» » छोरीलाई पति दुर्वव्यहार गर्यो भन्दै श्वेताद्वारा उजुरी

टिभी कलाकार श्वेता तिवारीले आफूले घरेलु हिंसामा परेको भन्दै हालै उजुरी दिएकी छिन्। श्वेताको पहिलो बिहे घरेलु हिंसाका कारण असफल भएको थियो। पछि उनले अभिनवसँग दोस्रो बिहे गरेकी थिइन्। श्वेताले यो पनि भनेकी थिइन् कि अभिनवले आफ्नी सौतेली छोरी पलकसँग पनि दुर्व्यवहार गर्ने गर्थे।

श्वेता र उनका पूर्वपति राजा चौधरीकी छोरी हुन् पलक। पलकले पनि आफ्ना बाबुप्रति आरोप लगाएकी छिन्। उनले इन्स्टाग्राममका माध्यमबाट दर्शकलाई धन्यवाद दिँदै लेखेकी छिन् कि, घरभित्र के हुन्छ, तपाईंलाई थाहा हुँदैन। मेरी आमाले दुवै बिहेमा धैर्य देखाउनुभयो ।

पलकले अगाडि लेखिन्, मेरा सौतला बुबाले मलाई कहिल्यै पनि गलत तरिकाले छोएनन्। शारीरिक शोषण गरेनन्। तर उनले यस्ता कमेन्ट गर्थे कि, जो कुनै पनि महिलालाई सुनाउँदा लाज लाग्छ। तपाईं यस्ता खालका कुरा आफ्ना बुबालाई सुनाउन मन पराउनुहुन्न।श्वेताका पूर्वपति तथा पलकका पिता राजा चौधरीले यो घटनापछि चिन्ता व्यक्त गरेका छन्। उनले एक पिताका लागि यो चिन्ताको विषय भएको बताएका छन्। उनी पलकसँग सम्पर्कमा भएको पनि बताएका छन्।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..