» » विश्व सञ्चार परिषद्को नेपाल च्याप्टर गठन

काठमाडौं भदौ २१ गते । विश्व सञ्चार परिषद (World Communicators’ Council-WCC)  नेपाल च्याप्टरको शनिवार औपचारिक घोषणा गरिएको छ । काठमाण्डौंमा आयोजित एक समारोहका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिषदको  नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै शुभारम्भ भएको घोषण गर्नुभएको हो ।
सो अवसरमा मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रता कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउन भयो । उहाँले मुलुकको विकासका लागि मिडियाले जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको सहभागितामा गठित परिषद्को नेपाल च्याप्टरको १९ सदस्यीय कार्य समितिको अध्यक्षमा लक्ष्मणदत्त पन्त रहनुभएको छ । यसैगरि उपाध्यक्षमा कपिल काफ्ले, सचिवमा उमेश पोखरेल, सह सचिवमा सुरेश कुमार यादव र कोषध्याक्षमा आरती शिल्पकार रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा यम बहादुर दुरा, डां अभयराज घिमिरे, अमरध्वज लामा, अनिता विन्दु, तुला अधिकारी, जें बि विश्वकर्मा, सुमन गिरी, कृति भुजु, जगदिश्वर पाण्डे, राधा खनाल, श्रीकृष्ण धिमाल, दीर्घराज उपाध्याय र चन्द्रशेखर कार्की रहनुभएको छ ।

विश्व सञ्चार परिषद नेपाल च्याप्टरका कार्यसमितिलाई पब्लिक रिलेशन काउन्सिल अफ ईन्डिया, कलकत्ता च्याप्टरका अध्यक्ष विश्वजित दासले समितिका सदस्यलाई सपथ ग्रहण गराउनुभयो । सो क्रममा समितिका सदस्यहरुले सुदृढ र सक्षम समुदायको लागि सञ्चार तथा पत्रकारिता जगतबाट प्राज्ञिक योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

सोहि अवसरमा दक्षिण एशियामा सम्पादकीय स्वतन्त्रताको अवस्था र संचारमा समावेशिताका मुद्दाका विषयमा छलफल भएको थियो ।

सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पीं खरेल, नेपाल समचारपत्रका सम्पादक कपिल काफ्ले, द राईजिङ्ग नेपालका सम्पादक जगदिश पोखरेल, द हिमालयन टाईम्सका सम्पादक प्रकाश रिमाल, गोरखापत्र दैनिकका हरिकला अधिकारी, बाह«खरी डटकमका सम्पादक प्रतीक प्रधान, आलाईनखबरका सम्पादक अरुण बराल, थाहखबर डटकमका सम्पादक, तीर्थ कोईराला, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झा लगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

 उहाँहरुले दक्षिण एशियाको संचारमाध्यमको सम्पादकीय स्वतन्त्रता राज्यको राजनीतिक, आर्थिक, सामाजिक वातावरणले प्रत्यक्ष र परोक्ष असर राख्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चारमा समावेशीताका मुद्दामा प्राध्यापक रामकृष्ण रेग्मीले, डा सुरेश आचार्य, उज्यालो नेटवर्कका निर्देशक मन्टेश्वरी राजभण्डारी लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विश्व सन्चार परिषदको भारत र बंगंलादेशका सञ्चार विज्ञको  उपस्थिती रहेको  थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..