» » जनताका समस्या लिएर प्रदीप यादव सिंहदरवारदेखि मधेश भवनसम्म जाने

काठमाडौं असोज ५ गते । समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गर्नुभएको छ । 


संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गर्नुभएको हा । संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म त्यो कार्यक्रमलाई निरन्तरता दिने सांसद यादवले बताउनुभयो ।

अरु बेला पनि आफू जनताको सम्पर्कमै रहने गरेको तर यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले ‘अपनेके सांसद, अपनेकेद्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम शनिवारदेखि शुरु गरेको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

पर्साको  संसदीय क्षेत्र नम्बर १ को लालपर्साबाट सुरु भएको सो कार्यक्रमको उद्घाटन दलित वस्तीबाट भएको हो ।

प्रदेशसभाका सांसद जन्नत अंसारीसँगै लालपर्सा पुगेका सांसद यादवसमक्ष त्यहाँका स्थानीयले विद्यालयमा शिक्षकको कमी र भौतिक संरचनाको आवश्यकता, सडकको मर्मत, गाउँको बिजुली पोलहरुमा बत्ती नभएको लगायतका समस्या राखेका थिए ।

आफू जनप्रतिनिधि भएका हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । उहाँँले भन्नुभयो, ‘जनता दर्शन कार्यक्रममा आएका समस्या कहाँबाट समाधान हुन्छ त्यहाँ सम्बन्धित व्यक्ति लिएर आफै पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह किन नहोस् सबै ठाउँमा आफै पुगेर त्यसको समाधानका लागि प्रयास गर्छु ।’

संघीय मन्त्रालयसँग सम्बन्धित कुनै काममा समस्या छ भने म आफै उहाँहरुलाई लिएर सिंंहदरवारमा जान्छु, प्रदेश सरकारले कुनै काम समयमा गर्दिएन केही समस्या छ भने प्रदेश सरकारको मधेश भवन म आफै उहाँहरुलाई लिएर जान्छु, भन्नुहुँदै सांसद यादवले जनताको समस्या जहाँ हुन्छ त्यहाँ आफै पुग्ने प्रयास गर्ने बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..