नेपाल कला सँस्कृतिको धनी देश । प्रत्येक दिन, प्रत्येक महिना केही नकेही चाडपर्वहरु भइरहेका हुन्छन् । तर ती चाडपर्वहरुमा महिलाको बाहुल्यता हुन्छ ।
उपवास बस्नुदेखि लिएर, मठ मन्दिरमा पूजाआजामा प्राय महिलाहरु नै देखिन्छन् । देवी देवतामा पनि महिलालाई शक्तिशाली देखाइएको छ तर अच्चम मठमन्दिरमा पुजा गर्ने पुजारीहरु पुरुष नै हुन्छन् ।
आदिशक्ति मानिने नारीको शक्तिपूजा पनि विभिन्न पर्वमा हुन्छ । चाडपर्व हेर्दा त महिलाप्रतिको सम्मान नै गरेको देखिन्छ तर अधिकारको कुरा गर्दा ३३ प्रतिशतमा सिमित गरेको छ । जेजति चाडपर्वहरु छन् ती सबै महिलाका लागि मात्र आएको हो कि जस्तो देखिन्छ । लाग्छ कि महिलाविना ती चाडपर्व अपुरो हुने हो कि जस्तो लाग्छ ।
दशैं, तिहार, छठ, तीज, चौरचन, जितिया, समाचकेवा, जनैपूर्णिमा (रक्षाबन्धन), माघे संक्रान्ती, सरस्वती पूजा, नागपञ्मी, चैते दशैं, चैते छठ, शिवरात्री, रामनवमी, मातातीर्थ, भाइटिका, मधुश्रावणी, वरसाइत, गोवद्र्धन पुजा, गणगौर पर्व, गौरा पर्व, अष्टमिमा पर्व, बटसावित्री पर्व, ऋषिपञ्चमी लगायतका पर्वहरु छन् ।
यसमा अधिकाँश पर्व महिलाहरुको मात्र सहभागिता हुन्छ । पर्वतिहारमा पुरुषले खाएर मात्र बस्ने भएको छ । कुनै कुनै पुरुषले पनि उपवास बस्ने, छठ, दशै, तिहार जस्ता पर्वमा पूजापाठ गर्ने गरिन्छ तर अधिकाँश पर्व महिलासँग सम्बन्धित रहेका छन् ।
ती पर्वहरु पनि कस्तो ! महिलाहरुले आफ्नो लागि भन्दा पनि अर्काका लागि व्रत बस्ने अधिकाँश पर्वहरु छन् । श्रीमान तथा छोराछोरीको दीर्घायुका लागि मात्र चाडपर्वमा व्रत बसेका हुन्छन् ।
चाहे त्यो तीज होस्, या तराई मधेशमा मनाउने जितिया, चौरचन, छठ किन नहोस् । श्रीमान र छोराछोरीका लागि मात्र व्रत बसेका हुन्छन् । थारुहरुले मनाउने अष्टमिमा पनि त्यस्तै हो । त्यस्तै तराई मधेशमा मैथिल महिलाहरुले मनाउने मधुश्रावणी, बटसावित्री, वरसाइत जस्ता पर्वमा पनि श्रीमानका लागि व्रत बसेका हुन्छन् ।
एउटा कुनै यस्तो पर्व छैन, जसमा पुरुषले श्रीमतीको दीर्घायुका लािग व्रत बसेको होस् । तर अधिकाँश पर्वहरुमा महिलाले श्रीमानका लागि व्रत बसेका हुन्छन् । रक्षा बन्धनमा भाइको रक्षाका लागि उसैले राखी बाँधि दिनुपर्यो । भाइको रक्षाका लागि भाइटिकामा उसैले निधारमा टिका लगाई दिनुपर्यो ।
जितियामा छोराका लागि भोकै उसैले बसिदिनुपर्यो । छठमा श्रीमान र छोराछोरीका लागि उसैले दुई दिनसम्म भोकै बसि दिनुपर्यो । चाडपर्वमा पुरुषका लागि व्रत मात्र बसि दिए हुन्थ्यो तर त्यसको तयारीदेखि लिएर हरेक कुरामा महिला नै चाहिन्छ । धेरैजसो पुरुषहरु सघाउन पनि आउँदैनन् । ब्रत बसेका हुन्छन्, त्यसमा पनि चाडपर्वको तयारीदेखि खाना पकाउने लगायत घरका सबै काम उसैले गर्नुपर्ने हुन्छ । पुरुषले मिठो मिठो खाने काम मात्र गरेका हुन्छन् ।
महिलाका लागि तीज दशैं जस्तो भएको छ । १५ दिन अगावैदेखि मनाउँन थाल्छन् । यो पर्व भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म ४ दिनसम्म मात्र मनाउने चलन छ । तर १५ दिन अगाडिदेखि नै दर खाने र नाच्ने गाउने काम गरिरहेका छन् ।
तीजमा भगवान शिवको आराधना गरि श्रीमानको दीर्घायुका लागि कामना गरेका हुन्छन् । महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पहिला हिमाल, पहाडमा मात्र हुन्थ्यो अर्थात पहाडी समुदायका महिलाले मात्र मनाउँथे । तर, अहिले तराई मधेश हुँदै भारतसम्म फैलिएको छ । भगवान शिवकी अर्धाङ्गीनी पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिईन् । त्यो दिन यहि हरितालिका तीजको दिन थियो, त्यसैदिन आजसम्म हिन्दु महिलाहरूले यो पर्व मनाउदै आएका छन् ।
तर यो पर्व पनि भड्किलो हुँदै गइरहेको छ । आधुनिकताका नाममा परम्परा र सँस्कृति भन्दा पश्चिमी सँस्कृतिमा जान थालेको छ । यसको बारेमा आलोचनाहरु हुन थालेको छ । यसपटक भदौं १५ गते तीज परेको छ । महिलाहरुले त्यसको व्यापक तयारी गरेर बसेको छ ।
त्यस्तै, तराई मधेशमा मनाउने चौरचन पर्व पनि नजिक आइसकेको छ । यसको तयारी पनि शुरु भएको छ । भदौं शुक्ल चौथीका दिन मनाइने यो चौरचन पर्वमा सूर्यास्तपछि आँगनको बीचमा चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत पुरा गर्ने चलन रहेको छ । यो दुईटै पर्व मनाउनका लागि महिलाहरु तयारीमा लागेका छन् । यी दुईटै पर्वको चहल पहल बढेको छ ।
कतिपय महिला अधिकारकर्मीले महिला सहभागी हुने चाडपर्वलाई बोझको रुपमा लिने गरेका छन् । नाकारात्मक टिकाटिप्पणी हुने गरेको छ । यसलाई बोझको रुपमा नलिई सँस्कृतिको रुपमा लिनुपर्छ । चाड पर्वमा देखिएको विकृतिलाई हटाउने, पर्वमा महिलाहरुलाई सहज बनाई दिने, परिवारबाट सहयोगको वतावरण बनाई दियो भने महिलाका लागि चाडपर्व झन राम्रो हुन्छ ।

No comments: