» » प्रधानमन्त्रीको कार क्रेनले उठाउने किरण बेदीको कथा

भारतका किरण बेदीको नाम सुन्ने बित्तिकै महिलाहरुलाई गर्व महसुश हुन्छ । एउटा अब्बल महिलाको रुपमा विश्वमै उहाँले आफ्ना नाम कमाउनु भएको छ । भारतका पहिलो महिला आइपीएस अफिसरको रुपमा चर्चित किरण बेदी समाजिक तथा राजनीतिक कार्यमा पनि त्यतिकै अब्बल हुनुहुन्छ । उहाँले जति समय काम गर्नुभयो, एउटा उदाहरण बनेर काम गर्नुभयो । समाजिक सेवाका लागि प्रहरीबाट स्वच्छेकि अवकाश लिनु भएका किरण बेदी महिलाहरुका लागि प्रेरणादायी पात्र हुनुहुन्छ । हाल उहाँ भारतीय जनता पार्टीमा आवद्ध भएर राजनीतिक र समाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

जेल सुधार
मई १९९३ मा किरण बेदीलाई दिल्ली कारागारमा इन्सपेक्टर जनरल (आइजी) को रुपमा पठाइएको थियो । जहाँ उहाँले तिहार जेलमा निकै सुधार गर्नुभयो । उहाँको यसप्रकारको प्रयत्नले सन् १९१४ मा उहाँलाई रमण मेगसेसे पुरस्कार दिएको थियो । २००३ मा पहिलो महिला बन्नुभयो जसलाई युनाइटेड नेशनले नागरिक पुलिस सल्लाहकारमा नियुक्त गरेको थियो । तर उहाँले सन् २००७ मा त्यो पदबाट राजिनामा दिनुभयो, जसले उहाँ समाजिक गतिविधि र लेख लखनमा ध्यान दिन सकियोस् ।

किरण बेदीका सन् १९९३ को कार्यकाल उहाँका लागि निकै महत्वपूर्ण मानिन्छ । उहाँ आइजी प्रिजन्सको रुपमा जेलको अधिकारी बन्नुभएको थियो । उहाँले त्यसबेला देशको सबभन्दा ठूलो जेल तिहाडलाई आदर्श बनाउने संकल्प लिनुभएको थियो । त्यसबेला उहाँले अपराधीलाई मानवीयकरण गर्न शुरु गर्दै भन्नुभएको थियो, ‘जेललाई आश्रममा परिवर्तन गरि दिन्छु ।’ किरण वेदीले त्यहाँ योग, ध्यान, खेलकुद, साँस्कृति कार्यक्रमको साथै पढ्ने लेख्ने व्यवस्था पनि गर्नुभएको थियो । जाँड रक्सी खानेलाई बडो संयमित ढंगले उहाँले नियन्त्रणमा लिनुभयो ।

त्यो जेलमा रहेका करिब १० हजार कैदीमध्ये कतिपय यस्ता पनि थिए, जसमाथि कुनै आरोप थिएन तैपनि वर्षौैदेखि जेलमा बन्द थिए । जेलमा रहेका कैदीको स्वास्थ्यको साथसाथै मानसिक विकासमा पनि उहाँले ध्यान दिनुभएको थियो ।

कैदीले जेलभित्रबाट परीक्षा दिएका थिए र आफ्नो योग्यता बढाएका थिए । जेलमा कविता तथा सायरीहरुको कारणले पनि कैदीमा नयाँपन देखिन थालेको थियो । किरण वेदीलाई यो कामका लागि निकै प्रसंशा प्राप्त भएको थियो, त्यतिबेला । उहाँलाई जेलको ड्युटी जानी जानी दिएको थियो । उहाँको कामले गर्दा विभिन्न व्यक्तिलाई अप्ठ्यरो भएको कारणले उहाँलाई जेलमा सरुवा गराइएको थियो । तर उहाँले जेलमा पनि धमका गर्नुभएको थियो ।

प्रहरी कोर्स
किरण बेदीले सन् १९७२ जुलाई १६ देखि मसुरीको नेशनल एकेडेमी अफ एडमिनिस्ट्रेशनबाट आफ्नो पुलिसको प्रशिक्षण शुरु गर्नुभएको थियो । उहाँको ब्याचमा उहाँ एक्लो महिला हुनुहुन्थ्यो जो पछि भारतको पहिलो महिला आइपीएस अफिसर बन्नुभएको थियो । त्यसपछि उहाँले ६ महिनाको फाउडेशन कोर्स गर्नुभएको थियो । जसमा उहाँको प्रशिक्षण माउन्ट आफूमा दिएको थियो । त्यसपछि बाद ट्रेनिङका लािग उहाँलाई पञ्जाव पुलिसमा पठाइएको थियो ।

किरण बेदीको पहिलो पोस्टिङ सन् १९७५ मा दिल्लीको चाणक्यपुरी सब डिभिजनमा भएको थियो । त्यही वर्ष गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा पुरुष समूहलाई नेतृत्व गर्ने पहिलो महिला पर्नुभएको थियो । त्यो देखेर तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले उहाँलाई खानामा बोलाउनु भएको थियो । चाणक्यपुरी त्यो समय समृद्ध क्षेत्र थियो, किनभने देशका प्रायः महत्वपूर्ण कार्यालयहरु त्यही वरिपरी थियो, त्यही भएर त्यहाँ त्यति अपराध हुँदैन्थ्यो । सन् १९७८ मा अकाली दल र निरंकारी दलको बीचमा तनाव हुँदा किरण बेदीले त्यसलाई नियन्त्रण गर्नका लागि थप सुरक्षा बल पठाउनु भएको थियो ।

प्रथम महिला अधिकारी
किरण बेदी भारतीय पुलिस सेवा (आइपीएस) मा पहिलो महिला अधिकारी हुनुहुन्थ्यो । भारतीय पुलिस सेवामा पुलिस महानिर्देशक (ब्युरो अफ पुलिस रिसर्च एण्ड डेवलपमेन्ट) को पदमा पुग्ने पहिलो महिला किरण बेदी नै हुनुहुन्छ ।

दिल्ली ट्राफिक पुलिस चिफ, नारकोटिक्स कन्ट्रोल ब्युरो, डिप्टी इन्सपेक्टर जनरल अफ पुलिस, मिजोरम, इन्सपेक्टर जनरल अफ प्रिजन, तिहाड, स्पेशल सेक्रेटरी टु लेफ्टीलेन्ट गवर्नर, दिल्ली, इन्सपेक्टर जनरल अफ पुलिस, चण्डीगढ, ज्वाइन्ट कमिशनर अफ पुलिस ट्रेनिङ, स्पेशल कमिशनर अफ पुलिस इन्टलिजेन्स, युएन सिविलियन पुलिस एडवाइजर, महानिर्देशक, होम गार्ड र नागरिक रक्षा, महानिर्देशक, पुलिस अनुसन्धान एवं विकास ब्युरो जस्तो पदमाथि पनि कार्य गरिसक्नु भएको छ ।

किरण डिआइजी, चण्ढीगढ, गभर्नरको सल्लाहकार, नारकोटिक्स कन्ट्रोल ब्युरोमा डिआइजी तथा युनाइटेड नेशन्समा एक असाइनमेन्टमा पनि कार्य गरिसक्नु भएको छ ।


सन् २००७ मा सेवाबाट अवकाश प्राप्त गर्नुभएका किरण बेदी टीभीको लोकप्रिय कार्यक्रम ‘आपकी कचहरी’ को होस्ट गरिसक्नु भएको छ । सन् २०१५ मा दिल्ली विधानसभा चुनावमा किरण बेदील भारतीय जनता पार्टीको तर्फबाट  मुख्यमन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो ।

यद्यपी त्यो चुनावमा भाजपाले तीनबाट सीट मात्र जितेको थियो । किरण बेदी पनि कृष्णनगरबाट आम आदमी पार्टीको एकके बग्गासँग पराजित हुनुभयो । भाजपाले सन् २०१६ मा किरण बेदीलाई पुडुचेरीको राज्यपालमा नियुक्त गरेको थियो । उहाँले दुईटा गैर सरकारी संगठन बनाउनुभएको थियो, एउटा नव ज्योती इण्डिया फाउण्डेशन र अर्को हो इण्डिया विजन फाउण्डेशन । उहाँको नामबाट फिल्म र अन्य वृतचित्रहरु पनि बनेको छ ।

 उहाँको जीवनमा आधारित ‘यस मैडम सर’ फिल्म निर्माणमा भएको छ । जसलाई अस्ट्रेलियाई फिल्म निर्माता मेगन डोनेमनले निर्माण गर्नुभएको छ । यो फिल्मलाई विश्वका धेरैजसो फिल्म महोत्सवमा देखाइएको छ । ‘दि विक’ पत्रिकाले सन् २००२ मा गरेको सर्वेक्षणमा भारतको सबैभन्दा लोकप्रिय महिलाको रूपमा चुनिनु भएको थियो ।

जन्म र शिक्षा
किरण बेदीको जन्म सन् १९४९ जुन ९ मा अमृतसर पञ्जावमा भएको थियो । प्रकाश लाल पेशावरिया र प्रेम लता पेशावरियाका चार छोरीमध्ये दोस्रो नम्बरको छोरी हुनुहुन्छ किरण बेदी । उहाँका तीन बहिनीमध्ये शशी क्यानाडामा बस्नुहुन्छ भने दोस्रो वहिनी डाक्टर हुनुहुन्छ तेस्रो वकिल हुनुहुन्छ ।

 किरण बेदीले सेकेण्ड हार्ट कन्वेट स्कूल, अमृतसरबाट पढाईको शुरुवात गर्नुभएको थियो । विद्यार्थी जीवनमा टेनिस खलाडी हुनुहुन्थ्यो । टेनिसबाट थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्नुभएको थियो । उहाँ अल एसियन टेनिस च्याम्पियनसीप र एशियन लेडिज टाइटल विजेता रही सक्नु भएको छ ।


उहाँ इगंलिसमा बीए हुनुको साथै पोल्टिकल साइन्समा एम र कानुनमा स्नातक गर्नुभएको छ । त्यसका साथै उहाँले आइआइटी दिल्लीबाट डाक्टरेट (पिएचडी) पनि गर्नुभएको छ । सन् १९७२ मा उहाँले व्यपारी वृज बेदीसँग विवाह गर्नुभएको थियो । किरण बेदी र बृज बेदी बीच टेनिस कोर्टमा भेट भएको थियो । त्यही दुवैजना बीच भेटघाट भएपछि प्रेमको शुरुवात भएको थियो । उहाँहरु एउटा मन्दिरमा गएर विवाह गर्नुभएको थियो । किरण र बृज दुवैजना नीजि जीवन भन्दा कर्मक्षेत्रमा विश्वास गर्नुहुन्थ्यो । दुवैजना बीच विवाह भएपनि स्वतन्त्र रुपमा जीवन बिताइरहनु भएको थियो ।

उहाँहरुबाट तीन वर्षपछि छोरी साइना बेदीको जन्म भएको थियो । साइनाको विवाह एकजना पत्रकार रुज बिन एन. भरुचसँग भएको हो । किरण बेदी पुलिसमा भर्ना हुनुभन्दा पहिले प्रध्यापक हुनुहुन्थ्यो । स्रोतका अनुसार उहाँ दुई वर्षका लागी खालसा कलेज फर वोमेन, अमृतसरमा प्रध्यापक हुनुहुन्थ्यो पछि उहाँ भारतीय पुलिस सेवामा भर्ना हुनुभएको थियो ।

इन्दिरा गान्धीको कार
आइपीएस रहेको बेला उहाँले धेरै यस्ता काम गर्नुभएको थियो । जसले गर्दा उहाँको चर्चा अहिलेसम्म पनि भइरहेको छ । उहाँलाई क्रेन बेदी पनि भनिन्छन् । जब सन् १९८१ मा उहाँ दिल्लीमा ट्राफिकमा उच्च पदस्थ अधिकारीमा कार्यरत हुनुहुन्थ्यो, त्यतिबेला महत्वपूर्ण कामहरु गरेर चर्चामा आउनु भएको थियो । सन् १९८२ मा दिल्लीमा एसियन गेम शुरु भएको थियो । देश तथा विदेशबाट खेल हेर्नका लागि मान्छेहरु दिल्ली आइरहेको थियो । त्यसले गर्दा दिल्लीमा ट्राफिकको समस्या भइरहेको थियो । त्यसका लागि किरण बेदी स्वयं आफै गस्तीमा निस्किनु हुन्थ्यो ।

त्यही क्रममा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको कारलाई क्रेनले उठाउन लगाउनु भएको थियो । दिल्लीको कनाँट प्यालेसको सडकमा एउटा कार उभिएको थियो । त्यो गाडीलाई त्यहाँका प्रहरीले हटाउन भन्दा त्यसका ड्राइभरले यो प्रधानमन्त्री इन्दिरा गान्धीको गाडी हो हटाउँदैनौ भनेका थिए । त्यसपछि त्यहाँ खटिएका प्रहरी इन्सपेक्टर निर्मल सिंहले किरण बेदीको निर्देशनमा क्रेन लगाएर गाडी हटाउन लगाउनु भएको थियो । त्यति मात्र होइन, ट्राफिक उल्लघन गरेको भन्दै जरिवाना पनि लगाउनु भएको थियो ।

तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको कारलाई क्रेनले उठाएको घटनाका कारण किरणको बेदीको सरुवा भारतकै गोवामा भएको थियो । त्यतिबेला देखि नै उहाँलाई क्रेन बेदी भन्न थालेको थियो । लापरवाही गर्नेलाई उहाँले मन पराउनु हुन्थेन । उहाँले घोषणा गर्नुभएको थियो कि गलत ठाउँमा गाडी खडा गरे भने त्यसलाई क्रेनले उठाएर लगिने छ र जरिवाना तिर्न लगाउनेछ । चाहे जोसुकैको गाडी किन नहोस् । र, सोही क्रममा उहाँले तत्कालिन प्रधानमन्त्री इन्दिरा गन्धीको गाडी उठाउन लगाउनु भएको थियो ।


सन् २०११ मा किरण बेदीले समाजसेवी अन्ना हजारे र अरविन्द केजरीवालको साथमा इण्डिया अगनेस्ट करप्सनमा पनि काम गर्नुभएको थियो । उहाँ सोही वर्ष लोकपाल आन्दोलनमा भ्रष्टाचारका विरोध गर्ने क्रममा उहाँ आमरन अनसन गर्नुभएको थियो त्यतिबेला उहाँ गिरफ्तारीमा पुर्नभएको थियो । त्यसपछि पनि उहाँले भ्रष्टाचार र अनियमितताको विरोधमा अवाज उठाउँदै आउनु भएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..