» » तपाईको माया र हाम्रो प्रतिवद्धता (प्रकाशकीय)

हेर्दा त हिज्जै जस्तो लाग्छ । तर १० वर्ष बितेको छ । यो १० वर्ष कसरी बित्यो पत्तै भएन । हामी दशवर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेका छौं । २०६५ सालमा एउटा ठूलो उद्देश्य लिएर यो पत्रिका सञ्चालनमा आएको थियो । ठूलो मिडियामा काम गर्ने तीनजना पत्रकारले यो पत्रिकामा लगानी गरी महिलाहरुलाई भूमिकामा राखेर प्रकाशन शुरु गर्नुभएको थियो ।

तर समय वित्दै जाँदा विभिन्न कारण देखाउँदै उहाँ दुईजनाले छाडेर जानुभयो । उहाँहरु दुवैजना पालैपालो छाडेर गएपछि पत्रिकाको हालत निकै खराब भएको थियो । आर्थिक रुपमा पनि र प्रकाशकीय रुपमा पनि । झण्डै पत्रिका बन्द हुने अवस्थामा पुगिसकेको थियो तर यसलाई आफ्नै सन्तान जस्तै स्यहार सुसार गर्दै यहाँसम्म ल्याई पुर्यायौं ।


र, यो सबै पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुको मायाले मात्र सम्भव भयो । यो पत्रिकाको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यो सहारा टाइम्सलाई पाठकको बेजोड सहारा रहेको छ । एकातिर राज्यको नीति र अर्कोतिर आर्थिक तङ्गीका कारण बेला बेला समस्या नभएको होइन तर पाठकको मायाले, उसको सहयोगले निरन्तर प्रकाशन भइरहेको छ ।

र, पाठकको हातहातमा पुगिरहेको छ । सहारा टाइम्सको प्रस्तुती र शैलीप्रति पाठकको सकारात्मक टिप्पणीका कारण नै पत्रिका अहिलेसम्म चलिरहेको छ । र, सायद यस्तै माया रही रहने हो भने निरन्तर यसैगरि चलिरहन्छ भनि हामीले विश्वास दिलाउन चाहन्छौ ।


प्रविधि युगको शुरुवातसँगै अनलाईन पत्रकारितको विकास पनि बेजोड रुपमा अगाडि बढी रहेको छ । प्रिन्ट मिडिया भन्दा अनलाईन मिडियाप्रति पाठकको रुझान बढ्दै गइरहेको पनि देखिन्छ । त्यसले सबै प्रिन्ट मिडियाको विक्रि वितरणमा पक्कै केही न केही असर गरेको छ तर यसको महत्व अझै कम भएको छैन । अहिले पनि पाठकले दिनभरि जति अनलाइन, टीभी हेरेपनि, एफएम सुनेपनि विहान पढ्ने पत्रिका नै हो । ९५ जनामा ५ जनाले पत्रिका किन्न छाडेका होलान् तर पत्रिकाको महत्व कम भएको छैन भनि विक्रि वितरण र पाठकको मायाले पुष्टि हुन्छ ।

अन्ततः दीर्घकालिन रुपमा पाठकको लागि सूचनाको स्रोत पत्रिका मात्र हुने निश्चित छ ।


यद्यपी सहारा टाइम्सले पनि पाठकको रुचीलाई ध्यानमा राख्दै अनलाइन सञ्चालनमा ल्याएको छ । धधध।भकबजबचबतष्mभक।अयm मा लगअन गरेपछि सहारा टाइम्स पत्रिका पनि पढ्न पाइन्छ । र, दैनिक रुपमा हुने घटनाहरुको जानकारी पनि लिन पाइन्छ । तर हामीले तपाईहरुलाई जानकारी गराउँ हाम्रो प्राथमिकता अनलाइन भन्दा पनि पत्रिकामा नै रहेको छ ।

११ वर्षदेखि निरन्तर जुन रुपमा प्रकाशित हुँदै आइरहेको थियो, त्यही रुपमा प्रकाशित गर्ने हाम्रो प्रतिवद्धता छदैछ । यद्यपी समय सन्दर्भ र परिवर्तित अवस्थाका आधारमा विगतभन्दा पनि राम्रो बनाउने हाम्रो प्रयास हुनेछ । त्यसका लागि तपाईहरुको सल्लाह सुझावको अपेक्षा हामीले गरेका छौं । यतिका दिनसम्म हामीलाई माया गर्दिनुभयो । यहाँसम्म आउनमा सहयोग गर्नुभयो त्यसका लागि पाठक, विज्ञापनदाता, शुभचिन्तक, सहायोग र सहारा टाइम्सका सम्पूर्ण कर्मचारीलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।   

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..