» » राजपा नेपालका नेता महतोको निधन

काठमाडौं भदौं २६ गते । राष्ट्रिय जनता पार्टी नेपालका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोको निधन भएको छ ।

ह्रदयघातका कारण उहाँको निधन भएको बताइएको छ । नेपाल सद्भावना पार्टीदेखि नै मधेशको राजनीतिमा सक्रिय महतो पछिल्लो समय भएको मधेश आन्दोलनमा पनि उहाँको सक्रिय भूमिका रहेको राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले बताउनुभयो ।

सिरहा सुखिपुर निवासी महतो एक जुझारु प्रष्ट वक्ता रहेको बताउँदै उहाँले उहाँको निधन ले राजपा सिरहालाई मात्र होइन समग्रह राजनीतिमा क्षति पुगेको बताउँनुभयो ।

उहाँलाई श्रद्धाञ्जली दिनका लागि राजाप नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता, मन्त्री, सांसदहरु सिरहा पुग्नुभएको थियो । महतोलाई पार्टीको झण्डा ओढाएर सम्मान गरेको थियो ।  

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..