
राष्ट्रिय जनता पार्टी नेपाल लगायत विभिन्न संघ संगठनले सविधान दिवसको विरोधमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
सदरमुकाम राजविराजमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको नेतृत्वमा कालो झण्डा सहित विरोध प्रदर्शन र सभा गरिएको छ । विरोध सभालाई सम्बोधन गर्दै मन्त्रीसाहले आफुहरु प्रदेशको सत्तामा रहेपनि मधेशको माग संविधानमा समावेश नगरिएसम्म आन्दोलनमै रहने उदघोष गर्नुभयो ।
संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उहाँको भनाई थियो । नगरमा कालो झण्डा र मोटर साईकल ¥यालीसहित विरोध प्रदर्शन भई रहँदा राजापका कार्यकर्ताहरुले करिब आधा दर्जन सरकारी कार्यालयमा कालो झण्डा समेत झुण्डाएका छन् ।
यद्यपी प्रदर्शनकारीहरु गएपछि उक्त कार्यालयहरुमा राखिएको कालो झण्डा कर्मचारी हटाएका छन् । प्रदर्शनका क्रममा राजपा कार्यकर्ताहरुले सवै सरकारी कार्यालयहरुलाई संविधान दिवसमा दिपावली नगर्न र कालो झण्डा लगाउन आग्रह गर्दै हिँडेका थिए । यस क्रममा राजपाका कार्यकर्ताहरुले मालपोत, विद्युत प्राधिकरण, नापी शाखा लगायतका आधा दर्जन कार्यालयमा कालो झण्डा झुण्डाएका थिए ।
यसैगरि, सानो पाइलाले जनकपुरमा नेपालको संविधान २०७२ मा जनताको अवधारणा राष्ट्रिय बहस कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमा विभिन्न दलका नेता तथा बुािद्धजिवी लगायत प्रदेश २ का मुख्यमन्त्री लालबाब राउत पनि सहभागी भएका छन् । कार्यक्रम दुई दिनसम्म चल्ने छ ।
कार्यक्रममा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, नेकपाका नेता प्रभु साह, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक विशलेषक सीके लाल, पत्रकार किशोर नेपाल, चन्द्र किशोर, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, पत्रकार सुबिना श्रेष्ठ, अधिकारकर्मी डम्बर चेम्जोङ्ग, नीति आयोगका सदस्य राजकुमार लेखी, थारु नेता लक्ष्मण थारु, सबनम खातुन, लेखक कृष्ण हाछेथु, काँग्रेसका नेता प्रदीप गिरी, पत्रकार एवं लेखक भाष्कर गौतम लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा पहिलो दिन मधेश आन्दोलनको फोटो, भिडियो प्रदर्शनी, शहीद परिवारजन र घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

कार्यक्रममा सर्वस्वीकृति संविधानका लागि के–के संशोधन गर्ने, संविधानमा थारु, मुस्लिम र जनजाति समुदायको वर्तमान अवस्था, मधेश आन्दोलनः सम्भावना, सीकेका पाठ र पहिल्याइएका नयाँ मागहरु, राजनीतिक संस्कार र वित्तिय जवाफदेहितामाथि छलफल र बहस हुने बताइएको छ ।
त्यस्तै जनआन्दोलन, गणतान्त्रिक आन्दोलन र मधेश आन्दोलनका शहीदहरुको शहादतको सम्झनामा साँझ दीप प्रज्वलन गर्नेकार्यक्रम रहेको आयोजक पक्षले जनाइएको छ ।
त्यसैगरी दोस्रो दिन संविधानमा दलित समुदाय र वर्तमान अवस्था, समाज, संविधान र स्वतन्त्रता, नेपाली मिडियामा मधेश र सीमान्तकृत समुदायको चित्रण, मधेशमा संविधान दिवसको अर्थ र राज्यको अंगहरुको व्यहारमाथि नागरिक समाज, बुद्धिजीवि पत्रकार र राजनीतिक दलका विज्ञहरुले बहस गर्नु हुनेछ ।
No comments: