साउन ४ (सन् २०१९ जुलाई २०) गते शनिवार भारतीय काँग्रेसका वरिष्ठ नेतृ शीला दीक्षितको निधन भयो । ८१ वर्षीय शीलाले दिल्लीको एउटा अस्पतालमा अन्तिम साँस लिनुभयो । उहाँ केही दिनदेखि विरामी हुनुहुन्थ्यो । शीला दीक्षित तीनपटक दिल्लीको मुख्यमन्त्री बनिसक्नु भएको थियो । यसरी हेर्दा यो राज्यको सबभन्दा लामो समयसम्म राज्य गर्ने महिलामा पर्नुहुन्छ । गत जनवरीमा उहाँलाई काँग्रेसले प्रदेशको अध्यक्ष पनि बनाएको थियो । उहाँलाई भारतीय काँग्रेसमा सम्मानको नजरले हेर्ने गथ्र्यो ।
शीला दीक्षितले राजनीतिमा पाइला चाल्नुको रोचक कथा छ । पञ्जावको कपूरथलामा ३१ मार्च १९३८ मा जन्मनु भएका शीलाको पढाई लेखाई दिल्लीमा भएको थियो । उहाँको बुवा दिल्लीकै हुनुहुन्थ्यो भने आमा पञ्जाव कपूरथलाको । जन्मेपछि उहाँ दिल्ली आउनु भयो र दिल्लीको निजामुद्दीन क्षेत्रमा रहन थाल्नुभएको थियो । उहाँले आफ्नो पढाईको आरम्भ त्यहाँको प्रतिष्ठित स्कूल जीएस एण्ड मैरी कान्वेटमा गर्नुभयो । र, त्यसपछि दिल्ली विश्वविद्यालयको मिराडा हाउसबाट इतिहासमा स्नातकोत्तर गर्नुभयो ।
एउटा गैरराजनीतिक परिवारबाट आउनु भएका शीला दीक्षितको विवाह त्यो बेलाका काँग्रेसका ठूला नेता रहनु भएका उमाशंकर दीक्षितका छोरा विनोद दीक्षितसँग भयो । दुईजनाको चिनजान कलेज पढ्दाको अवस्थामा भएको थियो । विनोद दीक्षित भारतीय प्रशासनिक सेवाको अधिकारी हुनुहुन्थ्यो । त्यहीबाट शीला दीक्षितको जीवनमा विस्तारै विस्तारै राजनीतिले ठाउँ बनाउन शुरु गरेको थियो ।
उमाशंकर दीक्षितलाई जवाहरलाल नेहरुको नजिकी मानिन्थ्यो । पछि इन्दिरी गाँधीले पनि विश्वास गरेको थियो । उमाशंकर देशको पहिलो गृहमन्त्री बन्नुको साथै पछि कर्नाटक र पश्चिम बंगालको राज्यपाल पनि बन्नुभयो । जब शीला दीक्षित कलेजमा अध्ययन गर्दै हुनुहुन्थ्यो, त्यतिबेला भारत सेवक समाजद्धारा आफ्नो क्षेत्रमा गर्ने हरेक श्रमदान लगायतका कार्यमा उहाँ संलग्न हुनुहुन्थ्यो ।
उहाँले केटी विद्यार्थीका लागि छुट्टै होस्टेलको व्यवस्था गर्नुपर्ने अभियानमा पनि लाग्नुभएको थियो । विहेपछि उहाँले आफ्नो ससुराको राजनीतिक कार्यमा सहयोग पुर्याउन थाल्नुभएको थियो । उहाँले आफ्ना ससुरा उमाशंकरको फोन रिसिभ गर्नुहुन्थ्यो । उहाँको लागि नोट तयार गर्नुहुन्थ्यो र उहाँको स्वास्थ्यको हेरचाह पनि गर्नुहुन्थ्यो । पछि काँग्रेसका ठूलाठूला नेताहरुले शीलालाई जान्न थाले । उहाँसँग सम्पर्क बढाउन थाले ।
त्यसबीचमा सन् १९८४ मा जब आम चुनाव हुनुथियो तो त्यहीबेला एकदिन राजीव् गाँधीले शीला दीक्षितलाई यो सन्देश पठाउनु भयो कि उत्तर प्रदेशको कुनै लोकसभा सीटबाट चुनाव लड्नु पर्यो । शुरुमा शीला दीक्षित हिचकिचाउनु भयो । पछि चुनावका लागि तयार हुनुभयो । उहाँका ससुर र श्रीमानले समेत यो अवसरलाई हातबाट जानु दिनु हुँदैन, तिम्रो लागि यो ठूलो अवसर हो ।
त्यसपछि चुनावका लागि तयार हुनुभएका शीला दीक्षितका लािग उत्तर प्रदेशको कन्नौज क्षेत्र छनौट भयो । शीला दीक्षितका लागि राजनीतिकको शुरुवात त्यहीबाट भएको हो ।
त्यतिबेला इन्दिरा गाँधीको हत्यापछि काँग्रेसमा सहानुभूतीको भोटको लहर नै चलेको थियो । र, सोही लहरमा दीक्षित पनि चुनाव जित्नुभयो । उहाँ चुनाव मात्र जित्नु भएन, केन्द्रीय मन्त्री पनि बन्नुभयो । सन् १९८९ पनि त्यहीबाट चुनाव लड्नु भयो तर उहाँ त्यतिबेला हार्नुभयो ।
कन्नौजबाट चुनाव हारेपछि उहाँ दिल्लीमा सिमित हुनुभयो । सन् १९९१ मा शीला दीक्षितका ससुर उमाशंकर रहनु भएन र राजिव गाँधीको पनि हत्या भयो । त्यसपछि त शीला दीक्षितका लागि अगामी यात्रा मुस्किल नजर आइरहेको थियो । यद्यपी उहाँको सम्बन्ध सोनियाँ गाँधीसँग पनि राम्रै थियो । सोनिया गाँधीले भनेकै आधारमा उहाँ इन्दिार गाँधी मेमोरियल ट्रस्टको सचिव बन्नुभयो । पछि जब १९९७ मा सोनिया गाँधी काँग्रेसमा सक्रिय हुनुभयो, त्यसपछि शीला दीक्षितको पनि सक्रियता बढ्न थाल्यो ।
सन् १९९८ मा पूर्वी दिल्लीबाट शीला दीक्षितलाई लोकसभाको टिकट दियो । त्यो चुनावमा उहाँ हार्नुभयो । भारतीय जनता पार्टीका लाल विहारी तिवारीबाट उहाँले ४५ हजार भन्दा बढी भोटबाट पराजित हुनुभयो ।
त्यसपछि पनि सोनिया गाँधीले शीला दीक्षितमाथी आफ्नो विश्वास कायम राख्नुभयो र उहाँलाई दिल्ली प्रदेशको अध्यक्ष बनाई दिनुभयो । त्यसपछि सन् १९९८ मा दिल्ली विधानसभा चुनाव उहाँकै नेतृत्वमा लड्यो । त्यो बेला दिल्लीमा प्याज र आलुकोे मल्यू वृद्धिले आकाश छोएको थियो ।
नतिजा यो भयो कि राज्यको मुख्यमन्त्री बनाइएको सुषमा स्वराजको नेतृत्वमा त्यहाँ भाजपाले चुनाव हार्यो र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बन्नुभयो । त्यसपछि उहाँ सन् २००३ र २००८ को चुनाव पनि जित्नुभयो र मुख्यमन्त्री बन्नुभयो ।
दिल्लीको मुख्यमन्त्रीको रुपमा शीला दीक्षितले दिल्लीमा गर्नुभएको कामको बारेमा मान्छेले सम्झने गर्छन् । उहाँले दिल्लीको सार्वजनिक यतायातको सीएनजी आधारित बनाउनुको साथै यहाँका अकाशे पुलको निर्माणको श्रेय उहाँलाई नै जान्छ । तर उहाँको कार्यकालामा राष्ट्रमण्डल खेलको आयोजनामा गडबडी हुनुको साथै विभिन्न भ्रष्टाचारका कुराहरु बाहिर आएको थियो ।
पहिलो पटक मुख्यमन्त्र बनेपछि शीला दीक्षितले यो सुनिश्चित गर्नुभयो कि दिल्ली प्रदेश काँग्रेसमा उहाँको बराबरी कोही पनि नहोस् । त्यहाँ जजसले उहाँको विरुद्धमा अवाज उठाउनुभयो । त्यसमा हरेक व्यक्तिको साइड लगाउँदै जानु भयो । चाहे त्यो जगदीश टाइटलर होस् या सज्जन कुमार किन नहोस् । एचकेएल भगत र रामबाबु शर्मा पनि दिल्लीका ठूला नेतामध्येका हुनुहुन्थ्यो तर जब शीलाको विरुद्धमा अवाज उठाउनुभयो अनि उहाँहरुलाई पनि साइड लगाउने काम भयो ।
शीला दीक्षित यस्तो गर्नमा किन कामयाब हुनुभयो भने उहाँलाई तत्कालिन काँग्रेस अध्यक्ष सोनिया गाँधीको साथ थियो । सन् १९८९ मा कन्नौजबाट चुनाव हारेपछि उहाँको राजनीति लगभग अन्त्य भएको मानिएको थियो । त्यसपछि उहाँले सोनिया गाँधीसँग आफ्नो सम्बन्धलाई विस्तार गर्न तिर लाग्नुभयो । र आफूलाई राजनीतिमा जवर्जस्त रुपमा उपस्थित गराउनुभयो ।
आफ्नो मृत्युसम्म ती व्यक्तिमध्येमा पर्नुहुन्थ्यो जो सोनिया गाँधीसँग सिधै सम्पर्क गर्न सक्नुहुन्थ्यो । त्यही कारण हो कि डुब्दै गरेको दिल्लीलाई पार लगाउने जिम्मेवारी पुनः शीला दीक्षितलाई दिनुभएको थियो । र, संयोग काँग्रेसलाई पार लगाउन त सक्नु भएन, भाजपाका मनोज तिवारीबाट चुनाव हार्नुभएको थियो ।
शीलाको लभ स्टोरी
दिल्ली विश्व विद्यालयमा प्राचीन इतिहासको पढाई गर्नेबेला शीलाको भेट विनोद दीक्षितसँग भएको थियो । विनोद काँग्रेसका वरिष्ट नेता उमाशंकर दीक्षितका एक्लो छोरा हुनुहुनुन्थ्यो । शीलाले आफ्नो लभ स्टोरीको बारेमा आफ्नो आत्मकथा सिटीजन दिल्लीः माइ टाइम्स, माइ लाइफमा भन्नुभएको छ । विनोद आफ्नो साथीहरुको बीचमा राम्रो क्रिकेटर हुनुहुन्थ्यो ।
कलेजमै पढ्ने एउटा साथीको प्रेमको लफडा सुल्झाउनका लागि शीला र विनोद अघि सर्नु भएको थियो तर उहाँहरुको प्रेम सुल्झाउदै सुल्झाउदै दुवैजना नजिक हुनुभयो । शुरुको दिनमा शीलालाई विनोद राम्रो लाग्न थालेको थियो किनभने विनोमदमा अलिअलि अक्खडपन थियो । त्यही विनोद शीलाको नजिक आउनका लागि कुनै मौका बाँकी राख्नुहुन्थेन । विनोदको कोशिश हुन्थ्यो कि हरहमेश शिलाको साथ रहुँ ।
त्यसका लागि दुवैजना डीटीसीको १० नम्बर बसबाट घर आउने जाने गर्नुहुन्थ्यो । विनोद प्रायः शीलाको साथमा बसबाट फिरोज शाह रोड जानु हुन्थ्यो ताकि उहाँसँग धेरैभन्दा धेरै समय विताउन सकियोस् । शीला र विनोदबीच मित्रता झाँगिदै गयो । अचानक एकदिन बसमा यात्रा गर्ने क्रममा चाँदनी चौकको सामुने विनोदले शीलालाई यस्तो तरिकाले प्रेम प्रस्ताव गर्नुभयो, ‘म आमासँग भन्न जाँदैछु कि मलाई त्यो केटी भेटिसक्यो जोसँग विहे गर्नुछ ।’
त्यसको जवाफमा शीलाले भन्नुभयो, के तपाईले त्यो केटीसँग त्यस विषयमा कुरा गर्नुभयो ? अनि विनोदले जवाफ दिनुभयो, होइन, तर त्यो केटी यो बेला मेरो छेउमै बस्नु भएको छ ।’ पछि शीला दीक्षितले भन्नुभएको छ कि विनोदको त्यो कुरा सुनेर आश्चर्यमा परे ।
त्यो बेला शीलाले केही बोल्नु भएन । तर आएर खुशीले निकै नाच्नुभयो । उहाँले भन्नुभयो, त्यो बेला यो बारेमा मैले आफ्नो आमाबुबालाई केही बताइनन् । किनभने मलाई अवश्य सोध्नु हुन्थ्यो कि केटाले के गर्छन् ? म के भन्थे कि विनोद अहिले अध्ययन नै गरिरहेका छन् ?’
शिलाले आफ्नो लभ स्टोरीमा लेख्नुभएको छ, एकदिन लखनउबाट अलगढ आउनेबेला विनोदको ट्रेन छुट्यो । र उहाँले मलाई आग्रह गर्नुभयो कि ड्राइभ गरेर कानपुरसम्म पुर्याई दियोस् ताकि त्यहाँबाट आफ्नो ट्रेन चढ्न पाइयोस् । म राती भारी वर्षाको बीचमा विनोदलाई आफ्नो कारमा बसाएर ८० किलोमिटर टाढा कानपुर पुर्याएका थिए । विनोदले त्यहाँ अलिगढको टे«न चढ्नु भएको थियो ।
जब म रेल्वे स्टेशनभन्दा बाहिर आए अनि मलाई कानपुरको सडकमा बाटो थाह पाइरहेका थिइनन् । त्यो रातीको डेढ बजेको थियो ।’ शीलाले केही व्यक्तिसँग लखनउ जानका लागि बाटो सोध्नुभएको थियो त्यहीबेला सडकमा उभिएका केही अल्लारे केटाहरुले किशोर कुमारको चर्चित गीत गाउन थाल्यो, एक लडकी भीगी भीगी सी.....’
त्यतिबेला नै त्यहाँ एकजना प्रहरी आए । त्यो प्रहरीको सहयोगमा शीला प्रहरी चौकी जानुभयो र त्यहाँबाट एकजना परिचित एसपीलाई फोन गर्नुभयो । र त्यो एसपीले दुईजना प्रहरी शीलाको साथमा लगाई दिनुभयो । ती दुई प्रहरी कारको पछाडी सीटमा बस्नुभयो र शीला स्वयं ड्राइभिङ्ग गर्नुभयो ।
विहान ५ वजे लखनउ पुग्नुभयो । यो घटनाबाट थाह हुन्छ कि शीला कति साहसिक केटी हुनुहुन्थ्यो । यद्यपी दुई वर्षपछि उहाँ दुईजनाको बीचमा विहे नै भयो । शुरुमा विनोदको परिवारमा यसको विरोध भयो किनभने शीला ब्राहमण हुनुहुन्थेन । विनोदले आइएएसका परीक्षा दिनुभएको थियो र देशभरमा नवौस्थान ल्याउनुभएको थियो । उहाँलाई उत्तर प्रदेशका काडर प्राप्त भएको थियो ।
विहेपछि ससुर उमाशंकरसँग राजनीतिक दीक्षा लिनुभयो । राजनीतिकमा अगाडि बढ्दै जानुभयो । शीला दीक्षितका श्रीमान विनोदको निधन ट्रेनमा भएको थियो । ट्रेनको बाथरुममा हर्टएट्याक हुँदा, उहाँको निधन भएको थियो । विनोदको निधनपछि उहाँले आफ्ना एउटा छोरा र अर्को छोरीको लालन पालन समेत गर्दै राजनीतिक यात्रा तय गर्नुभएको थियो । उहाँका छोरा संदिप दीक्षित जो पूर्व सांसद पनि छोरी लतिका दीक्षित हुनुहुन्छ ।
बलात्कार घटना
शीला दीक्षित अस्वस्थ्य भइरहने कारणले सात वर्ष पहिले नै उहाँका परिवारले राजनीतिबाट सन्याश लिन आग्रह गरिएको थियो । उहाँले परस्थिति हेर्दा मन पनि बनाई सक्नुभएको थियो । उहाँको मुटुमा पहिलादेखि नै समस्या थियो । डाक्टरले पनि उहाँलाई पटक पटक अरामका लागि आग्रह गर्दै आउनु भएको थियो तर उहाको मन नै मानिरहेको थिएन ।
दीक्षितले आफ्नो पुस्तकमा लेख्नुभएको छ,–मेरो परिवराले मलाई भन्नुभएको थियो मैले आफ्नो स्वास्थ्यको चिन्तालाई अन्य चिजभन्दा माथि राख्नु पर्यो । मेरो राजिनामाको लगभग तय भइसकेको थियो । त्यसबाहेक विधानसभामा चुनावको एकवर्ष समय बाँकी थियो र पार्टीलाई विकल्प खोज्ने पर्याप्त समय थियो ।’
तर शीलाको स्वास्थ्यमा जसरी सुधार भयो, अनि उहाँले राजिनामा दिने निर्णयबाट पछि हट्नुभयो । त्यतिबेला नै २०१२ दिसम्बर १६ मा चलिरहेको बसमा एकजना युवतीको सामूहिक बलात्कार भयो । मिडियाले त्यो युवतीको नाम निर्भया राख्यो ।
शीला लेख्नुहुन्छ, निर्भया घटनापछि म निकै दुविधामा थिए । मेरो परिवार जसले मलाई त्यो समय अप्ठ्यारोमा देखि रहेको थियो, मलाई पदबाट राजिनामा दिन सुझाव दिँदै आइरहेको थियो ।
तर मलाई लाग्यो कि यस अवस्थामा मैले राजिनामा दिएर भाग्यो भने अरुले मैदान छाडेर भागेको आरोप लगाउन सक्छ । र केन्द्रले पनि चाहदैन्थ्यो कि त्यसको आरोप पार्टीमाथि लागोस् । मलाई थाह थियो कि हाम्रो सरकारमाथि विपक्षीबाट आरोप लगाउन सक्छ त्यसैले मैले निर्णय लिए कि त्यसको सामना गर्नुपर्छ । कसैलाई नकसैलाई आरोप स्वीकार गर्नुथियो ।’
त्यो बलात्कार घटनाबाट दीक्षित निकै दुखी हुनुहुन्थ्यो । उहाँले लेख्नुभएको छ,‘मैले तत्काल दिल्ली सरकार र प्रहरीका वरिष्ठ अधिकारिलाई बुलाए ताकि स्थतिको आकलन गर्न सकुँ ।’ शीलाले जनताको पीडामा साथ दिनका लागि उहाँ जनतर मन्तर पनि जानुभयो, जहाँ जनताको निकै ठूलो भिड थियो ।
दिल्ली सरकारमाथि आक्रोश पनि थियो । उहाँले लेख्नुभएको छ, ‘जब म जन्तर मन्तर पुगे अनि मैले आफ्नो उपस्थितिको विरुद्धमा केही विरोध भइरहेको महसुस गरे तर जब मैले निर्भयाका लागि मैनबत्ती जलाए अनि कसैले मेरो विरोधमा बोलेनन् ।

No comments: