» » रअ प्रमुखले बालुवाटारमा यसरी बिताउनु भयो चारघण्टा

साउन ४ गतेदेखि ६ गतेसम्म नेपालमा रहेर प्रधानमन्त्रीदेखि लिएर सुरक्षा प्रमुखसम्मलाई भारतीय जासुसी संस्था रिसर्च एण्ड एनलाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलले भेटेपछि नेपालको राजनीतिमा तरङ्ग पैदा भएको छ । सरकारको समिकरण परिवर्तन गर्ने चर्चा चलिरहेको बेला रअ को प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्रीदेखि लिएर सुरक्षा निकायका प्रमुखहरुलाई भेटेपछि भारतले नेपाललाई रअको आँखाले हेरिरहेको पुष्टि हुन्छ ।


भारतको विरोध गरेर दुई तिहाईको बलियो शक्ति निर्माण गर्न सक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारमा परिवर्तन आएको छ । नभए एक वर्ष पहिलाको अवस्था रहेको बेला रअ का प्रमुख यसरी आएर खुलम खुल्ला भेट्न सकिदैन्थ्यो होला । २०७४ फागुन ३ गते प्रधानमन्त्री पदमा शपथ खाएपछि उहाँमा जुन रुतवा (जुनुन) थियो, त्यो हालसम्म कायम रहेको भए । रअ प्रमुख गोयल यसरी साइनर बजाएर प्रधानमन्त्रीको हेडक्वाटरसम्म पुग्ने थिएनन् । प्रधानमन्त्री अ‍ोलीले अहिले भारतलाई हेर्ने दृष्टि र नीतिमा परिवर्तन गर्नुभएको छ । 


सीमा र एयरपोर्टमा चासो
साउन ४ गते नेपाल आउनु भएका गोयलले सोही दिन साँझ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभयो । राती साढे नौवजेदेखि १ वजेसम्म भेटघाट गर्नुभयो । पहिला समूहमा त्यसपछि एक्ला एक्लै भएको सो भेटघाटमा अपसी सम्बन्ध र अन्य देशसँग नेपालको सम्बन्धको बारेमा छलफल भएको बालुवटार स्रोतले जनाएको छ ।


प्रधानमन्त्री अ‍ोलीसँग शानिवार राती १ वजेसम्म भएको भेटघाटमा चीन, पाकिस्तान र सार्कको विषयमा छलफल भएको बताइए पनि रअ प्रमुख गोयलको मुख्य कुरा एयरपोर्टको सुरक्षा र नेपाल–भारतबीच रहेको सीमालाई सुरक्षामा विशेष चासो थियो ।

नेपालले यो दुईटा क्षेत्रमा ध्यान नदिएको कारण भारतमाथि सुरक्षा थ्रेट बढ्दै गइरहेको रअ प्रमुख गोयलको चासो थियो । पाकिस्तान लगायत अन्य देशबाट हवाई रुट हुँदै नेपाल आउँछन् र हिडेर बोर्डर कट्छ । पहिला पहिला त पाकिस्तानीहरु भारत बोर्डर असानीले क्रश गर्थे तर अहिले चिनियाँहरु पनि छिर्न थालेका छन् ।


अनुहार हेर्दा हिमाली क्षेत्रका जस्तो देखिने चाइनिजहरु पनि बोर्डर कटेका छन् । चुनौती बढ्दै गएपछि विशेष रुपमा रअ कै प्रमुख आएर त्यसको विषयमा छलफल गेरर फर्कि सक्नु भएको छ । पछिल्लो समय भारत नेपालको कुटनीतिक मामलामा कमजोर हुँदै गएको महसुस गर्दै भारतले नेपालतिर विशेष ध्यान दिएको छ । भारतीय सरकारले नियुक्त गर्ने वित्तिकै गोयललाई पहिला नेपाल पठाएको छ ।


गोयल असार २६ गते रअ को प्रमुखमा नियुक्त हुनुभएको छ । भारतीय समाचार स्रोत अनुसार गोयल नियुक्त हुने वित्तिकै पहिलो भ्रमण नेपाल नै हो । यो भ्रमणको उद्देश्य नै नेपाल–भारतबीच नयाँ ढंगबाट सम्बन्धलाई बलियो बनाउनु नै हो । केही मिसअण्डरस्ट्ण्डिङ्का कारण नेपाल–भारतबीचको सम्बन्ध विग्रको थियो जुन हालसम्म पूर्ण रुपमा सुध्रिएको छैन । एक अर्का देशलाई अझै पनि शंकाको दृष्टिले हेर्ने गरेका छन् ।

भ्रमण स्थगित
पछिल्लो समय भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने कुरा थियो । तर हाललाई ती सबै भ्रमणलाई स्थगित स्थगित भएको छ । भारतका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्रीको नेपाल भ्रमण गराउने तयारी भइरहेको थियो तर त्यसमध्ये विदेश मन्त्री एस.जयशंकर नेपाल आउेन लगभग पक्का भएको छ ।

सामन्त गोयर नेपालको भ्रमण गरेर भारत फर्केपछि विदेशमन्त्री एस.जयशंकर नेपाल आउन तयार भए । यहाँसम्म कि दुई महिनादेखि प्रतिक्षामा बस्नुभएका भारतका लागि नेपाली राजदूत निलम्बन आचार्यले पनि एस.जयशंकरले प्रतिक्षमा हुनुहुन्थ्यो ।

 रअ प्रमुख गोयल साउन ७ गते दिल्ली फर्केका छन् र आचार्यले विदेश मन्त्री एस जयकंशरसँग १० गते भेट्ने मौका पाउनुभयो । प्रधानमन्त्री राष्ट्रपति आउने कुरा थियो तर नेपालको सुरक्षा व्यवस्था कडा नभएको भ्रमण स्थगित भएको हो । नेपालमा भारतप्रतिको माहोला राम्रो नरहेको कारण सबै भ्रमण हाललाई स्थगित भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

नेपालमा भारतप्रतिको माहोला किन बिग्रेको छ, यहाँ भारत विरोधी गतिविधि किन हुन्छ भनि जान्ने उद्देश्यका साथ पनि उहाँ नेपाल भ्रमणमा आउनु भएको जानकारहरु बताउनुहुन्छ ।


रअ प्रमुख गोयलको अर्को चासोको विषय चीन र पाकिस्तान थियो । नेपालमा चीनको लगानी र नेपालसँग जोडिएको भारतको सीमासम्म चीनको गतिविधि हुनु मुख्य चासो थियो उहाँको । यसमा नेपाल सरकार किन संवदनशिल नदेखिएको भनि गोयलले प्रधामन्त्री अ‍ोलीसँग जिज्ञासा राख्नुभएको थियो ।

गोयलको टीमले सार्कको विषयलाई पनि प्रधानमन्त्रीसँग गम्भिर रुपमा उठाएका थिए । नेपालले सार्कको विषयलाई किन त्यति चासो लिएको पाकिस्तानबाट नेपाललाई के सहयोग भइरहेका छन् लगायतका प्रश्न प्रधानमन्त्री ओलीसँग गरेको थियो । सार्कको विषयलाई लिएर नेपालले मात्र चासो लिएको गुनासो गोयलले गर्नुभएको थियो ।


गत फरवरीमा पाकिस्तानको बालकोटमा भारतको तर्फबाट भएको अक्रामणको मुख्य योजनाकार समेत रहेका गोयलले पाकिस्तानप्रति नेपाल किन यति नरम भएको जिज्ञासा पटक पटक राखेको स्रोतको दावी छ । पाकिस्तानले नेपाल हुँदै भारतमा आतकंवादी गतिविधि गरिहेको पाकिस्तानको बारेमा नेपाल कि बोल्दैन । नेपालमा पाकिस्तानको तर्फबाट भइरहेको गतिविधिलाई नियन्त्रण गर्ने काम नेपालले किन गरिरहेको छैन जस्ता प्रश्न प्रधाननमन्त्री अ‍ोली समक्ष तेर्सायउनु भएको थियो ।

बालकोटमा भएको आक्रमणपछि नेपालले जारी गरेको विज्ञप्तिप्रति भारत सन्तुष्ट छैन । त्यो कुरामा पनि गोयलले प्रधानमन्त्री ओलीलाई स्पष्ट हुन आग्रह गर्नुभएको थियो ।


त्यसको जवाफमा प्रधानमन्त्री ओलीले पाकिस्तानको बालकोट घटनामा नेपाल चुकेको स्वीकार गर्नुभएको थियो । अगामी दिनमा यस्ता विषयमा ध्यान दिने ओलीले राख्नु भएको थियो । नेपाल आतर्कवादी गतिविधिप्रति नेपाल सचेत छ ।

नेपालले त्यसको विरोध गर्दछ, यसमा भारतको तर्फबाट कुनै चिन्ता नलिए हुन्छ प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै स्रोतले भन्नुभयो, कतिपय अवस्थामा नेपालले आतकंवादी गतिविधि नियन्त्रण गर्न नेपालले सहयोग पुर्याएकै छ अगामी दिनमा पनि त्यस्तो सहयोग कायम रहने छ ।’ सार्कको विषयमा पनि नेपालले त्यति चासो लिदैन, यद्यपी सार्कको अध्यक्ष राष्ट्र भएको हुनाले यसमा चासो राख्नु स्वभाविक रहेको कुरा प्रधानमन्त्री ओलीले राख्नुभएको स्रोतको दावी छ ।


प्रधानमन्त्री अ‍ोलीले सार्कको विषयलाई पनि पटक पटक उठाउने गर्नुभएको छ । यहाँसम्म कि नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा पनि उहाँले मोदीसँगको सानो भेटमा सार्कको बारेमा कुरा राख्नुभएको थियो । तर ओलीले अब आफू सार्कको विषयलाई त्यति नउठाउने प्रतिवद्धता जनाएको ती स्रोतको दावी छ ।


त्यति मात्र होइन, रअ प्रमुख गोयलले नेपालमा नेत्र विक्रम चन्द विप्लव समूहको गतिविधि बढी रहेको बोरमा पनि चासो लिनुभएको थियो । भारतमा नेपालको कारण माओवादी चिन्ताको विषय बनेको छ । यहाँ नेपालमा माओवादीको गतिविधि बढ्यो भने भारतमा पनि त्यसको प्रभाव पर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

त्यसमा प्रधानमन्त्री अ‍ोलीले भारतको सहयोग भयो भने नेपालमा माओवादीको सम्पूर्ण प्रभाव समाप्त पार्ने प्रतिवद्धता जनाउनुभएको थियो । विप्लव समूहमाथि प्रतिबन्ध लगाएर सरकारले कारवाही प्रकृयामा गइसकेका छ केही दिनमै यो सबै समाधान हुने ओलीले प्रतिवद्धता जनाउनु भएको स्रोतको दावी छ । स्रोतले गरेको दावी अनुसार प्रधानमन्त्री ओलीले विप्लव समूहका मुख्य नेताहरु समातिएका छन्, अब सो समूह कमजोर हुँदै गएको छ केही दिनमै सबै समाधान हुने प्रतिवद्धता जनाएका छन् ।


गोयलले प्रधानमन्त्री ओली र प्रचण्डबाहेक अरुलाई पनि भेटेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेकपाका सचिवालय सदस्यद्धय माधवकुमार नेपाल, वामदेव गौतम, पूर्वराजा ज्ञानेन्द्र शाह, अनुसन्धा प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख लगायतका व्यक्तिसँग पनि भेटघाट गर्नुभएको थियो । गोयलसँग को के थिए ?


गोयलका साथमा बृज भुषणसिंह तोमर र अरुण जैन थिए । तोमर रअका ज्वाइन्ट सेक्रेटरीका साथै चीन साउथ एसिया डेस्कको प्रमुख पनि हुनुहुन्छ । जहाँ यसअघि (३० जुनसम्म) विवेक जोहरी हुनुहुन्थ्यो । गोयलको साथमा विवेक जोहरी आउनेबाला हुनुहुन्थ्यो तर नेपालसँग चीनको विषयमा विशेष कुरा गर्नुपर्ने भएकाले तोमर आएको भारतीय दुतावास स्रोतले जनाएको छ । नेपालस्थित भारतीय दुतावासमा कन्सुलर भएर काम समेत गरिसक्नु भएका अरुण जैन पनि साथमा आउनु भएको थियो । रअका ज्वाइन्ट सेक्रेटरी जैन नेपाल मामलाका जानकार मानिन्छन् । र, प्रधानमन्त्री ओली, माधवकुमार नेपाल र वामदेव गौतमसँग राम्रो सम्बन्ध पनि छ त्यही भएर उाहँलाई गोयलले साथमा ल्याउनु भएको थियो । 
को हुनुहुन्छ सामन्त ?
भारतीय गुप्तचर  संस्था रअ को  प्रमुखमा नियुक्त हुनुभएका सामन्त कुमार गोयल अपरेशनमा दक्ष हुनुहुन्छ । रअ का निवर्तमान प्रमुख अनिल धस्मानाको कार्यकाल गत वर्ष डिसेम्बर ३१ मा सकिएको थियो ।  उहाँको कार्यकाल सकिएर पनि थप भएपछि प्रमुखको दावेदार विवेक जोहरी हुनुहुुन्थ्यो तर प्रधानमन्त्री नरेन्द्र मोदीको रोजाईमा उहाँ परेपछि जोहरी पछाडी हट्नुभयो । जोहरी नेपाल स्टेशनको प्रमुख समेत रहिसक्नु भएको थिए । उहाँलाई नेपालको बारेमा खासगरि मधेशको राजनीतिबारे जानकार मानिन्छ ।


गोयल सन् १९८४ ब्याचका आईपिएस अधिकारी हुनुहुन्छ । उहाँले शुरुवाती दिनमा पञ्जाव प्रहरीमा काम गर्नुभएको थियो । जोहरी पनि गोयलकै ब्याचमेट हुनुहुन्छ । काँग्रेस आईको सरकार हुँदा समेत गोयलले तत्कालिन संस्थापनसँग नजिक रहेर काम गर्नुभएको अनुभव छ । 


पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग पनि उहाँले निकट रहेर काम गर्नुभएको थियो । गोयल सन् २०१९ फेब्रररीमा भएको सर्जिकल स्ट्राईक र पुलुवामा आक्रमणपछि भारतले पाकिस्तानमा गरेको बालाकोट हवाई आक्रमणका योजनाकार समेत भएको बताईन्छ ।


 भारतीय सरकारको क्याबिनेटको नियुक्ति समितिले २०७६ असार १४ गतेबाट लागु हुनेगरी उहाँलाई रअको चीफमा नियुक्त गरेको हो । उनले पाकिस्तान र भारतको बोर्डरमा काम गर्नुका साथै अन्य विभिन्न मुलुकमा रहेर रअको लागी काम गरेको अनुभव छ ।   

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..