रौतहट भदौ १५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले धुवाँरहित गाउँपालिका निर्माणका लागि रौतहट ज़िल्लाको यमुनामाई गाउँपालिकाका सम्पूर्ण तीनहजार घरधुरीलाई ग्यास चुलो तथा सिलिण्डर वितरण कार्यक्रमको शनिवार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सर्वप्रथम सहिद परिवारका सदस्यहरूलाई ग्यास चुलो वितरण गर्नुका साथै विद्यालयको शैक्षिक पूर्वाधार सुधारका निम्ति गाउँपालिकाका सम्पूर्ण विद्यालयलाई कुल ५६ थान कम्प्यूटर, १६ थान प्रिंटर, १०० थान पंखा, ४ थान प्रोजेक्टर र ८ थान डिस्प्ले उपलब्ध उहाँले गराउनुभयो ।
यो गाउँपालिका जनमुखी कार्यक्रमका निम्ति अग्रसर रहेको छ । साथै, यहाँका युवा तथा महिलालाई लक्षित रोज़गार मूलक कार्यक्रमहरू ल्याइ लघु उद्यमका र औद्योगिक ग्रामका निम्ति यथाशीघ्र सहज वातावरण निर्माण गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

No comments: