» » महिला फूल खेतीतर्फ आकर्षित

रूपन्देही सैनामैना नगरपालिका ४ सिसौडाँडाँका स्थानीय महिला फूल खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाले फूल खेतीमा महिलालाई आकर्षित गर्न अनुदान उपलव्ध गराएको  छ । सिसौडाँडाँका महिलाहरूले पैरवी आमा समूह गठन गरी फूलको व्यावसायिक खेती सुरु गरेका हुन् । उनीहरुले करिब १४ कठ्ठा जग्गामा सयपत्री, मखमली र थुंगे फूलको व्यावसायिक खेती सुरु गरेकाहुन् ।

पैरवी आमा समूहकी अध्यक्ष सीता जिसीले ५ महिना अघिदेखि जग्गा भाडामा लिएर फूल खेती सुरु गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले ५० प्रतिशत अनुदान उपलव्ध गराएको रकमले फूलको बीउ र मल खरिद गरेर बिरुवा तयार गरिएको बताउनुभयो । दशैं र तिहारलाई लक्षित गरी महिलाहरुले फूल खेती गरेको भएपनि अहिले वर्षाको समय भएकोले तीन कट्ठा खेतमा मात्र फूल खेती लगाइएको छ । वर्षापछि थप जग्गामा फूल लगाउन सुरु गरिने समूहकी सदस्य पार्वती सापकोटाले बताउनुभयो ।

समूहमा ६३ जना सदस्य रहे पनि फूलखेतीमा  २५ जना महिला मात्र आवद्धछन् । उनीहरुले सामूहिक रुपमा नगरपालिकको अनुदानसहित एक लाख २० हजार रुपियाँ  लगानी गरेका छन् । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक रूपमा काम गर्न चाहने महिलाहरुलाई लक्षित गरी सहयोग गरेको बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..