» » राजेन्द्र महतोले भन्नुभयो, सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण हुँदैन

जनकपुर असोज ८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँउनु भएको छ ।

जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा बताउँदै उहाँले ‘पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने आफूहरुको शर्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशमा नेपाली काङ्ग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकता पछि सम्भव छ ।’ 

नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म विरोध भई रहने हुँदा यसको रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताउनुभयो ।

समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताउँनु भएको छ । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..