» » ओलीको चेतावनीपछि रोक्यो त्यो निर्णय

यसपटकको सविधान दिवस पुनः विवादमा परेको छ । २०७२ असोज ३ गते सविधान जारी भएको दिनलाई सरकारले सविधान दिवसको रुपमा मनाउँदै आएको छ तर मधेशवादी दलले त्यो दिनलाई कालो दिवसको रुपमा मनाउँदै आएको छ । राजनीतिक संक्रमण समाप्त भएको र देश समृद्धिको बाटोमा हिडेको प्रधानमन्त्री केपी शर्मा ओलीले भनि रहनु हुँदा सविधान दिवसकै अवसरमा विरोध हुनु देशका लागि राम्रो संकेत होइन ।
यो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रोसँग बुझ्नु भएको छ ।

त्यही भएर यसपाली विरोध नहोस् भनेर उहाँले निकै प्रयत्न गर्नुभयो । राजपा नेपालका नेताहरुसँग पनि उहाँले कुरा गर्न लगाउनु भएको थियो । सविधान दिवसको अवसरमा कुनै पनि विरोधका कार्यक्रम नगर्न केपी शर्मा ओलीले आग्रह गर्न लगाउनु भएको थियो तर राजपा नेपालले टेरेन ।

 अन्ततः भदौ १९ गते एक विज्ञप्ति जारी गरी असोज ३ गते विरोधका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गर्यो । राजपा नेपालले यस्तो निर्णय सार्वजनिक गरेपछि समाजवादी पार्टीमाथि एक प्रकारको दवाव सृजना भयो । खासगरि मधेशबाट पार्टीका नेताहरुले असोज ३ गते कालो दिवस मनाउनुपर्ने दवाव पार्टी शीर्ष नेतामाथि पर्न थालेको थियो ।


सरकारमा सहभागी रहेको समाजवादी पार्टीले त्यसका लागि पदाधिकारीको बैठक बोलायो । भदौं २९ गते बालकुमारीस्थित पार्टी कर्यालयमा बसेको पदाधिकारी बैठकमा यसको बारेमा निकै बहस चल्यो ।

स्रोतका अनुसार सरकारमा १५ महिना भन्दा बढी भइसक्यो तर हालसम्म सरकारले सविधान संशाधेनको नाम समेत नलिएको कारण यसपटक सविधान दिवसको विरोध गर्नुपर्ने कुरा उठेको थियो ।

त्यसका लागि डा.बाबुराम भट्टराई पनि सहमत थिए । यसपटक विरोधका कार्यक्रमहरु नै राख्नुपर्छ भनि उहाँको धारणा थियो तर यता प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बसेर सविधान दिवसको विरोध गर्नेले सरकारबाट पनि हट्नुपर्छ भनि सन्देश उपेन्द्र यादव कहाँ पठाएपछि मात्र सो निर्णयबाट पछाडी हट्नु भएको थियो ।


उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री समेत रहनु भएका अध्यक्ष उपेन्द्र यादवले नेकपाका महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री ओली समक्ष सविधान दिवस र कालो दिवसमध्ये कुनै पनि कार्यक्रम नमनाउने खबर पठाएका थिए । राती ९ बजेसम्म चलेको बैठकमा कालो दिवस मनाउने कि सविधान दिवस मनाउनेमा बहस चलेको थियो । समाजवादी पार्टी बाहेक तराई मधेशका विभिन्न संघ संगठनदेखि लिएर पार्टीहरुले पनि त्यो दिनलाई कालो दिवस मनाउने घोषणा गरिसकेको छ ।


तर प्रदेश २ को सरकारलाई नेतृत्व गरेको पार्टी समाजवादी पार्टीले न सविधान दिवस मनाउने र कालो दिवस मनाउने निर्णय गरेको छ । बरु सविधान संशोधनको विषयमा सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार विभागका प्रमुख प्रशान्त सिंहले बताउनुभयो ।

यद्यपी समाजवादी पार्टीले नेतृत्व गरेको प्रदेश २ का सरकारले तीन दिनसम्म धुमधामाका साथ सविधान दिवस मनाउने निर्णय गरेको छ तर सोही सरकारमा सहभागी राजपा नेपालका मन्त्रीहरुले प्रदेश सरकारले मनाउने सविधान दिवसको कार्यक्रमलाई वहिष्कार गर्ने निर्णय गरेको छ । गतवर्ष असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने कि दिपावली गरी मनाउने भनि समाजवादी पार्टीमा विवाद उत्पन्न भएको थियो ।


केन्द्रले असोज ३ लाई विरोध नगर्ने निर्णय गरेपनि सो पार्टीका प्रदेश २ समितिले कालो दिवस मनाउने घोषणा गरेको थियो । त्यतिबेला रेणु यादव प्रदेशका अध्यक्ष हुनुहुन्थ्यो । केन्द्रको निर्णय विपरित प्रदेश समिति गएको भन्दै रेणु यादवलाई कारवाही गर्ने कुरा पनि पार्टीमा उठेको थियो । कारवाही गर्ने कुरा भएपछि रेणु यादवले पार्टीमा राजिनामा पनि दिनुभएको थियो । तर राजिनामा स्वीकृत भएको थिएन ।


संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवस र साँझ ब्ल्याक आउट गर्ने निर्णय सार्वजनिक गरिसकेको छ । त्यसका लागि २७ वटा जिल्लाका लागि केन्द्रीय प्रतिनिधि पनि खटाइसकेको छ । दुई दिनसम्म चलेको अध्यक्षमण्डलको बैठकबाट असोज ३ लाई कालो दिवसको रुपमा मनाउने निर्णय भएको पार्टीका सहमहामन्त्री संजय यादवले बताउनुभयो । सरकारले सविधान संशोधन गर्ला जस्तो छाँटकाँट देखाएको छैन, त्यही भएर आन्दोलनलाई सशक्त बनाएर अगाडि बढ्ने कुराकानी पनि भएको उहाँले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..