» » प्यानको कारण मजदुरलाई अन्याय

पर्सा असोज ६ गते । समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले गरिब मजदुरलाई समेत अनिवार्य रुपमा व्यक्तिगत प्यान लिनुपर्ने बाध्यात्मक व्यवस्थाले मजदुरहरु अन्यायमा परेको बताउनु भएको छ ।

सोमवार यहाँ आयोजित प्रविधि तथा सामाजिक विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल सरकारले ल्याएको अर्थ व्यवस्था सृद्धिढ जस्ता नितिले घरेलु उत्पादकहरु मारमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, जो आजसम्म बैंक नै गएका छैनन् ति मजदुर कहाँबाट प्यान लिन जाउन पछिल्लो समय अनलाईन बिलिङ्ग प्रणाली ईट्टा उधोगहरुमा के काम ? ग्रामिण बस्तीमा राम्रोसंग विजुलि बतिको व्यवस्था नभएको अवस्थामा ईन्टरनेटबाट हुने अनलाई बिलिङ्गको काम कसरी गर्ने ?

सांसद यादवले जनता मारा करले सरकारले ५ लाख युवालाई रोजगारी दिने लक्ष्यलाई बाधा पुग्ने दावी गर्नुभयो । स्थानीय उत्पादक उधोगी व्यापारीहरुलाई विभिन्न बहानामा करको भार थुपारि उधोग नै धराशायी बनाउने खेलले देशमा समृद्धि नहुने बताउनुभयो ।

यसैगरी उहाँले हिजोको दिन भन्दा अहिले ईट्टा उद्योगमा बाल मजदुर जस्ता समस्या नरहेकाले बेमौसमी पानीले ईट्टा उधोगीहरुलाई हुने नोक्सानीमा नेपाल सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


जनताको सदैव साथमा आफु रहेकाले जनताको समस्या समाधानका लागी आफु सांसदमा समेत अवाज उठाईरहने उहाँले बताउनुभयो ।

बारा पर्सा इटा उधोग व्यवसायी संघका अध्यक्ष असर्फी प्रसाद जयसवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल इटा उधोग महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बहादुर चित्रकार, प्रदेश २ का प्रदेश सभा सदस्य मञ्जुर आलम, पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादव, पोखरिया नगरपालिकाका मेयर दीप नारायण प्रसाद रौनियार लगायतको उपस्थिति रहेको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..