» » झापमा मकै जोन

धान सुपर जोनको रुपमा परिचित झापामा नयाँ कृषि कार्यक्रमको रुपमा मकै जोन थप हुने भएको छ । निश्चित क्षेत्र छनौट गरेर मकै खेतीको विस्तार र प्रवद्धर्नमा सहयोग पु¥याउने उद्देश्यले साउनदेखि नै लागु हुने गरी जिल्लामा मकै जोनको कार्यक्रम आएको बताइएको छ । यसको रेखदेख र कार्यक्रम कार्यन्वयन सुपरजोन कार्यन्वयन इकाई झापाले गर्ने बताइएको छ ।

जिल्लामा यसभन्दा अघि धान सुपरजोन, सुपारी र रबरको जोन कार्यक्रम सञ्चालन हुँदै आएको थियो । मकै जोन क्षेत्र झापाका कन्काई नगरपालिका र झापा गाउँपालिकामा सुरु हुने यसभन्दा अघि बताइँदै आएको थियो । सुपरजोन कार्यन्वयन इकाई झापाका प्रमुख रबिन्द्र सुबेदीका अनुसार मकै बढि उत्पादन हुने क्षेत्र छनौट गरिने र अहिले तत्कालै यो लागु हुने भन्ने टुंगो लागेको छैन ।

गौरादह नगरपालिकामा स्थानीय साना किसान सहकारी संस्थाको पहलमा सरकारको अनुदानमा मकैको चिउरा बनाउने उद्योग सञ्चालनको अन्तिम तयारी भइरहँदा जिल्लामा मकै जोन कार्यक्रम लागु हुन लागेपछि किसान पनि उत्साहित भएको बताइन्छ । सहकारी संस्थाका अध्यक्ष मीना ढकालका अनुसार सरकारले एक करोड ५० लाख रुपियाँ अनुदान उपलब्ध गराएको छ ।

आफूहरुले यो उद्योग सञ्चालनमा सहयोग पु¥याउन र मकैको कमी हुन नदिन यस क्षेत्रमा मकै खेती विस्तारको लागि सरकारसंग माग गरेको समेत जानकारी दिनु भयो । हामीले बिभिन्न प्रजातीका मकैका बीउ समेत यहाँ उत्पादन गरेका छौँ र मकै खेती विस्तारका लागि प्रयास गरिरहेका छौ, उहाँले भन्नुभयो । मकै जोन यहाँ बनाउन सके त्यो उपयुक्त हुनेथियो, उहाँको जोड छ ।

संस्थाको समेत लागत सहभागितामा पाँच करोड रुपैयाँको लागतमा मकैको चिउरा बनाउने मिल यसै बर्ष सञ्चालनमा आउने छ । हामीले बिगतमा व्यावसायिक रुपमा मकै खेती गर्दा नबिकेर कुहिने अवस्थासमेत आएको थियो, अब त्यो अवस्था आउने छैन भन्ने विश्वासमा रहेका छौ, ढकालले भन्नुभयो । जिल्लामा मकै जोनको कार्यक्रम आउनु सुखद भएको बताउँदै किसान मैत्री हुनुपर्नेमा उहाँको जोड छ ।


नेपालको पहिलो कृषि पर्यटकीय क्षेत्रको रुपमा रहेको गौरादहको नमुना एकिकृत सहकारी खेतीसँगै रहेको चिउरा मिलमा अहिले मेसिन जोड्ने तयारी भएको छ । अबको चार महिनाभित्रमा उद्योग सञ्चालनमा आउने र त्यसपछि यहाँ उत्पादन भएको मकैको चिउरा प्रदेशभरी पु¥याउने लक्ष्य रहेको पनि ढकालले जनाउनु भयो । मकैको सुपर जोन दाङ्गमा रहेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..