» » समाजवादी पार्टीमा कसले गर्दैछन् पारीपट्टीको सिको ?

संघीय समाजवादी फोरम नेपालले डा.बाबुराम नेतृत्वको नयाँ शक्ति नेपालसँग एकीकरण गरेदेखि सो पार्टीमा रहेका अशोक राई समूहका नेताहरु रुष्ट देखिन्छन् ।

दुई पार्टी एकीकरणपछि बनेको समाजवादी पार्टी, नेपालमा तत्कालिन नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ताहरु सक्रिय भएपछि अशाके राई समूहका नेताहरु निस्कृय भएका छन् ।


कार्यालय प्रमुखको जिम्मेवारी मालेबाट फोरम नेपालमा आएका प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ भने प्रचार प्रसार विभागको जिम्मेवारी तत्कालिन नयाँ शक्तिका प्रशान्त सिंहलाई दिएको छ । यसअघि पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको हालीमुहाली पार्टी कार्यालयमा हुन्थ्यो । उहाँका तत्कालिन पार्टीका नेता तथा कार्यकर्ताका चहल पहल बढी हुन्थ्यो तर  जबदेखि नयाँ शक्तिसँग एकीकरण भयो, त्यो बेलादेखि उहाँका समूहका नेता तथा कार्यकर्ताहरु निस्कृय हुन थालेका छन् । समानुपातिक सांसद राजेन्द्र श्रेष्ठ पार्टीमा मन्त्रीका दावेदार हुनुहुन्थ्यो ।


तर पार्टीका अध्यक्ष उपेन्द्र यादवले उहाँलाई मन्त्री नबनाएपछि त्यहीबेला देखि उहाँ रुस्ट रहदै आउनु भएको छ । उहाँ कतिसम्मको रुष्ट हो भने कुरा साउन ११ गते काठमाडौको खुसिबुँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले व्यक्त गरेको विचारबाट पुष्टि हुन्छ । सह अध्यक्ष श्रेष्ठले पार्टी भनेको दुई चारजना नेताहरूको जमिन्दारी नभएको होइन, समाजवादी संस्कृतिको विकास गर्न सबैभन्दा पहिला नेताहरूको आचरण सुध्रिनु पर्ने बताउनुभएको छ ।


उहाँले नेताहरूको व्यक्ति पुजाको शैलीबाट होइन सामूहिक नेतृत्व प्रणालीको आधारमा पार्टी चलाउनुपर्ने बताउनुभयो । व्यक्ति पुजाको शैली, पुँजीवादी शैली भएको बताउँदै उहाँले भन्नुभयो, ‘समाजवादी विचार बोकेका नेताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’


अन्तरक्रिया कार्यक्रमा उहाँलाई पार्टीको घोषणापत्रमा नयाँ ढंगको पार्टी दावी गरेको छ, तर तपाँईहरूको बलियो जनाधार रहेको मधेसमा काँग्रेस कम्युनिष्टमा जस्तै पुरानै सामन्ती शैलीमा व्यक्ति पुजा हुन थालेको छ, के नेताहरूको देवत्वकरण गरेर समाजवाद आउँछ त भनि प्रश्न गरिएको थियो ।

त्यसको जवाफमा सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आफूहरू नेताहरूलाई ग्रेटम्यान ठान्ने वा देवत्वकरण गर्ने पक्षमा छैनौ । कतिपयले पारीपट्टीको सिको गरेको हुनसक्छ । नेपालमा त नेपाली काँग्रेस जस्तो पुँजीवादी पार्टीले समेत कार्यक्रम गर्दा दिवंगत नेताहरूको सम्मानका लागि फोटो राख्ने गरे पनि कार्यक्रमको प्रचारका लागि बाहेक जीउँदा नेताहरूको राख्ने चलन छैन ।’


आफ्नो पार्टीले लोकसेवा आयोगको समानुपातिक समावेशी विरुद्धको असंवैधानिक विज्ञापन, गुठी विधेयक, सम्पदा संरक्षण, मातृभाषामा शिक्षा, गैरन्यायिक सडक विस्तार लगायत सरकारको प्रतिगामी कदम विरुद्ध सडक र सदनमा आवाज बुलन्द गरेको बताउँदै उहाँले यसको विरुद्ध सबैसँग मिलेर संयुक्त सङ्घर्ष गर्न तयार रहेको बताउनुभयो । तर लोकसेवा आयोगको विज्ञापन विरुद्ध भइरहेको आन्दोलनको बारेमा समाजवादी पार्टीले सांसदमा केही बोलेको छैन ।

संरक्षण बचाउन आन्दोलन गर्नेहरु सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवसँग हस्ताक्षर गराउन जाँदा कसैले हस्ताक्षर गर्न मान्नुभएन । बरु सहअध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभयो तर अध्यक्षद्धयले पार्टीमा सल्लाह गरेर हस्ताक्षर गर्ने भनि फर्काएका तराई मधेश राष्ट्रिय परिषद्ले जनाएको छ । 


मधेशी अल्पमतमा ?
मधेशका जगमा निर्माणमा भएको समाजवादी पार्टी, नेपालमा मधेशी अल्पमत परेको छ । समाजवादी पार्टीको केन्द्रीय कार्यालयदेखि मन्त्रालयसम्म पहाडी समुदायको मात्र हालीमुहाली रहेको गुनासो मधेशका नेताहरुबाट सुनिएको छ । साउन ११ गते पार्टीको कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकले २७ वटा विभिन्न विभाग, आयोग र समितिमा जिम्मेवारी बाँडफाँड गरेका छन् । ती २७ जनामध्ये ६ जना मात्र मधेशी समुदायका रहेका छन् ।


पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्रकार सम्मेलन गरि जानकारी गराए अनुसासर त्यसमा अर्थ विभागमा केन्द्रीय कोषाध्यक्ष, प्रदेश २ इन्चार्ज समेत रहनु भएका प्रदेश २ का अर्थ मन्त्री विजय यादव, प्रचार विभागमा प्रशान्त सिंह, कार्यालय प्रमुखमा प्रकाश अधिकारी, लेखा आयोगमा अमरेशनारायण झा, निर्वाचन समितिमा डा.शिवजी यादव, अनुशासन आयोगमा महेन्द्र श्रेष्ठ, राज्य व्यवस्था समितिमा डा. उमाशंकर प्रसाद साह, स्थानीय तथा परिचालन समितिमा हरिनारायण यादव, संघीय मामिला तथा समावेशीमा डा.गणेश योञ्जन, प्रकृति स्रोत समितिमा दुर्गा देवी देवाङ्, कृषि विभागमा मदन राई, शिक्षा तथा विज्ञानमा डा.राजेन्द्र केसी रहेका छन् ।


त्यस्तै, स्वास्थ्य तथा जनसँख्यामा डा.महेशमान श्रेष्ठ, श्रम तथा रोजगारमा प्रेमनारायण थापा, सुरक्षा विभागमा नारायणराज पाण्डे, मानव अधिकार तथा समाजिक सेवा विभागमा सुशिला श्रेष्ठ, किसानमा टिकाराम पौडेल, युवा विभागमा देवी प्रसाद सुवेदी, महिला विभागमा दुर्गा सोव, वौद्धिक पेसाकर्मीमा नहेन्द्र प्रधान, शिल्पीमा डिवी नेपाली, साँस्कृतिकमा घनराज सुव्वा, खेलकुदमा विरेन्द्र प्रधान, सुकुम्बासीमा दिपक म्याङ्वो, अल्पसँख्यकमा पिंकी गुरुङ, मुस्लिम संघमा इस्लाम हवारी, स्कूल विभागमा हेमराज राई रहनु भएको छ ।


तर पार्टीका प्रचार प्रसार प्रमुख प्रशान्त सिंह भन्नुहुन्छ, सबै समुदाय र वर्गलाई समावेशी गर्दा यस्तो देखिएको छ । खाली मधेशीलाई हेर्नु हुन्न नि । त्यहाँ आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसँखया समुदायका पनि त्यहाँ छन् । अरु विभाग र आयोगहरुको कार्यविभाजन गर्न बाँकी पनि छन् ।

 त्यसमा केही थपिएर आउँला ।’ समाजवादी पार्टी समावेशी समानुपातिकमा निकै विचार गर्ने पार्टी हो । समावेशीका लागि तत्रो लड्यो अहिले आफ्नै पार्टीमा समावेशी हेर्दैन त्यो हुननसक्ने बताउँदै उहाँले समायोजनको प्रकृया चलिरहेको कारणल केही ढिलो चाँडै हुनसक्छ तर संगठन समावशीमा जाने निश्चित रहेको उहाँले बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..