शिक्षण, साहित्य, राजनीति र पत्रकारीता संस्कारबीच हुर्केर राजनीति परिवर्तन पछि पारिवारिक दिन दुनियाँमा लाग्दा पत्रकारीता नसा बनेर आउँछ भनि उहाँले सोच्नु नै भएका थिएन । जीवनका परिबन्द, सामाजिक र राजनीतिक परिबन्द तथा पढ्ने लेख्ने चाहनाले पत्रकारीतामा डोरिएपछि उहाँका लागि पत्रकारीता नसा बनेर आयो । पटक पटक पेसा फेरौं भन्दा कुनै न कुनै वरिपरिको परिबन्दले पेसा परिवर्तन गर्न नसक्नु भएका र श्रमजीवी पत्रकारका बारेमा वकालत गर्नुहुने पत्रकार हुनुहुन्छ धर्मेन्द्र कर्ण ।
उहाँ पत्रकारीताको नसामा यसरी लठिनु भएका हुन्छन् कि एकदिन कसैले साँच्चैको नसा प्रयोग गरेर अपहरण गर्दा पनि उहाँले भेउ पाउनु भएन । उहाँको लागि पत्रकारीता एउटा नसा भएको छ, जसलाई अब चाहेर पनि उहाँले छाड्न सक्नुहुन्न । उहाँ पत्रकारिताको ‘ड्रगिस’ जस्तै भइसक्नु भएको छ, जसलाई छोडाउने प्रयास गर्नुभयो भने उहाँलाई आफै पिडा हुन्छन् । उहाँ भन्नुहुन्छ ‘म ‘ड्रगिस’ नै ठिक छु, म यसैमा लठिएर रहन चाहन्छु ।’
उहाँ यसरी पत्रकारीताको नसामा लठिनु भएको छ कि एकदिन ललितपुरको मंगलवजार गल्लीबाट बाट अपहरणमा पर्दा पनि थाह पाउनु भएन । एकैपटक भारतको एउटा ट्रेनमा आफूलाई पाएपछि आफै यहाँ कसरी आइपुगे, उहाँलाई स्वयं आश्चर्य लागेको थियो । प्रहरीको सहयोगमा फर्केपनि उहाँ धेरै दिनसम्म साँच्चिकैको नाशाबाट समान्य अवस्थामा आउन सक्नु भएको थिएन ।
औषधी मुलो भएपछि बल्ल उहाँ समान्य अवस्थामा फर्किनु भएको थियो । उहाँ त्यतिबेलाको कुरा सम्झदै भन्नुभयो, म मंगलवजारमा हिड्दै थिए अचानक त्यहाँ के भयो मैले केही थाह पाइनन्, म कहाँ छु, कहाँ गइरहेको छु, केही पनि थाह थिएन, भारत पुपुरीको रेलमा आफूलाई पाएको थिए, त्यहाँ अलिअलि होश थियो तर सबै कुरा याद आइरहेको थिएन, त्यहाँबाट काठमाडौ फर्केपनि धेरै दिन लाग्यो नर्मल हुनका लागि ।’
पत्रकार धर्मेन्द्र कर्ण अपहरणमा पर्ने बेला उहाँको लफडा भारतबाट सञ्चालित नेपाल वन टेलिभिजनसँग चलिरहेको थियो । उहाँलाई पत्रकारीताबाट हटाइएको थियो । उहाँ भन्नुहुन्छ, नेपाल वन टेलिभिजनसँग तलब र जागिरको लफडा चलिरहेको कारण त्यो टेलिभिजनका मालिकले पनि अपहरण गराएको हुनुपर्छ, या अरु कसैले कसैलाई अपहरण गर्न आएको तर संयोगले म त्यहाँ परेको कारण त्यस्तो भएको पनि हुनुपर्छ । तर त्यसको छानविन भएन, सबै कुरा त्यतिकै सेलायो ।’
यो सन्दर्भ यहाँ किन जोड्न खोजिएको हो भने कुनैबेला एउटै क्याम्पसमा सँगै पढेका र नाम एउटै भएको कारण मित्रको साइनो जोडिएका वरिष्ठ पत्रकार धर्मेन्द्र झाले धर्मेन्द्र कर्णलाई भन्नुएको थियो, मित पत्रकारितामा तीन वर्षसम्म टिक्नुपर्छ, त्यसपछि चाहेर पनि त्यसलाई छाड्न सक्दैन, तपाईको पनि तीन वर्ष भइसक्यो, अब तपाईले चाहेर पनि पत्रकारीता छाड्न सक्नुहुन्न ।’ यो कुरा पत्रकार झाले त्यतिबेलो भन्नुभएका थियो, जतिबेला पत्रकार कर्ण ‘क्राइसिश’ मा हुनुहुन्थ्यो र पत्रकारिता छाडेर अन्य केही गर्ने सोच बनाइरहनु भएको थियो । पत्रकार झाले भन्नुभएको कुरा कर्णको जीवनमा ठ्याक्कै लागु भयो ।
पत्रकार धर्मेन्द्र कर्ण भन्नुहुन्छ, मित्र धर्मेन्द्र झाले भनेको कुरा ठ्याक्कै मेला खायो । म पत्रकारीता छाड्नका लागि धेरै प्रयास गरेका थिए । त्यतिबेला दैनिक जीवनयापन गर्न पनि गाह्रो भइरहेको थियो, त्यही भएर त्यो पेसालाई छाडेर अन्य कुनै पेसामा जाउ भनि सोच आउँथ्यो तर मन मान्दैन्थ्यो । पत्रकारीता छाड्ने सोच्दा पनि पीडा हुन्थ्यो । तर जस्तो दुख, पीडा भएपनि त्यसलाई छाड्न सकिएन र आजसम्म त्यसैमा रमाइरहेको छु र श्रमजिवी पत्रकारका लागि लडिरहेको छु ।’
मिसन पत्रकारीता
धर्मेन्द्र कर्ण मिसन पत्रकारिताबाट यो क्षेत्रमा आएका हुन् । कम्युनिस्ट पार्टी (मानन्धर समूह)को विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनको विद्यार्थी राजनीतिमा रहँदा त्यस पार्टीका पत्रिकाहरूमा उनी सामेल भए । त्यसैक्रममा राजनीतिमा लागेको बेला २०४० सालतिरको कुरा हो, काठमाडौबाट प्रकाशित हुने (सोही पार्टीको मुखपत्र जस्तै) माध्यम साप्ताहिकमा आवद्ध भएका थिए ।
जनकपुरबाट त्यसमा समाचार पठाउने पार्टीको गतिविधिको जानकारीहरू दिने काममा उनी सक्रिय थिए । त्यतिबेला पत्रिकामा समाचार लेख्नु, लेख रचना छपाउनु भनेको पार्टीकै काम गरेको जस्तो हुन्थ्यो । त्यतिबेला हरेक पत्रिकामा मिसन पत्रकारिता हुन्थ्यो । राजनीतिक दलको निकट रहेर त्यसको प्रचार प्रचार गर्ने गथ्र्यो । अहिले अग्रपंक्तिमा रहेका राजनीति दलका नेताहरूको लोकतन्त्र र गणतन्त्र मुख्य अभिष्ट थियो ।लोकतन्त्र र गणतन्त्र नै मिसन थियो ।
पत्रकारीताको निरन्तरता
पत्रकारिता नै गर्छु भनि सोच उहाँमा थिएन । तर घरको माहोल र पृष्ठभूमीको कारण उहाँ विस्तारै पत्रकारीतामा जोडिदै जनुभयो । बुवा र दाइ पनि साहित्यकार तथा पत्रकार भएको कारण पत्रकारीतासँग नजिकिदै जानुभयो । माध्यम पत्रिकामा कुनै एउटा कार्टुन छापिएको कारण तत्कालिन सरकारले सो पत्रिकामाथि प्रतिबन्ध लगाएपछि बन्द भएको थियो ।
त्यसपछि उहाँ जानकी साप्ताहिकमा जोडिनुभयो । सो साप्ताहिकमा कम्प्युटरको काम गर्ने रमेश मल्लिकको सहयोगमा धर्मेन्द्र कर्ण त्यहाँ जानुभएको थियो । त्यहाँ ३–४ महिना मात्र काम गर्नुभयो । त्यतिबेला नै २०४६ सालको जनआन्दोलन शुरु भएको थियो । र, उहाँ त्यतातिर जोडिनुभएको थियो ।
आन्दोलनमा सहभागी
तत्कालिन पञ्चायतको विरुद्धमा आन्दोलन शुरु भइसकेको थियो । नेपाली कांग्रेस र संयुक्त बाममोर्चा बीच कार्यगत एकताको आधारमा आन्दोलनको तयारी हुँदा उहाँको पार्टी मानन्धर समूह पनि आन्दोलनमा सहभागी भयो । साथै उहाँ पनि सहभागी हुनुभयो । नेपाली कांग्रेस र कम्युनिस्टका प्रायः जसो सबै जलेश्वर जेलमा गइसकेका थिए ।
त्यो आन्दोलन सम्झिदै उहाँ भन्नुहुन्छ, “मानन्धर पार्टीको तर्फबाट कम्युनिस्ट पार्टीको झण्डा फागुन ७ गते जनकचौकमा फहराउने निर्णय वडा नम्बर १० को सेल कमिटीले गरेको थियो । सोही अनुसार हामी तीनजना त्यहाँ पुग्ने रणनीति बनायौं ।
अनि जनक चौकमा हसियाँ हथौडाको झण्डा फहराउँदा कांग्रेसका तर्फबाट त्यतिखेर युवराज खातीले चारतारे झण्डा कोटको खल्तीबाट फहराएका थिए । जुलुश भानुचौक पुग्दै घेरियो समातियो र प्रहरी कार्यालय लगियो । त्यहाँबाट फागुन ११ गते हामी तीन मध्येका दुई सहित जलेश्वर जेल पु¥याइयो । जहाँ संघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवसहितका नेताहरू पनि बन्द हुनुहुन्थ्यो ।”
आन्दोलनका कार्यक्रममा कविता वाचन गर्नुको साथै मोर्चा बनाउने, समूह समूहमा आन्दोलन गर्ने जस्ता काममा सक्रिय रहँदै आउनु भएको थियो । २०४८ सालको चुनाव सम्पन्न भएपछि बनेको राजनीतिक प्रणाली उहाँले भूमिगतकालमा सोचेको जस्तो थिएन् । पार्टी पनि कमजोर थियो ।
उहाँका दाइ रोशन जनकपुरी राजधानीका केही गार्मेन्टहरूको लेखा हेर्ने बेला भाइलाई ओम जानकी गार्मेन्टको लेखामा काम गर्न बोलाउनुभएको थियो । त्यो जागेर छाडेर चुनौती लिएपछि समस्या मोले ।
हिमालय टाइम्समा जागिर
गार्मेन्टसमा काम गरिरहँदा काठमाडौमा हुने विभिन्न साहित्यीक कार्यक्रममा सहभागी भइरहनु हुन्थ्यो उहाँ । गार्मेन्टको काम छाडेर एउटा बोर्डिङ स्कूलमा पढाउनु शुरु गर्नुभएको थियो । २०५० सालतिरको कुरा हो । एकदिन वरिष्ठ पत्रकार धर्मेन्द्र झासँग धर्मेन्द्र कर्णको भेट भयो ।
धर्मेन्द्र कर्णको प्रतिभा बारे पत्रकार झालाई पहिलादेखि नै थाह थियो । काठमाडौको विभिन्न कार्यक्रममा कर्णको प्रस्तुती त हेर्नु नै भएको थियो, जनकपुरमा पनि उहाँको प्रतिभाको चर्चा हुन्थ्यो । धर्मेन्द्र झा त्यतिबेला हिमालय टाइम्समा काम गर्नुहुन्थ्यो । धर्मेन्द्र कर्णले पत्रकार झासँग भेटेरै काम मागेको कारण उहाँले हिमालय टाइम्समा काम गर्न आग्रह गर्नुभएको थिया ।
हिमालय टाइम्सको कार्यालयमा गएर कुराकानी गर्नुभयो । उहाँलाई अन्तराष्ट्रिय पेजमा ट्रान्सलेटका लागि काम गर्न भनिएको थियो । त्यतिबेला कुमार सापकोटा सम्पादक हुनुुहुन्थ्यो । उहाँले दुई पेज ट्रान्सलेट गर्न दिनुभएको थियो । पत्रकार कर्णले ट्रान्सलेट गरेर दिनुभयो । सम्पादक कुमार सापकोटाले त्यतिखेरका सम्पादक कुमार सापकोटाले अनुवाद गर्न सके पनि पत्रकारीताको भाषा सिक्न पर्ने भन्दा उहाँले हुन्छ भन्नुभएको थियो ।
पत्रकार कर्णलाई काम गर्न उत्साहित बनाउनुभएको थियो । धर्मेन्द्र कर्ण भन्नुभयो, सापकोटा सर मैथिली भाषा पनि बोल्नु हुन्थ्यो । मैथिली भाषामा मलाई भन्नुभएको थियो, धर्मेन्द्र अलिअलि सुधार गर्नुपर्छ, अरु सब ठिक छ यहाँ काम सिक्दै काम गर्नसक्छौं ।,
आखिर कतै न कतैबाट त काम शुरुवात गर्नै पथ्र्यो, मैले हुन्छ भन्दिए ।’
पत्रकार कर्ण काम गर्न त्यहाँ शुरु गर्नुभयो । त्यहाँ काममा धर्मेन्द्र झाले पनि सहयोग गर्नुहुन्थ्यो । अन्तराष्ट्रि पेजका साथै आवश्यकता अनुसारको अन्य पेजहरु पनि हेर्न थाल्नुभयो । ललितपुरको स्कूल, तीनचुलेको एचबीसी र मध्यबानेश्वरको हिमालय टाइम्समा कर्णले काम गर्नुहुन्थ्यो ।
हिमालय टाइम्सको पेज फाइनल भएपछि प्रेसमा पु¥याएर घर जाने काम पनि उहाँको जिम्मा रहेको बेला उहाँलाई तीनै ठाउँ भ्याउन साह्रै गाह्रो भयो । ९ बजेबाट ११ बजेसम्म ललितपुरको एक स्कूलमा दुई कक्षा लिएर दुई बजेसम्म एचबीसीमा पुगेर ५–६ बजेदेखि हिमालय टाइम्स पुगेर औसत १२ देखि १ बजेसम्म पेज तयार घर पुग्दा २–३ बजेको हुन्थ्यो । पछि तीनै ठाउँको काम गर्न न सकेपछि स्कूल छाड्नु भएको थियो ।
एचबीसीमा रहँदा त्यहाँ भएको श्रमजीवी पत्रकारहरूको आन्दोलनले नेपाली मिडियामा श्रमजीवीहरूले मिडिया बन्द गर्न हुन्छ वा हुँदैन भन्ने बहस अगाडि सा¥यो । त्यो अन्दोलनको विवादले गर्दा एचबीसी एफएमको व्यवस्थापकले बन्द गर्ने निर्णयमा पुगेको थियो ।
बुरा दिन
आन्दोलनकै कारण एफएम बन्द भयो । एफएम बन्द भएपनि एफएम व्यवस्थापकले सबैको पैसा दियो । तीन महिनाको एक्स्ट्रा तलब र सञ्चयकोष पनि दियो । धर्मेन्द्र कर्णले तीन महिनाको तलब र छ महिनाको सञ्चयकोष पाउनु भएको थियो ।
एचबीसी छाडेपछि धर्मेन्द्र कर्णको लागि समस्याको शुरुवात भएको थियो । हिमालय टाइम्समा थोरै पैसा दिन्थ्यो त्यो पनि समयमा दिदैन्थ्यो । धर्मेन्द्र कर्ण निकै समस्यामा पर्नुभयो । दैनिक गुजाराका लागि समेत समस्या शुरु भएको थियो ।
गणतन्त्र स्थापना भइसकेको थियो । तर हिमालय टाइम्सको सोच त्यही राजतन्त्र पाराको थियो । राजपरिवारको कसैको जन्मदिन आयो भने त्यसको विज्ञापन छाप्थ्यो । गुणगान गथ्र्यो । त्यो कुरा धर्मेन्द्र कर्णलाई मन पर्दैन्थ्यो । यो कुराको विरोध उहाँले गर्नुहुन्थ्यो । जुन कुरा पत्रिका मालिकलाई मन पर्दैन्थ्यो । एकपटक धर्मेन्द्र कर्णले त्यसको विरोध गर्दा गर्दै पारस शाहको जन्मदिनको शुभकामना विज्ञापन छापिएको थियो ।
उहाँले त्यही दिनबाट सो पत्रिकारको जागिर छाड्नुभयो । कर्ण अघि त्यहाँबाट झा, किरण पोखरेल लगायता पुराना लोकतान्त्रिक पत्रकारहरू पहिले नै निस्कि सकेका थिए । एक वर्षको तलब लिन बाँकी थियो तैपनि उहाँले जागिर छाडेर हिड्नुभयो । समस्या त झन थप्यो ।
धर्मेन्द्र कर्ण भन्नुहुन्छ, समस्या कस्तो हुन्छ, अभाव कस्तो हुन्छ, त्योबेला मैले महसुस गरे । कहि कुनै काम पनि पाइरहेका थिएन । एचबीसीबाट आएको केही रकम पनि सकिसकेको थियो । हिमालय टाइम्समाथि बाँकी रहेको पैसा पनि दिइरहेको थिएन । कहिले एकहजार कहिले दुई हजार त कहिले पाँच सय गरि दिन्थ्यो । त्यसले काठमाडौ जस्तो ठाउँमा के हुनु । एकछाक खानका लागि पनि समस्या उत्पन्न भइसकेको थियो ।’
धर्मेन्द्र माओवादीमा आवद्ध हुनुहुन्थ्यो । यदि त्यो पार्टीको आडमा काम गरेको भए, उहाँ करोडपति नभए लाखपति हुन्थ्यो । काठमाडौंमा कुनै ठाउँमा सानोतिनो घर हुन्थ्यो । त्यस प्रकारका अफर नआएको पनि होइन । जनकपुरका कतिपय पत्रकार उहाँलाई काठमाडौ आएर विभिन्न अफर दिएको थियो ।
रोशन जनकपुरीले भन्दिनु भयो भने यो काम हुन्छ, त्यसमा यति रुपियाँ पाइन्छ त्यति रुपियाँ पाइन्छ भनि लोभ दिन्थे धर्मेन्द्र कर्णलाई । तर उहाँले आफ्नो दाइ र पार्टीको गलत फाइदा उठाउदिन भनेर फर्काई दिनुहुन्थ्यो । पत्रकारीतासँगै माओवादी जनयुद्धमा हुँदा उहाँ काठमाडौमै सक्रिय हुनुहुन्थ्यो । उहाँ कतियौं पटक समात्निुबाट जोगिनु भएको थियो ।
घरफिर्ती
एचबीसी र हिमालय टाइम्स छाडेपछि निकै अप्ठ्यारोको जिन्दगी चलिरहेको थियो । पहिलो सविधानसभाको चुनाव हुन गइरहेको थियो । कुनै उपाय नलागेपछि उहाँ काठमाडौ छाडेर जनकपुर जानुभयो । चुनाव सम्पन्न भयो । वेरोजगार भएर त्यतिकै हलिएर टाइम पास गर्नुपथ्र्यो उहाँलाई ।
त्यतिकैमा उहाँका दाजु रोशन जनकपुरीले एबीसी टीभीमा शुभशंकर कँडेलसँग कुरा गरि दिएको भन्दै काठमाडौ गएर त्यहाँ कँडेललाई भेटेर काम गर्न भन्नुभएको थियो । धर्मेन्द्र कर्ण फेरि काठमाडौ फर्किनुभयो । कुराकानी गरेर एबीसी टीभीमा काम शुरु गर्नुभयो । नौ महिनासम्म त्यहाँ काम गर्नुभयो । पछि पत्रकार अनिल कर्णले नेपाल वनमा काम गर्न आग्रह गर्नुभएको थियो ।
धर्मेन्द्र कर्ण एबीसी छाडेर नेपाल वनमा काम गर्न शुरु गर्नुभएको थियो । पत्रकार निमेष कर्ण पनि त्यही हुनुहुन्थ्यो । दुवैजनाको सहयोगमा उहाँले त्यहाँ काम शुरु गर्नुभयो । तर छ महिना नपुग्दै त्यो टीभीको व्यवस्थापनको वतावरण थाह पाउन थाल्नुभयो । धर्मेन्द्र कर्णलाई त्यहाँ धेरै दिन टिक्छु जस्तो लागेको थिएन ।
अनिल र निमेषको भरोसमा त त्यहाँ काम शुरु गर्नुभएको थियो तर विना एग्रीमेन्ट । एग्रीमेन्ट माग्दा कहिले दिल्लीबाट आउँछ भन्थ्यो त कहिले के त कहिले के बहाना बनाइरहन्थ्यो । त्यहीबेलादेखि अनबन शुरु भएको थियो टीभीका मालिकसँग । धेरै प्रयासपछि उहाँले नियुक्ति पत्र पाउनु भएको थियो । र, त्यसैको आधारमा सूचना विभागबाट परिचयपत्र पाउनु भएको थियो । त्यो परिचयपत्र धर्मेन्द्र कर्णका लागि ठूलो आधार बनेको थियो ।
टिभीका व्यवस्थापकसँग टसल शुरु भइसकेको थियो । धर्मेन्द्र कर्णलाई हटाउने प्रयास भइरहेको थियो । तर पत्रकार धर्मेन्द्र कर्णले हिसाब गर्दिनुस्, सबै पैसा दिनुस् अनि गइहाल्छु भन्नुहुन्थ्यो तर हिसाब पनि दिँदैन्थ्यो, राम्रोसँग काम पनि गर्न दिइरहेको थिएन । टीभी मालिकसँग फाइनल कुरो गर्न जाने दिन उहाँको अपहरण भएको थियो ।
अपहरणबाट फर्किएपछि नेपाल पत्रकार महासंघको चुनावमा केन्द्रीय सदस्यमा जित्नुभयो । चुनाव जितेर काम गर्नका लागि उहाँ जब नेपाल वन टीभी कार्यालय जानुभयो अनि गेटबाट उहाँलाई भित्र छिर्न दिएन । गेटमा बसेको गार्डले धर्मेन्द्र कर्णलाई भने कि तपाईलाई जागिरबाट हटाइ दिएको छ । तपाईलाई भित्र जान नदिनेको भनेको छ ।’
पत्रकार कर्ण त्यहीबाट फर्किनुभयो । कर्णका लागि फेरि समस्या शुरु भयो । नेपाल वन छाडेपछि त्यहाँ पैसा पनि दिएको थिएन । घर चलाउन निकै गाह्रो भइरहेको थियो । धर्मेन्द्र कर्णसँग एउटी छोरी र अर्को छोरा पनि थिए । छोरा छोरीको आवश्यकता पनि पूरा गर्न उहाँलाई गाह्रो भइरहेको थियो । के गरौं के न गरौं भनि धर्मेन्द्र कर्णलाई भइरहेको थियो ।
कति दिन भोकै सुतेको उहाँले अझै स्मरण गर्नुहुन्थ्यो । कुनै दिन यसो कुनै सानो तिनो सम्पादन तथा ट्रान्सलेटको काम आउँदा त्यसबाट गर्जो टथ्र्यो नभए समस्यासँग लड्नु बाहेक पत्रकार कर्णसँग अरु कुनै विकल्प थिएन ।
उहाँ भन्नुहुन्छ, समस्याले गर्दा अब समाप्त हुन्छु जस्तो लाग्थ्यो त्यही बेला केही नकेही उपाय निस्किन्थ्यो । कुनै नकुनै काम आउथ्यो, त्यसले गर्जो टथ्र्यो तर त्यो समाधान थिएन । मेरो दुखमा सबभन्दा बढी साथ मेरो श्रीमतीले दिनुभयो, उहाँ कहिले अभावको महसुस हुन दिनुभएन ।
जहिले हाँसेर बोल्ने, सानातिना समस्यालाई हाँसेर टार्नुहुन्थ्यो । उहाँले पछि स्वीटर, टोपी, मोजा बुन्न थाल्नुभयो, त्यसबाट अलि अलि आम्दानी हुन थाल्यो त्यसले घर चल्थ्यो । धेरै दिनसम्म काम नपाएर त्यतिकै भौतारिनु पथ्र्यो ।’
त्यतिबेला जे काम आउथ्यो त्यही काम गर्नुहुन्थ्यो उहाँ तर पत्रकारीताको नाशाले उहाँलाई छाडेको थिएन । कहिले काँही गुजाराका लागि ट्युशन पनि पढाउनु हुन्थ्यो तर पत्रकारीता छाड्नु भएन । उता घरको अवस्था पनि राम्रो थिएन । जहाँबाट सहयोग होस् ।
त्यहीबेला उहाँ अपहरणमा पनि पर्नु भएको थियो ।
घरमा बुवा पनि त्यस्तै विन्दास्त हुनुहुन्थ्यो । कहिले स्कूलमा पढाउनु हुन्थ्यो त कहिले पत्रिका निकाल्नुहुन्थ्यो । कहिले साहित्य कार्यक्रम गर्नुहुन्थ्यो । जग्गा जमिन थिएन, उहाँको बुवाले शिक्षकबाट कमाएको पैसाले रोशन र धर्मेन्द्रलाई पढाउनु भएको थियो ।
पछि रोशन साहित्यकारका साथै पार्टीमा फूलटाइमर जस्तै सक्रिय हुनुभएको थियो । यदि धर्मेन्द्र कर्णले चाहेको भए कुनै जागिर गर्न सक्नुहुन्थ्यो । अरु पेसामा मज्जाले जान सक्नुहुन्थ्यो । उहाँसँग त्यति क्षमता थियो कि जे पनि गर्न सक्नुहुन्थ्यो तर पत्रकारीताको नसा उहाँलाई यस्तो लागेको थियो कि जस्तोसुकै अभाव पनि झेल्न सकिन्थ्यो । यदि ट्युशन पढाउन चाहेको भए फुर्सद हुँदैन्थ्यो ।
मस्टरी गरेको भए राम्रोसँग गुजारा चल्थ्यो । तर अहँ धर्मेन्द्र कर्ण पत्रकारीता छाड्ने सक्नुहुन्थेन । उहाँले सन् २०१३ मा कारोबार दैनिकमा काम शुरु गर्नुभयो । दुखसुख गरेर त्यहाँ अहिलेसम्म काम गर्दै हुनुहुन्छ । अहिले उहाँ स्थायी हुनुभएको छ । समस्या त अहिले पनि छन् । तर आदत परिसकेको हुनाले त्यसलाई पचाउन सकिन्छ ।
परिवार
उहाँका एउटा छोरी छिन् जागृतिलाल नमुन । उनी अहिले पाटन क्याम्पसमा बीएससी पढ्दैछिन् । अर्का छोरा विप्लवराज नागनाहर हुन् । उनी फैसन डिजाइनर अध्ययन गरिरहेका छन् । धर्मेन्द्र कर्णका परिवार कम्युनिस्ट पृष्ठभूमीका भएका हुनाले, त्यो परिवारमा अन्तराष्ट्रिय सोच रहेको छ ।
जातपातको झमेलमा फँस्न चाहदैन्थ्यो । त्यही भएर धर्मेन्द्र कर्णले आफ्नो छोरा र छारीको नामसँग थर राख्नुभएको छैन ।
यहाँ एउटा कुरा भनिहालौं, धर्मेन्दै कर्णले आफ्नो छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुभएको छ । त्यो रहरले होइन, बाध्यताले हो । उहाँसँग त्यति हैसियत थिएन कि छोराछोरीलाई कुनै बोर्डिङ् स्कूलमा राखेर पढाउन सकोस् ।
अहिले त छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउन सकेन भने समाजबाट बहिष्कार हुने अवस्था आउँछ । त्यस अवस्थामा पनि धर्मेन्द्र कर्णले आफ्नो छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुभयो । अहिले पनि छोरा विप्लव फेसन डिजाइनर पढीरहेका छन्, कति गाह्रो भइरहेको छ त्यो त धर्मेन्द्र कर्णलाई मात्र थाह छ । खर्चका कारण फेसन डिजनाइर पढाउने इच्छा थिएन तर घरको दवावको कारण दुखसुख गर्दै पढाईरहनु भएको छ । राम्रै भइरहेको छ ।
तरकारी र पत्रिका
धर्मेन्द्र कर्णका परिवार पढाई लेखाईमा विशेष ध्यान दिने परिवार हो । साहित्य तथा पत्रपत्रिका पढेर दिन कट्थ्यो उहाँहरुको । उहाँ भन्नुहुन्छ, मेरो परिवार यस्तो थिया कि बरु घरमा तरकारी आउँदैन्थ्यो तर अखबार आउथ्यो । नवभारत टाइम्स र आर्यावर्त पत्रिका घरका लागि अनिवार्य थियो ।
बुवा बजार जानुभयो भने यदि तरकारी र पत्रिका खरिद गर्नेमा एउटा रोज्नु पथ्र्यो भने उहाँ पत्रिका नै किन्नुहुन्थ्यो त्यसका लागि आमा कतिदिन रिसाउनु हुन्थ्यो ।’ त्यस्तो परिवारका धर्मेन्द्र कर्णले पत्रकारीता छाड्ने सोच्न पनि सक्नु हुन्थेन । एकछाक मात्र खाएर पनि उहाँ पत्रकारीतामा रहनुभयो । सायद अब रहनु नै हुन्छ ।

No comments: