» » राजपा नेपालमा छुट्टै पार्टी बनाउने चेतावनी

काठमाडौ भदौं १२ गते । राष्ट्रिय जनता पार्टी नेपालमा एकीकरणको विवाद उत्कर्षको अवस्थामा पुगेको छ ।
एउटा पक्षले बैठक बोलाउँछ भने अर्को पक्षले त्यसको बहिष्कार गर्ने चेतावनी दिन्छन् । अब त यहाँसम्मको अवस्था आयो कि राजपा नेपालकै कतिपय नेताहरुले भन्न थाल्नु भएको छ । यस्तै रह्यो भने नयाँ पार्टी बनाउने चेतावनी दिन थाल्नु भएको छ ।

पार्टीका सहमहासचिव एवं पार्टीका प्रवक्ता कृष्ण सिंहले पार्टी यस्तै अवस्थामा रहने  हो भने नयाँ पार्टी वा स्वतन्त्र राजनीतिक समूह स्थापना गर्न सकिने बताउनु भएको छ ।

उहाँले राजपा नेपालका केही दलालहरुको कारण बाध्यात्मक स्थिति सृजना भएका बताउनुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, गाह्रो छ तर अवस्था त्यस्तै आए नयाँ पार्टी वा स्वतन्त्र राजनीति समूहको स्थापना पनि गर्न सकिन्छ ।’

उहाँले राजपा नेपालका नेताहरुलाई भन्नुभएको छ, ‘तिमीहरू पदको लागि लडाइ गर, हामी अधिकार र सुशासनको लागि अघि बढछौ । कार्वाही गरे हुन्छ ।’

यी सबै विवाद समाजवादी पार्टीसँग एकीकरणका विषयलाई लिएर भएको छ । राजपा नेपालका अध्यक्षण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले समाजवादी पार्टीसँग जसरी पनि एकीकरण गर्नुपर्छ भने पक्षमा रहनु भएको छ भने अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर, अनिलकुमार झा पार्टीको महाधिवेशन गरेर एकीकरणको कुरालाई अगाडि बढाउने पक्षमा हुनुहुन्छ ।

यी दुई पक्षबीचको लडाईले पार्टीको अन्य गतिविधिहरु ठप्प परेको छ । पार्टीका भित्रका नेताहरु आपसमा लडाई गरिरहेका छन् । समाजवादी पार्टी आफ्ना पार्टीका सबै गतिविधिहरु अगाडि बढाई रहेको छ । उसको कुनै काम रोकिएको छैन । दैनिक रुपमा छलफल हुनुको साथै संगठनका काम पनि नियमित भइरहेको छ ।

तर राजपा नेपालको सबै काम ठप्प परेको छ । बैठक समेत बस्न छाडेको छ । अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले अध्यक्षमण्डलको बैठक बोलाउँदा अर्को पक्षले बहिष्कार गर्दै आएको  छ । त्यस्तै संयोजक यादवले पार्टीभित्र देखिएको अन्योल र विवादका विषय मिलाउन राजनीतिक समितिको बैठक बोलाउनु भएको छ तर अर्को पक्षले त्यसको पनि विरोध गरेको छ ।

राजपा नेपालले शुक्रवारदेखि राजनीतिक समितिको बैठक बोलाएको छ । त्यसलाई पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले बहिष्कार गर्ने चेतावनी दिनुभएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..