» » पेटिकोट सिलाएर करोडौंकी मालकिनी

थोरै पुँजीले पनि कडा मेहनत गरेपछि मानिसलाई सफल बनाउँछ भनि उदाहरण बन्नुभएको छ कश्मिरा खातुन । मुसलमान समुदायकी कश्मिराको जीवनमा आरोह अवरोध यतिका आयो कि अरु महिला भएको भए जीवनको यात्रालाई बीचमै फुलस्टप लगाउँनु हुन्थ्यो तर उहाँ कहिले हिम्मत हार्नुभएन । उहाँ भन्नुहुन्छ, घरपरिवार र आफन्तको वचनले मर्नु बाँच्नुको दोसाधमा पनि पु¥यायो तर काममा पाउदै गएको सफलताले बाँच्न प्रेरीत ग¥यो ।’ दुई चारसय रुपियाँका लागि अरुको अगाडि झुक्नुपर्ने कश्मिरा आज करौडोको मालकिनी हुनुभएको छ ।

अर्घाखाँचीबाट श्रीमानसँग तराई दैलेख झर्दा उनीसँग पाँच हजार रुपियाँ मात्र थियो । आफन्तको घरमा बस्नु भएका खातुनले कस्मेटिकको व्यपार शुरु गर्नुभयो । केहीदिन व्यपारले राम्रो गति लियो । चार वर्षमै त्यो क्षेत्रमा राम्रो व्यपारीको रुपमा उहाँले परिचय पाउनुभयो ।

 त्यसपछि उहाँ आफ्नो श्रीमानको साथमा नेपालगञ्ज झर्नुभयो । नेपालगञ्जमा पनि उहाँले सोही व्यपारलाई निरन्तरता दिनुभयो । तर पहाडबाट झर्नुभएका उहाँहरुलाई त्यहाँको मौसम र वतावरणले साथ दिएन । व्यपारमा घाटा लाग्न थाल्यो । दैलेखमा लाखौमा खेल्ने खातुनलाई नेपालगञ्जमा पाँच–सातहजार रुपियाँ पनि मुस्किल हुन थाल्यो ।

त्यसले गर्दा उहाँका श्रीमान समसुद्दीन मियाँ मानसिक तनावमा पर्नुभयो । छोराछोरीलाई पनि माल्न गाह्रो भइरहेको छ । तर खातुनले हिम्मत हार्नुभएन । पहिला व्यवसायीमा श्रीमानले पनि सघाउनु हुन्थ्यो तर त्यतिबेला उहाँ डिप्रेशनमा गएपछि खातुनलाई तीनजना सन्तानलाई पाल्नुको साथसाथै श्रीमानको पनि हेरचाह गर्नुपर्ने भयो । सानो कामबाट ठूलो व्यपारी कसरी हुन्छ भनि छोटो समयमा उदाहरणको पात्र बन्नुभयो खातुन ।

आर्थिक अवस्थाले मात्र होइन, मानसिक अवस्थाले पनि कमजोर हुँदै गइरहनु भएको उहाँले पहिला सिक्नुभएको सिलाई कटाइको काम शुरु गर्न बाध्य हुनुभयो । त्यत्रो व्यपार लिएर नेपालगञ्ज झर्नुभएको खातुनले एउटा मेसिन किनेर पेटीकोट सिलाउने काम शुरु गरेपछि टोलमा उहाँको कुरा काट्नेको पनि कमी थिएन । जसोतसो एउटा मेसिन किन्नुभयो र कपडा किनेर पेटकोट सिउने काम शुरु गर्नुभयो । तर त्यही एउटा मेसिनको कमाईबाट नसोचे जस्तो प्रगति भयो ।

यस्तो प्रगति गर्नुभयो कि उहाँको नाम नेपालमा मात्र होइन, देश विदेशसम्म पनि फैलियो । विभिन्न देशका राजदूत तथा संघ संस्थाले खातुनको प्रगतिलाई हेर्न उहाँकै घरसम्मै पुग्नुभयो । यहाँसम्म कि बीबीसीले उहाँले भोगेका कथालाई विश्वसम्म पुर्याउनका लागि काठमाडौ नै बोलायो ।

पेटीकोटको कमाई
पेटिकोट सीलाइबाट उहाँको जीविकोपार्जनको काम सुरु भएको थियो । आफ्नो जीविका धान्न शुरु गरेको एउटा मसिनको कमाई अहिले सयजना भन्दा बढीलाई रोजगार प्रदान दिनुभएको छ । दैनिक हातमुख जोड्न अर्काको घरमा काम गर्न पनि खोज्नु भएका खातुन अहिले अरुलाई रोजगारी दिने हैसियतमा पुग्नुभएको छ । नेपालगञ्जबाट निशु जोशीले आफ्नो ब्लग्समा लेख्नुभएको छ, ‘कामले अहिले दजर्नौको जीविका धानेको छ । तर उहाँको जिन्दगी गुलेली जस्तै छ । जसरी गुलेलीको रबर तन्काउदा पछाडि धकेलीनुपर्छ र पछि जोरले अघि बढ्छ । उहाँको जिन्दगी पनि ठिक त्यस्तै छ । उहाँको जीवनको रबर पनि पटक पटक तन्किएर पछाडि गयो तर ठिक गुलेलीजस्तै धेरै टाढा र जोरले निशाना पुरा ग¥यो ।’

सिलाई सिक्नु भएको खातुनले पेटिकोट सीलाएर व्यापारको यात्रा शुरु गर्नुभयो । एउटा पेटिकोट सिलाएबापत पाँच रुपियाँ पाइन्थ्यो । त्यतिबेला पाँचसय रुपियाँ कमाउन उहाँले दर्जनौं पेटीकोट सिलाउनुपथ्र्यो । दिनरात नभनेर उहाँ त्यही पाँचसय कमाउनका लागी मेहेनत गर्न थाल्नुभयो । यही पेटीकोट सीलाउने कामले नै हो उहाँको जीवनमा परिवर्तन ल्याएको थियो । त्यसरी दिनरात महेनत नगरेको भए करौडोको मालकिनी हुनुहुन्थेन । अहिले उहाँको मेहनत र लगनशिलताले नेपालगन्जको घरवारी टोलमा लुम्वेनी गार्मेन्टलाई अवलोकन गर्न टाढा टाढाबाट आउँछन् ।

खातुनले आफ्ना पुराना दिन सम्झदै भन्नुभयो, मैले पेटीकोट आफैले सिउन थालेपछि धेरैले मलाई गिज्याउँथे तर घरपरिवार, छोराछोरीको पेट पाल्नु थियो । मेरो सफताको पछाडी मेरो मेहनता मात्र छ । काम शुरु गर्दा परिवारबाट समेत सहयोग पाइरहेको थिइनन् ।

सहयोग कता हो कता परिवारबाट अपहेलित हुनु परेको थियो । मुस्लिम भएकाले घर बाहिर जान नदिने प्रचलन थिएन । बुर्कामा बस्ने चलन थियो । विरामी श्रीमानको उपचारका लागि पैसाको जोहो गर्न लुगा सिलाइको काम थालेको थिए । समाज र परीवारका धारीलो हतियार जस्ता वचन सहेर पनि कामलाई मैले निरन्तरता दिएको थिए । अहिले आफैलाई हेरेर धेरै मुस्लिम महिला र अन्य महिलाहरुले प्रेरणा लिने गरेका छन् ।’

उहाँले अगाडि भन्नुभयो, काम गर्ने समयमा कसले के आलोचना गर्छन् समाजले के भन्छन् त्यतातिर ध्यान दिनुहुँदैन गलत काम गर्नुहुँदैन तर आफ्नो गुजाराका लागि, घरपरिवारका लागि लाज मान्ने, डराउनु हुँदैन । ममाथि यति लञ्छनाहरु लाग्यो यदि त्यो कुराहरु सुनेर बसेको भएको आज म यो ठाउँसम्म आउने थिएन । म कसैको कुरामा ध्यान दिइनन्, निरन्तर आफ्नो कर्तव्यमा लागि रहे ।

सिलाईको फिनिसिङ् राम्रो थियो मेरो । त्यही भएर माग बढ्दै गइरहेको थियो । केही दिन ढिला भएपनि मबाट नै सिलाएर लगाउने महिलाको सँख्या बढ्दै गयो । अन्य लुगाहरु पनि सिलाउनेको आग्रह पनि आउन थाल्यो । पछि ओभरलक मेसिन राखेपछि त झन ग्राहकको आकर्षण बढ्न थाल्यो र कमाई पनि हुन थल्यो । एउटा मेसिनबाट शुरु भएको व्यपार विस्तारै बढ्न थाल्यो ।’

ग्राहकको आकर्षण
खातुनले सिलाएको लुगाको डिमाण्ड बढ्न थालेपछि बालबालिको लुगा पनि सिउन थाल्नुभयो । त्यसपछि त झन उहाँको व्यपारमा चारचाँद लाग्यो । अरुले दिएको कपडा सिलाईबाट दिनको सातसयदेखि हजार रुपियाँसम्म आम्दानी हुन्थ्यो तर पछि खातुनले आफै लुगा किनेर ल्याउने र त्यसलाई सिलाएर बेच्न थाल्नुभयो । त्यसपछि त रेडिमेटको नाममा मान्छे झन आकर्षित हुन थाल्यो ।

 उहाँले भन्नुभयो, कमल इन्टरप्राइजेजले एकहजार ट्राउजर बनाउने अर्डर दियो । त्यो दिन मेरो खुशीको सीमा थिएन । म निकै उत्साहित भएर काममा लागे र त्यसपछि मेरो व्यवसायी अगाडि बढ्दै गयो । अरु अरु ठाउँबाट अर्डरहरु आउन थाल्यो ।’ व्यवसायी फस्ताउँदै गयो ।


कपडा बनाउनका लागी चाहिने काँचा पदार्थ बाहिरबाट ल्याउनु पथ्र्यो । खातुनका लागि यो निकै ठूलो समस्या थियो । कहिले काही त्यो समस्याले गर्दा उहाँले माग अनुसारको आपूर्ति पनि गर्न सकिरहनु भएको थिएन । त्यसको समाधानका लािग उहाँले नेपालगञ्जमै कच्चा पदार्थ उत्पादन गर्न थाल्नुभयो । कपडा बनाउनका लागि चाहिने धागो आफै उत्पादन गर्न थाल्नुभयो ।

अहिले उहाँसँग लुगा बनाउनका लागि कच्चा पदार्थ उत्पादन गर्ने ठूलो ६ वटा मेशिन छन् । कपडा सिलाउने मेसीन २५ वटा छन् । चीनबाट ल्याएको २० लाख मुल्यको एउटा मेशिन र अन्य १६ लाख, १० लाख र ८ लाखका मेशिन छन् । हाल उहाँको गार्मेन्टबाट दैनिक करीव डेढ लाख रुपैयाको लुगा उत्पादन भइरहेको छ । यहाँ जीन्सबाहेक सबै लत्ताकपडा र महिलाका लङ स्वीटर, अलाधिन टप्स लगायतका सामानहरु तयार हुन्छ ।


निशुले आफ्नो ब्लग्समा लेख्नुभएको छ, प्रहरी तालीम केन्द्र नेपालगञ्जले रुपडियाबाट ल्याउने गरेको ड्रेस गत जाडो सिजनमा करीव १४ लाखको यहि गार्मेन्टबाट उत्पादन गर्न लगायो । रुकुमा चौरजहारी नगरपालीकामा पनि भारतको रुपडियाबाट स्कुल ड्रेस लैजाने गरिएकोमा गतवर्ष १६ लाखको ड्रेस यही गार्मेन्टले नै उत्पादन ग¥यो ।

त्यतिमात्र होइन अहिले काठमान्डौ, पोखराबाट समेत कपडाको माग आउन थालेको छ । आएको माग पुरा गर्नै हम्मे हम्मे खातुनलाई । ५१ जना कर्मचारी अपुग भएका छन् । धेरै लुगा त बुटवलदेखि सुदुरपश्चिममै खपत हुने गरेको छ । अव यो वर्ष दुवईमा पनि यहाँ उत्पादन कपडाको स्टल राख्ने तयारी छ । लुगाको फिनिसिङ र डिजाइन मन पराएकाले देशभरी माग बढेको खातुन बताउनुहुन्छ ।

खरानी भयो सम्पत्ति
१३ हजारमा सुरु गरेको कपडा सीउने काम व्यवसायमा बदलिदै बनेको गार्मेन्टमा ६÷७ वर्षको अवधीमा ७ करोडको लगानी पुग्यो । दुःख का दिनहरु हरायो । विस्तारै परिवारमा खुशी आउन लागेको थियो तर फेरी जीवनको रवर तन्कियो । २०७५ पौषमा उहाँले घरवारीटोलमा सञ्चालन गरेको लुम्वेनी गार्मेन्टमा रातको समयमा विद्युत सर्ट भएर आगलागी भयो ।

आगलागीका कारण गार्मेन्ट र गार्मेन्टमा भएका सबै मेसीन जलेर नष्टभयो । खातुनको जीवनमा यो दोस्रो ठूलो बज्रपात थियो । यति मेहन गरि जोडेको सम्पत्ति क्षणभरमै खरानी भयो । तर उहाँको सम्पत्ति खरानी भएपनि मन खरानी भएको थिएन । केही गर्ने भनि सोचको ज्वाला उहाँको मनमा दन्की रहेको थियो । तर उहाँले हिम्मत हार्नुभएन ।


उहाँ नेपालगञ्जका व्यापारी र शुभचिन्तकको साथ र सहयोगमा उहाँ पुनः चारवटा लुगा सीउने मेसीन राखेर काम गर्न उठ्नुभयो । उहाँको दिनरातको अथक मिहिनेतका कारण अहिले डेढ वर्षमा पुनः गार्मेन्टको लगानी ३ करोड पुर्याउनु भएको छ । नेपालगञ्जका धेरैले भन्छन्, कश्मिराको लगनशिलता र मेहनतालाई मान्नुपर्छ यार ।’ गार्मेन्टमा ५१ जनालाई प्रत्यक्ष रोजगारी दिनु भएको छ । घरवारी टोलका अन्य करीब २० जना महिला तथा युवतिहरु गार्मेन्टबाट कटिङ कपडा लिएर घरमै बसेर काम गर्छन् ।


शुरुवातमा के गर्ने, कसो गर्ने अन्योलमा रहनु भएका कश्मिरा अहिले सफल उद्योगी महिलाको रुपमा परिचित हुनुहुन्छ  मेहनत गरेपछि सफलता धेरै टाढा हुँदैन भनि उदाहरण बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, आजभोली सानो काम गर्न मन लाग्दैन ठूलो ठूलो आँट आउछ । यो सबै विगतमा झेलेको समस्याले मलाई निडर बनाएको छ । समस्यालाई कसरी झेल्नुपर्छ, दुखलाई कसरी झेल्नुपर्छ भनि सिकाई दिएको छ जीवनले ।’


आजभोली प्राप्त सफलताले जता गएपनि प्रशंसा र प्रेरक व्यक्तित्वका रुपमा लिने गरीएकोले उहाँलाई काममा थप उर्जा दिएको छ । सञ्चारकर्मीले पनि निकै सहयोग गरेको भन्दै उहाँले सबैतिरबाट सकारात्मक सहयोग प्राप्त भयो भने जस्तो सुकै गाह्रो काम सजिलो हुनेको गरेको आफ्नो अनुभव सुनाउनुभयो ।


यति गर्दा पनि सरकारबाट कुनै प्रकारको सहयोग नपाएको गुनासो उहाँको छ । सरकारले यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ । चर्को व्याजमा महिलाहरुले ऋण लिएर व्यवसायी गर्ने परीस्थीति नभएको भन्दै महिलाहरुलाई सुलभ रुपमा कर्जा उपलव्ध गराउनुपर्ने उहाँको भनाई छ । मेहेनेत गर्ने र आफूजस्तै दुःखमा परेका महिलाहरुलाई सधै सहयोग गर्न तत्पर रहेको उहाँ बताउँनु हुन्छ ।

कारखानामा राजदूत

नेपालका लागि यूएईका राजदुत सईद हमदन अल नकिव चैत १७ गते खातुनको कारखानामा पुग्नुभएको थियो । नेकपा नेता ताज मोहम्मद, मोहम्मद हारुन र कृष्ण केसी सहित राजदुत नकिव महिला उद्यमी कश्मिरा खातुनले नेपालगञ्जको घरबारी टोलमा संचालन गरेको लुम्बिनी गारमेन्टमा पुगेर स्थलगत निरक्षिण गर्नुभयो  ।  सो गारमेन्ट गतबर्ष आगलागीमा परेर नष्ट भएको थियो ।

मियाको उत्पादनलाई राजदुत नकिवले युएईमा बजार बिस्तारका लागि आफुले पहल गर्ने आश्वासन दिनुभयो । त्यसले खातुनमा काम गर्ने जोश झन बढेर गएको छ । उहाँले युएइमा स्टल खोल्ने सोच बनाई सक्नुभएको छ । यसका लागि उहाँले विभिन्न ठाउँमा पहल पनि गरिहनुभएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..