चाहे मावन तस्करी होस् वा सीमा विवाद किन नहास् । कुनै कुरा बाहिर आएपछि त्यसमा भारत–नेपालको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी हुने नेपालका लागि नौलो कुरा होइन । तर पछिल्लो समय चीनले नेपालसँग गरेको व्यवहार, उसले (त्यहाँका जनता) मानव तस्करदेखि सीमा नाकामा देखाएको दादागिरीलाई नजर अन्दाज गर्न मिल्दैन । दुई ठूला मुलुकको बीचमा रहेको नेपालमा यसरी दुई देशले गर्ने व्यवहारले यो देश कहिले उभो लाग्दैन ।
चिनियाँहरुले नेपाली चेलीलाई विहे गर्ने लोभ देखाएर दुलही बनाएर चीन लग्ने र त्यहाँ वेश्यावृतिमा लगाउने कुरा बाहिर आएको छ । नेपालमा त्यसखालको काम गर्ने एउटा गिरोह नै फेला पारेको छ । त्यसमा चिनियाँ तथा नेपालीहरु पनि संलग्न रहेको प्रहरीले सार्वजनिक गरेको छ । यसअघि कति चेली चीन गएर उसको स्मीता त्यहाँ लुटिएका होला । काम गर्न चीन लगेको महिलाको बिच्चली भनि समाचार यसअघि सार्वजनिक भइसकेको हो ।
उत्तरी सीमा नाकामा चिनियाँ सुरक्षा अधिकारीको दादागिरी र हेपहा प्रवृतिले नेपालीहरु आजित भएका छन् । यहाँसम्म कि नेपाली अधिकारीहरुलाई पनि हेपेको समाचार सार्वजनिक भइसकेको छ । पछिल्लो समय नेपाल–चीन सम्बन्ध गहिरैदै गइरहेको छ । सरकारी स्तरदेखि जनस्तरमा पनि चीनसँग सम्बन्ध विस्तार भइरहेको छ । नेपालमा चीनको गतिविधि तीब्र भएको छ । विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य यहाँसम्म मजदुरको काम गर्ने चिनियाँहरु पनि नेपालमा छ्पाछ्याप्ती देखिन थालेको छ ।
यसले गर्दा नेपालमा विभिन्न समस्याहरु बाहिर आउन थालेका छन् । नेपाल–भारतबीच खुल्ला सीमाका कारण केही घटनाहरु नियन्त्रण बाहिर छ तर चीनसँग खुल्ला सीमा नभएको कारणले पनि केही घटनाहरु नियन्त्रण भन्दा बाहिर गइरहेको छ ।
हरेक वर्ष नेपाल–चीन द्विपक्षीय सीमा सुरक्षा सम्बन्धी बैठक हुन्छ । यस वर्ष पनि चीनको स्वशासित क्षेत्र तिब्बतको बुराङ कन्ट्रीका सुरक्षा प्रमुख र हुम्ला जिल्लाका सुरक्षा प्रमुख बीच भएको वार्ताले चीनको दादागिरी उदाङ्गिएको छ । चिनियाँ सुरक्षा अधिकारीले एकलौटी ढंगबाट सीमा सुरक्षाका विषयलाई लिएर नेपाली प्रतिनिधिसँग जवर्जस्ती हस्ताक्षर गराउन चाहेका थिए ।
जवर्जस्ती हस्ताक्षर गराउन खोज्दा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले असहमति जनाउँदै बैठक बहिष्रका गरेर निस्किनु भएको थियो । चिनियाँ पक्षका सुरक्षा प्रमुख किउसीले एक चीनको नीतिमा नेपाल स्पष्ट रहनु पर्ने बाहेक अन्य विषय आफ्नो पक्षमा राखेर नेपाली पक्षलाई त्यसमा हस्ताक्षर गर्न दवाव दिनुभएको थियो ।
किउसीले आफ्नो तर्फबाट तल्लो तहका कर्मचारीलाई हस्ताक्षर गराउन चाहनु भएको थियो भने नेपालको तर्फबाट माथिल्लो तहका कर्मचारीले हस्ताक्षर गर्नुपर्ने चाहनु भएको थियो ।
त्यसमा शंका लागेपनि प्रमुख जिल्ला अधिकारी भट्टराईले हस्ताक्षर हुने हो दुवैतिरको माथिल्लो तहको प्रतिनिधिले गर्ने हो नभए नेपालको तर्फबाट हस्ताक्षर हुँदैन भनि बैठक छाडेर हिड्नु भएको थियो ।
हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी भटराईले भन्नुभयो, ‘चिनियाँ पक्षका तल्लोस्तरका अधिकारीले लिखित गर्न खोजेकोले त्यहाँको माथिल्लो निकाय र यता नेपाली पक्षको पनि माथिल्लो निकायका आधिकारी द्वारा लिखित गर्नुपर्ने माग राख्दा चिनियाँ पक्षले नमानेपछि हामीले पनि लिखित नगरेका हौं ।’ उहाँले मन्त्रालयद्वारा आफूलाई लिखित रूपमा अधिकार दिएर वार्ता गर भन्ने निर्देशन नआउँदासम्म आफूले हस्ताक्षर नगनेै बताउनुभयो ।
दुवै देशबीचको सीमालाई समयसापेक्ष व्यवस्थित बनाउँदै लैजानुपर्ने, यसको लागि सबै नाकाहरुको सुरक्षाका लागि प्रहरी बललाई यथाशीघ्र परिचालन गर्नुपर्ने, सीमामा हुने सबै किसिमका गैरकानुनी क्रियाकलापलाई बन्द गर्न दुवै देशका सीमा सुरक्षा र केन्द्रीय तह सम्मका अधिकारीहरुबीच समन्वय गरी आवश्यकता अनुसार सुरक्षा संयन्त्रको परिचालन तथा सुदृढीकरण गर्नुपर्ने विषय नेपालका तर्फबाट प्रस्तुत गरिएको थियो ।
चीनसँग जोडिएका नाकाहरुमा तिब्वतीहरुको आवतजावतमा कडाई, चेकजाँच गरी अनधिकृत प्रवेशमा रोक लगाउनुपर्ने र चीनविरोधी गतिविधि लाई नियन्त्रण गर्नु लगायतका विषय चीनको तर्फबाट राखिएको थियो । हुम्ला सडक सञ्जालले नजोडिएको जिल्ला भएकोले सधैँभरि नुनदेखि सुनसम्म तिब्बतमा भरपर्नुपर्ने बाध्यता छ । त्यसप्रति चीन त्यति सकारात्मक देखिएको छैन ।
भदौं १० गते चीनको बुराङ काउण्टीको ताक्लाकोटमा भएको सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनित भट्टराईको संयोजकत्वमा गएको टोलीले विना निष्कर्षमा त्यहाँबाट फर्किनु भएको छ ।
जिल्ला अधिकारी भटटराईका अनुसार चिनियाँ सुरक्षा अधिकारीले ठोस विषय उठान नगरेको भन्दै आफूले लिखित सम्झौता नगरेको बताउनुयो । नेपाल–चीनको सीमा क्षेत्रमा नेपालका तर्फबाट राज्यको उपस्थिति निकै कमजोर रहेको छ । हिल्सा नामा रहेको सीमा क्षेत्रमा नेपालका तर्फबाट ७ महिनासम्म प्रहरी मात्रै रहने गरेको छ । हुम्लाको लिमीलाप्चा, चुवाँखोला, र टाँके नाकामा प्रहरी चौकी राखिएको भनिएता पनि अहिलेसम्म त्यस क्षेत्रमा बस्न मानेको छैन् । सामान आयात तथा निर्यात, सीमा सुरक्षा, सिमानामा हुने अवाञ्छित गतिविधि रोक्न नेपालको तर्फबाट आवश्यक पहल हुनुपर्ने देखिन्छ ।

No comments: