल्दैन, उहाँले डर धम्की र दम्भ देखाएर पार्टी चलाउनु भयो, पार्टीमा आफ्नो गुण्डागर्दी चलाउनुभयो तर अब त्यो चल्दैन, जहिले पनि बार्गेनिङ, ब्ल्याकमेलिङ र दम्भले पार्टी चल्दैन ।’ गुण्डागर्दीको शैलीबाट धेरै दिनसम्म पार्टी सञ्चालन गर्न नसकिने बताउँदै नेता साहले प्रदेश २ को बारेमा पार्टीले पुनः विचार गर्नेछ भनि आफूलाई विश्वास लागेको बताउनुभयो ।


प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले कसैबाट परिचालित भएर पार्टीमा गुटबन्दी गरेको आरोप महेन्द्र पासवानहरुलाई लगाउनुभयो । जिल्ला कमिटी पार्टीको निर्देशिका, विधान, मापदण्डको आधारमा गठन भएको हो, यदि त्यसमा केही गलत भएको छ भने त्यसलाई सुधार गर्न सकिने बताउँदै इन्चार्ज मण्डलले पार्टीमा ज्ञापनपत्र बुझाएर केही पनि नहुने धारणा राख्नुभयो । पार्टीमा पहिलादेखि नै गुटबन्दी गर्दै आएको आरोप उहँले लगाउनु भएको छ ।


के छ ज्ञापनपत्रमा ?

श्रद्धेय कमरेड अध्यक्षद्वय,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा),
केन्द्रीय कार्यालय, धुनबाराही, काठमाडौँ ।

विषयः ज्ञापनपत्र ।

२००६ सालमा स्थापित हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी २०१७ सालको राजा महेन्द्रको फौजी काण्ड पछि विभिन्न कारणले गूट–उपगूटमा अल्झिँदै गएकोमा क्रमशः सशस्त्र झापा आन्दोलन र दसवर्षे जनयुद्ध संचालनको क्रममा विभिन्न गूट(उपगूट, टूट(फूट र एकीकरणको अनुभव सँगाल्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को रूपमा देशमा शक्तिशाली कम्युनिष्ट पार्टीहरूको रूपमा स्थापित हुन पुगे ।

यस क्रममा २०६४ सालको पहिलो संविधान सभा देखि २०७४ को स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा यी दुइटै पार्टीहरूले कुनै पनि हालतमा एक–अर्कालाई निषेध गर्न नसक्नो र बिना कुनै तात्विक भिन्नता पृथक अस्तित्वको लडाइँमा मात्रै अल्मलिएमा नेपालको कम्युनिष्ट आन्दोलनले क्षति मात्रै व्यहोर्ने निष्कर्ष निकाल्दै वाम गठबन्धन बनाएर प्रादेशिक र संघीय संसदीय निर्वाचनमा अपार सफलता पनि हासिल गरे र अन्ततः २०७५ जेठ ३ गते दुई(अध्यक्षीय प्रणालीमा ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा सहित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को गठन भयो र यस घटनाले व्यापक जन(समर्थन प्राप्त गर्योक ।

साथै आम कम्युनिष्ट कार्यकर्ताहरूमा उत्साहको लहर छायो ।


केन्द्रीय कमिटीमा छुट्नै नपर्ने केही महत्त्वपूर्ण कमरेडहरू नअँटाएको प्रति असन्तुष्टि त छँदै थियो, पार्टीको पहिलो बैठकले जारी गरेको अन्तरिम विधानको धारा ३४ ९ख० को उल्लंघन गर्दै पार्टी स्थायी कमिटीमा क। रघुवीर महासेठको मनोनयन गरिएको प्रति गम्भीर रूपमा हाम्रो ध्यानाकर्षण मात्रै भएन, पार्टी केन्द्रीय सदस्य श्रीप्रसाद साहले मिति २०७५–८–२८ मा यो गलती सच्याउन लिखित माग पनि गर्नु भएको छ ।

यसको बावजूद पार्टीको अन्तरिम विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा विशेष परिपत्रहरू नेता(कार्यकर्ता माझ आउँदा पार्टी निश्चित गन्तव्यतिर सोझिने आशा पलाएको थियो ।

तर प्रदेश नं। २ का पार्टी पदाधिकारीहरू ९इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला कमिटीहरू गठनको क्रममा साविक जिल्ला कमिटीहरूबाट थपघट गर्ने क्रममा पार्टीको अन्तरिम विधानको धारा ३६ ९ख० का चारै दफाहरूको साथै पार्टी केन्द्रीय सचिवालयको गत वैशाख ८ को निर्णय अनुसार केन्द्रीय कार्यालयले मिति २०७६ वैशाख ९ मा जारी गरेको विशेष परिपत्र ४ को (क) मा उल्लेखित मापदण्डहरूको ठाडो उल्लंघन गर्दै पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुवै पक्षका वरिष्ठतम, सक्षम र योग्य कमरेडहरूलाई पाखा लगाउँदै पार्टी सदस्यसम्म नै नरहेका व्यक्तिहरू समेतलाई जिल्ला कमिटीहरूमा हुल्ने काम गरे ।


यस बारे कुनै बैठकरछलफल भएन । सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यहरू र प्रदेश सदस्यहरूसँग प्रदेश पदाधिकारीहरूले कुनै औपचारिक बैठक वा ठोस छलफल गर्न चाहनु भएन । परिणामतः प्रदेश नं। २ का जिल्ला कमिटीहरूमा निर्मम ढंगले सक्षम, जिम्मेवार र वरिष्ठ कमरेडहरूले बहिष्करण बेहोर्नु परेको छ । यसरी मात्रात्मक रूपमा कुनै जिल्लामा कम वा बढी हुन सक्छ तर प्रदेश नं। २ का प्रायः सबै जिल्लाहरूमा अयोग्य र निकटतमका अगाडि योग्य कमरेडहरूलाई पाखा लगाइएको अवस्था रहेको छ ।


यस बारे अन्यायमा परेका कमरेडहरूले पार्टी केन्द्रीय सचिवालय र नेतृत्वपंक्तिलाई समयमै पटक(पटक ध्यानाकर्षण गराउनु भएको छ । सिरहाबाट के। स। क। महेन्द्र पासवान र क। जगत यादवले, सप्तरीबाट क। उमेश यादव र क। अब्दुल मजीद कादिर समेतले केन्द्रीय सचिवालयमा लिखित निवेदन दर्ता गराउनु भएको छ भने यस्तो अवैधानिक क्रियाकलाप सच्याउनका लागि गत साउन ७ गते धनुषाबाट पार्टीका केन्द्रीय सदस्य क। शत्रुधन महतो, क। श्रीप्रसाद साह, क। यदुवंश झा, क। सुधीर प्रसाद साह र क। रत्ने्श्वर गोइत समेत र रौतहटबाट क। अशोक जयसवालसमेतले विशेष परिपत्र(४ अनुसार नै जिल्ला कमिटीको गठनको लागि पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिइसक्नुर भएको छ ।

 त्यसै गरी रौतहट, महोत्तरी, सर्लाही, बारा र पर्साबाट पनि विभिन्न प्रतिनिधिमण्डलहरूले आफ्नो लिखित र मौखिक असहमतीहरू नेताहरूसमक्ष प्रस्तुत गरिसकेका छन् ।


यसका बावजूद अत्यन्तै प्रतिकूल परिस्थितिमा झुक्याएर अंश(अंशमा बारा र पर्सामा शपथग्रहण गराइयो । बाँकी छ जिल्लाको शपथग्रहण सच्याएर मात्र गर्ने केन्द्रबाट निर्देशन पनि भएको हो ।

यो निर्देशन श्रद्धेय अध्यक्ष क। प्रचण्ड, वरिष्ठ नेता क। माधव कुमार नेपाल, महासचिव क। विष्णु पौडेलको साथै स्थायी कमिटी सदस्यहरू क। मातृका यादव, क। गिरिराजमणि पोखरेल र क। रघुवीर महासेठको संयुक्त बैठकबाट भएको थियो जसमा प्रदेश पार्टी अध्यक्ष क। प्रभु साह र सचिव क। सुमन प्याकुरेल पनि उपस्थित थिए ।

अन्तरपार्टी निर्देशन(२ ले स्पष्ट रूपमा विशेष परिपत्र(४ को पालना गरेर जिल्ला कमिटीहरूको गठन गर्न निर्देश गरेको छ । फेरि पछि श्रद्धेय अध्यक्ष क। प्रचण्डले यस्ता त्रुटीहरूलाई सच्याए पछि मात्रै बाँकी जिल्लाहरूमा शपथग्रहण गर्ने(गराउने स्पष्ट निर्देशन गर्नु भएको हो । शपथग्रहण भएका जिल्लाहरूमा पछि गलती सच्याइने निर्देशन समेत भएको हो । यस निर्देशनबाट आफ्नो योजनाबद्ध षड्यन्त्र पूरा नहुने देखेर प्रदेश पार्टी अध्यक्ष प्रभु साहले राजीनामा दिनु भयो ।

पार्टी अध्यक्ष क। प्रचण्डले राजीनामा त बुझ्नुप भयो तर यस बारे निर्णय हुनु अघि यो विषय बाहिर नलाने प्रस्ट निर्देशन गर्नु भयो । तर २ नं। प्रदेश अध्यक्ष क। प्रभु साहले पार्टी अध्यक्षको त्यो निर्देशन विपरीत पार्टी केन्द्रले काम गर्न दिएन, घेराबन्दी गर्योश, स्थायी कमिटीमा लगेन जस्ता असन्तुष्टिका कारण राजीनामा दिनु भएको खबर विभिन्न पत्रपत्रिका, अनलाइन तथा सामाजिक संजालमा देखा पर्योि । यसरी पार्टी अध्यक्षको निर्देशन नमान्ने प्रदेश अध्यक्ष क। प्रभु साहलाई कारवाई सहित निजको राजीनामा स्वीकृत गर्नु पर्नेमा सोको सट्टा केन्द्रीय पार्टी सचिवालयले क। प्रभु साहको राजीनामा अस्वीकृत गर्योन ।

पछि सह(इञ्चार्जद्वय क। नागेन्द्र चौधरी र क। महेन्द्र पासवानलाई खबरसम्म पनि नगरी प्रदेश पदाधिकारीहरूले यथास्थितिमै शपथग्रहण गराउने निर्देशन जिल्ला(जिल्लामा पठाउनु भयो । यस अवस्थामा यी सह(इञ्चार्जद्वयले यस बारे अध्यक्षसहित केन्द्रीय सचिवालयका पदाधिकारीहरूलाई अवगत गराउनु भयो र अध्यक्ष क। प्रचण्डले शपथग्रहण रोक्न् पुनः निर्देशन पनि दिनु भयो भने महासचिव क। विष्णु पौडेलले पहिल्यै निर्देशन दिइसकेको जवाफ पनि दिनु भयो ।


यस निर्देशन पश्चात छवटा जिल्लाका जिल्ला कमिटीहरू सच्याए पछि मात्र शपथग्रहण गर्नु पर्नेमा शपथग्रहण गराउने निर्देशन पुनः प्रदेश पदाधिकारीहरूले भाद्र २४ गते बर्दीबासमा गर्ने खबर गरे । खबर गर्दा शुरूमा छ जिल्लाको शपथग्रहण । पछि स्थगित । त्यस पछि तीन जिल्ला र अन्त्यमा दुई जिल्ला सप्तरी र सिरहाको मात्र शपथग्रहण गराउने षड्यन्त्रमूलक ढंगले सूचना प्रवाह भयो । हामीलाई लाग्दछ, यस्तो हरक्कत पार्टी विरोधी गतिविधि हो ।

२४ भाद्रमा बर्दीबासमा सप्तरी र सिरहाको शपथग्रहणको तयारी प्रदेश पदाधिकारीहरूले गराउन थाले । त्यस दिन बिहान शपथग्रहण गर्ने कमरेडहरू, अन्यायमा परेका कमरेडहरूलगायत अन्य कमरेडहरू उपस्थित हुनु भयो ।

प्रदेश पार्टी अध्यक्ष र सचिवलाई अन्यायमा परेका कमरेडहरूले ‘शपथग्रहण रोक्नुमस्, हामीलाई न्याय दिनुस् र त्रुटीपूर्ण निर्णय सच्याउनुस्’ भन्दा ती कमरेडहरूमाथि प्रहरीबाट लाठीचार्ज गराइयो । यस क्रममा प्रदेश कमिटी सदस्य क। देवनाथ यादवको टाउको फुट्यो, दर्जनौं कमरेडहरूलाई कुटपीट गरियो ।

यस पश्चात तनाव बढ्यो । तनाव बढाउने कार्य प्रदेश पदाधिकारीहरूले नै गरे । फलस्वरूप आफ्नै कार्यकर्ताबाट भागेर वा सुरक्षाकर्मीको घेरामा बसे । बर्दीबासको सैलुङ होटलमा प्रदेश पदाधिकारीहरूले केही कमरेडहरूको साथै केही अपराधीहरूलाई राखेका थिए ।

अबेर राति अन्यायमा परेका कमरेडहरूले आफ्नो धर्ना र विरोध कार्यक्रम सकेर आ(आफ्ना घर तिर फर्के पछि सप्तरी र सिरहा जिल्ला कमिटीका केही सदस्यहरू र केही गैर(सदस्यहरूलाई नाटकीय ढंगले कथित शपथग्रहण गराएको समाचार बाहिर आएको छ । यसबाट सबै जिल्लामा झन आक्रोश बढेको छ ।

यसलाई समेत ख्याल नगरी भोलिपल्ट भाद्र २५ गते सर्लाहीमा पनि कथित शपथग्रहण गराएको सुनिन्छ । यी सबै घटनाक्रमलाई हामीले पार्टी विरोधी संगीन अपराधको रूपमा लिएका छौं । उनीहरूको यस्तो अमर्यादित क्रियाकलापले पार्टी भाँडभैलोमा फसेर ध्वस्त हुने संकेत देखा परेको छ ।


तसर्थ पार्टीलाई माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा विभिन्न परिपत्रहरू अनुसार डोर्यापउनका लागि हामी निम्नध मागहरू गर्दछौं स्


१। पार्टीको अन्तरिम विधान, नियमावली, अपानि र विशेष परिपत्रहरूको उल्लंघनका साथै पार्टीका अध्यक्ष र महासचिवको निर्देशन विपरीत शपथग्रहण राखेर असहज स्थिति सिर्जना गर्ने प्रदेश नं। २ का इञ्चार्ज क। सत्यनारायण मण्डल, सह(इञ्चार्ज क। विश्वनाथ साह, अध्यक्ष क। प्रभु साह र सचिव क। सुमन प्याकुरेललाई अविलम्ब पदमुक्त गरी आवश्यक थप कडा कारवाई गरियोस् ।

२। पार्टीको अन्तरिम विधानको धारा ३४ ९ख० विपरीत क। रघुवीर महासेठको पार्टी स्थायी कमिटीमा भएको मनोनयन रद्द गरियोस् ।

३। पार्टी अन्तरिम विधानको धारा ३५ विपरीत २ नं। प्रदेश कमिटीमा मनोनयन गरिएका कमरेडहरूको ठाउँमा अन्य वरिष्ठ र सक्षम कमरेडहरूलाई मनोनयन गरियोस् ।

४। पार्टीको अन्तरिम विधानको धारा ३६ ९ख० तथा विशेष परिपत्र(४ ९क० विपरीत प्रदेश नं। २ का सबै जिल्ला कमिटीहरूमा मनोनयन गरिएका योग्यता नपुगेका सम्पूर्ण कमरेडहरूको मनोनयन रद्द गरी वरिष्ठ र सक्षम कमरेडहरूलाई मनोनयन गरी शपथग्रहण गराइयोस् ।

५। षड्यन्त्रमूलक ढंगले पर्सा र बारामा गराइएको कथित शपथग्रहण रद्द गरी जिल्ला कमिटीमा मनोनयनमा गरिएको त्रुटी सच्याएर मात्र शपथग्रहण गराइयोस् ।

६। जिल्ला कमिटीमातहतका पार्टी कमिटीहरू समेतमा यस्तै अवैधानिक र विधि विपरीत ढंगबाट कमिटी गठन गर्ने कायलाई तुरुन्त रोकियोस् ।

सिंगो पार्टी र खास गरी प्रदेश नं। २ मा पार्टीलाई विधि र अनुशासनमा अगाडि बढाउन उपर्युक्त मुद्दाहरूलाई यथाशीघ्र सम्बोधन गरियोस् भनी आग्रह गर्दछौं ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

2 comments:

  1. पार्टी लाइन बिपरित हिँड्ने जोकोहिलाई कारबाही गर्नुपर्छ ।।।

    ReplyDelete
  2. पार्टी लाइन बिपरित हिड्ने जो कोहिलाई छोद्नुहुदैन

    ReplyDelete

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..