काठमाडौै भदौं २३ गते । प्रदेश २ का मुख्यमन्त्री राउतले एसिड आक्रमण पिडित मुस्कानको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।
एसिड प्रहारबाट घाइते भइ किर्तिपुर अस्पतालमा उपचार गराइरहनु भएका मुस्कानलाई भेट्न मुख्यमन्त्री राउतसहित समाजवादी पार्टीका सांसद प्रदीप यादव लगायतका नेताहरु पुग्नु भएको थियो ।
सो क्रममा मुख्यमन्त्री राउतले मुस्कानको उपचारमा अपुग सम्पूर्ण खर्च प्रदेश २ का सरकारले व्यहोर्ने घोषणा समेत गर्नुभयो ।
सांसद यादवले मुस्कानको न्यायका लागि आफूले लड्ने प्रतिवद्धता जनाउनु भयो । सांसद यादवले मुस्कानलाई सहयोग गर्नुको साथै संसदमा पनि कुरा उठाउँदै आउनु भएको छ ।
No comments: