» » राजपा नेपालले बोलायो बैठक, पार्टी हित विपरित बोल्नेलाई कारवाही गर्ने

काठमाडौ भदौं ११ गते । शुक्रवारदेखि बस्न लागेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठकको तयारी पुरा भएको छ ।

राजनीति समितिमा २७ जना रहेका छन्, सबैजनालाई खबर गइसकेको पार्टीका महासचिव विनोद सिंहले बताउनुभयो । उहाँले पार्टी एकीकरण, महाधिवेशन, सांगठन विस्तार तथा आगामी कार्यदिशको विषयमा छलफल गर्नका लागि बैठक बोलाएको बताउनुभयो ।

समाजवादी पार्टीसँग राजपा नेपालको एकीकरण विषयमा पार्टी भित्र र बाहिर अन्योल भएको भन्दै राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले पार्टीमा आधिकारीक निर्णय गर्नका लागि राजनीतिक समितिको बैठक बोलाउनु भएको हो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य एवं वार्ता समितिका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग वार्ताका लागि निरन्तर छलफल गरिरहनु भएको छ तर त्यसको बारेमा पार्टीमा कुनै जानकारी नरहेको गनुासो भइरहेको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले एकीकरणको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो । बाहिर हल्ला मात्र सुनेको छु तर त्यसको बारेमा पार्टीभित्र कुनै जानकारी छैन, उहाँले भन्नुभयो, राजेन्द्रजीले छलफल गरिरहनु भएको छ, आफूले सञ्चारमाध्यमबाट जानकारी प्राप्त गरेको तर पार्टीमा त्यसको कुनै छलफल छैन ।’

केशव झालाई कारवाही
पार्टीको हितविपरित अभिव्यक्ति दिनुभएका राजपा नेपालका महासचिव केशव झालाई कारवाही गर्ने भनेको छ । अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएकोमा महासचिव झाले त्यसको विरोध गर्नुभएको छ ।

उहाँले पार्टीमा कुनै छलफल नै नगरिकन अध्यक्षमण्डलका संयोजक यादवले बैठक बोलाउनु भएको छ त्यो पार्टीको नीति विपरित रहेको अभिव्यक्ति दिनुभएको छ । अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले केशव झाको नाम नलिई पार्टीको हितविपरित बोल्ने जो कोहीलाई पार्टीले कारवाही गर्ने बताउनुभयो ।

बैठक बोलाउने जिम्मेवारी अध्यक्षमण्डलको हो, आवश्यकता परेमा बैठक बोलाउन सक्छ तर बैठक बस्दै नबसी त्यसको विरोध गर्नु गैर जिम्मेवारी कार्य भएको र यसको बारेमा पार्टी सोच्न बाध्य हुने बताउनुभयो ।

शुक्रवारदेखि हुन लागेको राजनितिक समितीको बैठक राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहहरुसँग सल्लाह गरेर बोलाएको दावी गर्दै पार्टीका सचिव संजय यादवले भन्नुभयो, यो पार्टीमा एकाइस जना महासचिव र एकसय तेतीस जना पदाधिकारी रहेका छन् तर कुनै एकजना व्यक्ति विशेषले बाह्य पार्टीको इशारामा प्रायोजित ढङ्गले राजपाभित्र खैलाबैला मच्चाउन खोजि रहेको छ र यो पार्टी हित विपरित रहेको छ ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..