काठमाडौ भदौं १५ गते । नबिल बैङ्क, प्रभु बैंक लगायतको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाटं पक्राउ गरेको हो ।
नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ परेका हुन् ।
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद गरेको छ ।
पक्राउ परेका ५ जनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु कमजोर एटीएम प्रणाली रहेका देश पुगेर नक्कली कार्डबाट पैसा निकाल्ने गरेको हुनसक्ने डीएसपी बोगटीले बताए ।
‘केहि महिना अगाडि भारतमा पनि यस्तै तरिकाले बैंकका एटीएमबाट पैसा लुटिएको थियो । यो पनि त्यस्तो घटना हुन सक्छ भनेर हामीले सतर्कता बढायौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले खबरहबसँग भने, ‘साँझतिर मात्रै हामीहरु ह्याकर नजिक पुग्यौं ।’
एसएसपी सुवेदीका अनुसार ह्याकरहरुले विभिन्न बैंकको एटिएम सिस्टम ह्याक गरेका छन् । ‘एटिएम सिस्टम सञ्चालन गर्ने सफ्टवेयर नै ह्याक गरिएको रहेछ,’ सुवेदीले भने, ‘प्रभुसँग अन्य वाणिज्य बैंकको पनि सिस्टम ह्याक भएको रहेछ ।’
आज तीनवजे उनीहरुलाई प्रहरीले सार्वजनिक गर्दैछ ।

No comments: