» » दूधको मूल्यवृद्धि उपभोक्ता मारमा

सरकारले दूधको मूल्य वृद्धि गरेको छ तर त्यो मूल्य किसानको हातसम्म पुग्छ कि पुग्दैन भनि विभिन्न आशंका भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ २१ गते लागु हुने गरि दूधको मूल्य वृद्धि गरेको छ । स्ट्याण्डर दूधको मूल्य प्रति लिटर ६ रुपियाँ गरेको छ त्यसमध्ये किसानले ४ रुपियाँ पाउने छन् । बाँकी दुई रुपियाँबाट उद्योगीले राख्ने छने । दुई वर्षपछि भएको मूल्य वृद्धिले दूधको मूल्य बृद्धिले उपभोक्ता मारमा परेका छन् ।

सरकारले दूधको मूल्य ६ रुपियाँ वृद्धि गरेको छ तर उद्योगी तथा डेरीबालाहरुले जथाभावी मूल्यको वृद्धि गरेको छ । चिल्लो पदार्थ बढी भएको तथा विशेष प्रकारको दूध भएको भन्दै प्रति लिटर ८ रुपियाँदेखि १० रुपियाँ वृद्धि गरेको छ तर त्यसमो अनुगमन कहिबाट भएको छैन । दूध मात्र होइन, दुग्धजन्य पदार्थको मूल्यवृद्धि जथाभावी भएको छ । दहीमा प्रति लिटर १५ देखि २० रुपियाँसम्म वृद्धि भएको छ ।

अहिले दूधको मूल्य बढेको भएपनि दूधको मूल्य किसानहरुले पाउन नसक्ने अवस्थामा पुगेको छ । सरकारले किसानका लागि मूल्य बृद्धि गरेको भएपनि यो मूल्य बृद्धि दुग्ध सहकारीहरुका लागि पोस्नका लागि हो कि भन्ने प्रश्न पनि उब्जन थालेको छ ।

विशेष गरी चितवन लगायतका जिल्लामा दूध संकलनमा सहकारीहरुको सिण्डिकेट रहेको छ । त्यही सहकारीहरुले राज्यबाट विभिन्न किसिमका अनुदान पनि हात पारेका देखिन्छन् । यद्यपी किसानहरुका लागि पनि त्यो सबै कागलाई वेल पाक्यो हर्ष न विष्मात भने जस्तो देखिएको छ ।


मूल्य बृद्धि उपभोक्ताका लागि हित नहोला तर किसानको हित गर्दछ त्यसकारण पनि दूधको मूल्य बृद्धि हुनु पर्दछ भन्ने चर्चा र बहश भईरहँदा किसानहरुले दूधको बढेको मूल्य पाउन नसकेको देखिन्छ । व्यापारीहरुले जस्तै दुग्ध सहकारी संस्थाहरु पनि सञ्चालकहरु मोटाउने र वास्तविक किसान जसले दूध उत्पादन गर्छ, गाईभैसी पालन गरिरहेको छ उनीहरु मारमा परेको देख्न सकिन्छ । कृषि मन्त्रालयले दूधको मूल्य त बृद्धि गरेको छ । तर त्यसको अनुगमनमा ध्यान दिएको छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..