» » को हुन् अजित डोभाल जसलाई विश्वास गर्छन् नरेन्द्र मोदीले ?

भारतमा नरेन्द्र मोदीको उदयसँगै अजित डोभालको पनि नाम चर्चामा आयो । डोभालले पहिला पनि काम नगरेको होइन, खुफियाको क्षेत्रमा उहाँको चर्चा महत्वपूर्ण रुपले हुने गथ्र्यो । त्यो कुराको जानकारी धेरै काम मान्छेलाई थियो तर अहिले अजित डोभालको नाम बच्चा बच्चाले सुन्न थालेको छ । विगतको काम हेरेर नै डोभाललाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षा सल्लाहकारमा नियुक्ति गर्नुभएको थियो ।
                                                                                                                                                                                                                                                                                                                                         नरेन्द्र मोदीको पहिलो कार्यकाल सफल बनाउनमा अजित डोभलको महत्वपूर्ण हात रहेको चर्चा हुने गरेको छ । विगतको काम हेरेर नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभाललाई पुनः पाँचवर्षका लागि नियुक्त गर्नुभएको छ । त्यो पनि एउटा क्यविनेट मिनिस्ट्रीको हैसियत दिएर ।

सबभन्दा नजिकको छिमेकी राष्ट्र नेपाल भएका हुनाले यहाँ उहाँको प्रभाव नपरेको पनि होइन । बेलाबेलामा नेपाली सञ्चारमाध्यममा उहाँको नाम चर्चामा आइरहेका हुन्छन् । अन्तराष्ट्रिय रुपमै परिचित अजित डोभाल को हुनुहुुन्छ, यसको बारेमा हामीले थोरै चर्चा यहाँ गरेका छौं ।

भारतले केही वर्षयता अन्तराष्ट्रिय स्तरमा आफ्नो छवी बनाउन सफल भएको छ । विकासशिल देशभन्दा एक कदम अगाडि बढेर अब भारतलाई एउटा सशक्त राष्ट्रको रुपमा मान्न थालिएको छ । यसमा भारतीय सरकार र योसँग जोडिएका अन्य पदाधिकारीको पनि भूमिका त्यसमा रहेको छ । यसका साथै विगत केही वर्षदेखि भारतको राष्ट्रिय सुरक्षा र त्यससँग जोडिएको मुद्दामा जसरी परिवर्तन आएको छ, त्यसमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको नाम आउँछ ।

भारतका तत्कालिन प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो प्रधानमन्त्री कार्यान्वयन राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा अजित डोभाललाई नियुक्त गर्नुभएको थियो ।


अजित डोभालका बुवा गुनानन्द डोभाल इण्डियन आर्मी हुनुहुन्थ्यो ।

अजित डोभालले आफ्नो प्रारम्भिक शिक्षा अजमेरको सैनिक स्कूलबाट लिनुभएको थियो । र आगरा विश्वविद्यालयबाट सन् १९६७ मा इकोनोमिक्समा मास्टर्स गर्नु भएको थियो । मास्टर्स सकाएपछि उहाँले आइपीएसको तयारी शुरु गर्नुभएको थियो र सन् १९६८ मा उहाँ केरल कैडरबाट आइपीएस प्रमुख बन्नुभयो ।

सन् १९७२ मा उहाँ इन्टलीजेन्स ब्युरोसँग जुड्नु भएको थियो । त्यहाँ उहाँले तीन दशक बिताउनु भएको थियो । त्यो कार्यकालमा उहाँले निकै उपलब्धी मुलक कार्य गर्नुभएको थियो, जसको चर्चा अहिले पनि हुने गरेको छ । नर्थ–इस्ट, जम्मु काश्मिर र युके जस्ता अप्रेशन उहाँको मुख्य अप्रेशन हो । डोभालले नेशनल फ्रन्ट इन्सरजेन्सीको समयमा लालडेङ्गाको ७ जनामध्ये छजना कमाण्डरलाई जित्नु भएको थियो । अर्थात उहाँ पहिलो हुनुभएको थियो ।

सन् १९६१ मा मिजोरममा खडेरी परेको थियो । त्यहाँका जनता सरकारप्रति खुश थिएन । सरकारप्रति आक्रोश बढ्दै गइरहेको थियो । सन् १९६६ सम्म त छुट्टै मिजोरम बनाउने माग उठ्न थालेको थियो । त्यसले गर्दा त्यहाँ हिंसा बढ्दै गइरहेको थियो । तर त्यसलाई डोभालले नियन्त्रणमा लिनुभएको थियो । अर्थात उहाँले आन्दोलनकारीलाई वार्ताको टेवलमा ल्याउन सफल हुनुभएको थियो । र, त्यहाँको आन्दोलन अन्त्य भयो ।
सन् १९८८ को गर्मीमा जब खालिस्तानीको कारण पञ्जाव सरकार परेशान थियो । अमृतसर स्वर्ण मन्दीरमा खालिस्तानी आतङ्कवादीहरु कब्जा जमाएका थिए ।

 त्यसमा आतंकवादीका नाइके सुरजीत सिंह पेंटा पनि थिए । त्यहाँ भित्र जान त्यति सजिलो थिएन । तर अजित डोभाल पाकिस्तानको आइएसआइ (पाकिस्तानी इन्टर सर्भिस इन्टलिजेन्स) को एजेन्ट बनेर भित्र छिर्नु भएको थियो । पेंटालाई लाग्यो कि यो व्यक्तिलाई सहयोगका लागि पाकिस्तानले पठाएको हो । तर उहाँको सोच गलत थियो । डोभाल आफ्नो मिसनमा त्यहाँ जानु भएको थियो । आफ्नो मिसन अनुसार काम शुरु गरिसक्नु भएको थियो ।

 बाहिर रहेका सुरक्षाकर्मीलाई भित्रको सम्पूर्ण जानकारी दिनुको साथै अपरेशन थन्डरलाई सफल बनाउनमा पुरा सहयोग गर्नुभयो । विना कुनै रक्तपात खालिस्तानीलाई सेलेण्डर गर्न बाध्य बनाउनु भएको थियो उहाँले । शुरुमा सुरक्षाकर्मी लागेको थियो कि भित्र ४० जना मात्र रहेका छन् तर डोभालले भित्रबाट २०० जना रहेका छन् भनि जानकारी दिनुभएको थियो । डोभालले नै भित्रबाट सरकारलाई छापा मार्ने ठाउँको पानी र विजुलीको सप्लाई बन्द गर्न भन्नुभएको थियो । र, सरकारले त्यस्तो गरेपछि मात्र आतकंकारीहरु बाध्य भएर आत्मसमर्पण गरेका थिए ।


यो अन्डरकभर कामका लागि धेरै पहिलादेखि डोभालले तयारी गरिरहनु भएको थियो । यसका लािग उहाँ इण्डियन मिसनको साथमा इस्लामावादसम्म जानुभएको थियो । जहाँ उहाँले पाकिस्तानी सिखको धार्मिक स्थलमा हुने अलगावादी गतिविधियोंमाथि नजर राख्नुभएको थियो ।


सन् १९९० मा डोभाललाई काश्मिर पठाएको थियो । त्यहाँ पनि उहाँलाई आतकंवादीको प्रमुख सम्झेर आफ्नो पक्षमा राखिएको थियो । यसरी दुश्मको भित्र छिरेर त्यसमध्ये एकजनालाई आफ्नो पक्षमा ल्याउनका लािग उहाँले आफ्नो कुटनीतिक पहल गर्नु भएको थियो । र, त्यसमा उहाँ सफल पनि हुनुभयो । डोभालले काँधारवाला मुद्दामा पनि महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । त्यो फलाइटमा १७६ सदस्य र १५ जना क्रु मेम्बर हुनुहुन्थ्यो । आतंकवादीले नेपालबाट दिल्ली गइरहेको थियो विमानलाई अपहरण गरेर कँधार लगेको थियो ।
अपरण गरिएको जहाज आतकंवादीको पुरै नियन्त्रणमा थियो ।

 त्यो जहाज छाड्नका लागि मसुद अजहर, मुस्ताक अहमद र मउर सइदलाई रिहाय गर्नुपर्ने सर्त अघि सारेको थियो । त्यसपछि उनीहरुसँग कुरा गर्नका लािग डोभाल आफै त्यहाँ जानु भएको थियो र समस्या समाधान कसरी गने भनि युक्ति निकाल्नु भएको थियो । त्यतिबेला डोभालले भन्नुभएको थियो, यदि आइएसआइको समर्थन नभएको भए भारतीय सेनाले नै जहाजलाई अपहरणमुक्त गराउन सक्थ्यो ।

अजित डोभाललाई लण्डनका लागि हाइ कमिशनमा मिनिस्टरको रुपमा पनि नियुक्त गरिएको थियो । त्यसबाहेक डोभाल सात वर्षसम्म पाकिस्तानमा जाजुसको काम गर्नुभयो । त्यहाँको सूचना संकलन गरेर भारत सरकारलाई दिनुहुन्थ्यो । उहाँको मिसन थियो दाउद इब्राहिमलाई भारत ल्याउनु । उहाँ एउटा रिक्सा चालक भएर पाकिस्तानमा बस्नुभएको थियो । उहाँ त्यस मिसनमा धेरै हकसम्म सफल हुनुभयो ।

सम्मान र अवकाश जीवन
डोभालले आइपीएस सेवामा जानु भएपछि ६ महिनामा नै प्रहरीको मेडल प्राप्त भएको थियो । डोभाल सबैभन्दा कम उमेरको प्रहरी भएको कारण सो मेडल प्राप्त गर्नुभएको थियो । डोभाल यस्तो प्रहरी अधिकारी हुनुहुन्छ जसलाई सन् १९८८ मा किर्ते चक्रले सम्मानि गरेको थियो । त्यो भन्दा पहिला सेनालाई मात्र त्यो सम्मान दिने गथ्र्यो ।

जनवरी २००५ मा इन्टलीजेन्स ब्युरोको प्रमुखबाट अवकाश प्राप्त गरेपछि पनि उहाँ भारतको सुरक्षा सम्बन्धी कार्यमा सक्रिय रहनुभयो । उहाँले त्यतिबेला केही मुख्य समाचारपत्र तथा जर्नल्सका लागि लेख लेख्नुको साथै सरकारी, गैरसरकारी संस्थामा गएर उहाँले भाषण दिनुहुन्थ्यो । उहाँले सन् २००९ मा विवेकानन्द इन्टरनेशनल फाउण्डेशनको स्थापना पनि उहाँले नै गर्नुभएको थियो । जसलाई भारतको थिंक ट्यांक मानिन्छ । सन् २०१४ मई ३० तारेखका दिन डोभालाई पाँचौं सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।

डोभलको पद
डोभालको बारे यो पनि जान्न जरुरी छ कि उहाँ देशको कुन सुरक्षा केन्द्रसँग जोडिनु भएको छ र डोभालको के पद के हो । उहाँसँग कुन यस्तो शक्ति हो, जसको कारण पुरै देशको सुरक्षा उहाँको फैसलामाथि निर्भर हुन्छ ।

भारतको सुरक्षा हेर्नका लािग नेशनल सेक्युरिटी काउन्सिल (एनएससी) भारतीय सुरक्षाको महत्वपूर्ण केन्द्र हो । त्यसबाहेक स्ट्रेटेजिक पोलिसी ग्रुप र नेशनल सेक्युरिटी एडवाइजरी बोर्ड पनि रहेका छन् । यो नेशनल सेक्युरिटी एडवाइजरी बोर्डमा सरकारी पदाधकारीबाहेक अन्य प्रतिष्ठित सुरक्षा विज्ञ पनि सहभागी हुन्छन् । सन् २०१८ मा त्यसलाई नयाँ बोर्ड बनाइएको थियो ।

जसको अध्यक्ष २०१४–२०१६ सम्म रसियामा भारतको एम्बेस्डर रहनु भएका पीएस राघवन बन्नुभएको थियो । उहाँको कार्यकाल दुई वर्षको थियो । नेशनल सेक्युरिटी काउन्सिलको गठन सन् १९९८ मा अटल विहारी पाजपेयीको सरकारले गरेको थियो । जसमा नेशनल सेक्युरिटी एडभाइजरको अतिरिक्त डिपुटी नेशनल सेक्युरीटी एडवाइजर, रक्षा, अर्थ विभाग, विदेश मन्त्री, नीति आयोगको उपप्रमुख पनि सदस्यको रुपमा रहनु भएको छ । 


नेशनल सेक्युरिटी काउन्सिल (एनएससी) लाई देशको सुरक्षाका लागि सबभन्दा महत्वपूर्ण मानिन्छ । अन्य केन्द्रले त्यसलाई सहयोग गर्छन् । तर क्याविनेट अन सेक्युरिटीद्धरा नै सबै निर्णयको समिक्षा हुन्छ र त्यसलाई प्रभावकारी बनाउने गरिन्छ । सीसीएसको प्रमुख प्रधानमन्त्री स्वयं हुन्छ, जसमा सुरक्षा, अर्थ, विदेश र गृहमन्त्री पनि सहभागी हुन्छन् । केन्द्र सरकारले नेशनल सेक्युरिटी एडवाइजरको संयोजकत्वमा सेक्युरिटी पोलिसी ग्रुप बनाएको छ, जसमा देशको बाहिरी, आतकंकारी र आर्थिक सुरक्षाको लागि नेशनल सेक्युरिटी काउन्सिललाई सहयोग गर्न सकोस् ।

त्यसैमध्ये स्ट्रेटेजिक पोलिसी ग्रुपको प्रमुख डोभाललाई बनाइएको छ, जो राष्ट्रिय सुरक्षा सललहकार पनि हुनुहुन्छ । र, यसरी डोभाललाई स्ट्रेटेजिक पोलिसी ग्रुपको शक्ति प्राप्त भयो । जसमा १६ जना सदस्यमा निति आयोगको उपप्रमुख, मन्त्रीपरिषद्का सचिव, तीनै तहका सेना प्रमुख, आरबीआइको गभर्नर, विदेश सचिव, गृह सचिव, अर्थ सचिव र रक्षा सचिव पनि सामेल छन् ।

सन् २०१४ मे मा डोभालले ४६ जना भारतीय नर्सलाई इराकस्थित टिकरितको अस्पतालबाट सुरक्षित रुपमा भारत पुर्याउनुभयो । डोभालले इराकका सरकारसँग सम्पर्क गर्नु भएको थियो र ५ जुलाई २०१४ मा आइएसएसको मिलिटेन्टले एर्बिल शहरमा प्रशासन समक्ष नर्सलाई सुम्पिनुभयो ।

 र त्यसपछि भारतीय सरकारले दुई विशेष जहाज पठाएर उनीहरुलाई कोची पठाएको थियो । आर्मी जनरल दलबीर सिंह सुहागसँग मिलेर डोभालले म्यानमारमा लडाकुको विरुद्ध पनि सैनिक कारवायही गर्ने तय गर्नुभएको थियो ।

एनएससीएनले मणिपुरमा १७ जना जवानलाई हत्या गरेको थियो । अनि तुरुन्त भारतीय जवान म्यानमार गयो र त्यो मिसनमा ५० जना आतंकवादीलाई मार्यो । यसको पछाडी पनि अजित डोभालको हात थियो । यसमा एकजना जवान पनि सहिद भएको थिएन ।

सन् २०१६ मा पाकिस्तानमा भएको सर्जिकल स्ट्राइकका लागि उहाँलाई नै प्रमुख जिम्मेवार मानिन्छ । त्यसमा ३५–५० जना आतकंवादी मारिएका थिए । र, त्यसको फोटो सन् २०१८ मा सार्वजनिक गर्यो । त्यसैगरि, डोकलामको मुद्दालाई कुटनीतिक तरिकाले सुल्झाउनका लागि विदेश सचिव एस.जयशंकर र चीनमा रहनु भएको भारतीय राजदूत विजय केशव गोखलेको साथै डोभाललाई पनि त्यसको श्रेय जान्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र डोभाल दुवैजना देशको आन्तरिक सुरक्षाको साथै आतकंवादलाई पूर्ण रुपमा समाप्त पार्नका लागि आक्रमक शैलीलाई सबैले रुचाएको छ । र, भारतद्धारा पाकिस्तानी हमलाको जवाफमा गरिएको सर्जिकल स्ट्राइकलाई त्यसैको परिणाम मानिन्छ ।

यद्यपी डोभाल र मोदीको सम्बन्ध हरेक समय विपक्षको निशानामा रहन्छ । डोभालको नेशनल सेक्युरिटी एडवाइजरको रुपमा निकै जिम्मेवारी बढेको छ । उहाँले प्रधानमन्त्री मोदीलाई देशका लागि आवश्यक आन्तरिक र बाहिरी विषयमा पनि सल्लाह दिनुहुन्छ । र केही संवेदनशिल मुद्दामा प्रधानमन्त्रीको साथ देखिनु पनि हुन्छ किनभने उहाँ स्ट्रेटेजिक पोलिसी ग्रुपको प्रमुख पनि हुनुहुन्छ । डोभालको तलब एकलाख ६२ हजार ५०० रहेको छ ।

डोभालको जन्म सन् १९४५ जनवरी २० मा पौरी गढवाल उत्तराखण्डमा भएको हो । पेसाले पूर्व आइपीएस अफिस, इन्टलिजेन्स ब्युराको पूर्व डाइरेक्टर र हाल प्रधानमन्त्रका राष्ट्रिय सुरक्षा सल्लाहकार हुनुहुन्छ । उहाँलाई भारतीय जनता पार्टीको निकट मानिन्छ तर आधिकारीक रुपमा आवद्धता छैन । ७५ वर्षीय डोभालको गृहनगर राजस्थानको अजमेरमा रहेको छ । गुनानन्द डोभालका छोरा अजित डोभालका श्रीमती अनु डोभाल र पुत्र शौर्य डोभाल रहेका छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..