» » सांसद रिनाले विरतण गर्नुभयो साइकल

काठमाडौं असोज १२ गते । समाजवादी पार्टीका नेतृ एवं प्रदेश २ का प्रदेशसभा सदस्य डा.रिना यादवले ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ पकार्यक्रम अन्तर्गत साइकल वितरण गर्नुभएको छ ।

शनिवार आफ्नो गृह जिल्ला महोत्तरीको समसी, पोखरभिंडा–५ मा ८ कक्षाका ६५ जना छात्रालाई साइकल वितरण गर्नुभयो । प्रदेश सांसद यादवले समाजलाई विकासका गर्नका लागि छोरीलाई शिक्षा दिनु आवश्यक रहेको भन्नुहुँदै छोराछोरीमा कुनै भेदभाव नगरी छोरीलाई पनि स्कूल पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । समाज शिक्षित भएपछि विकासको बाटो आफै खुल्ने भएकाले शिक्षामा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीलेहरुले साँस्कृति कार्यक्रमको आयोजना गरेका थिए । प्रदेश सांसद रिनाले मौसम प्रतिकुल नभएपनि अभिभावकको सहभागित, विद्यार्थीहरुको उत्साहप्रद साँस्कृतिक कार्यक्रमले गर्दा कार्यक्रम सफल भएको बताउनुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..