जनकपुर, साउन ३२ गते । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गर्नु भएको छ ।
आज विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर पुग्नु भएको मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य बारे जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दाससँग छलफल गर्नु भएको हो ।
छलफलको क्रममा महन्थ दासले प्रदेश सरकारद्वारा आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य उत्साह जनक रहेको बताउनु भएको छ । सोही क्रममा मुख्यमन्त्री राउतले जानकी मन्दिरको थप सौन्दर्यीकरणको लागि विवाह मण्डपलाई रामायणकालिन प्राचीन शैलीमा पुनःनिर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर , तेलहा मरहा सहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणाली मार्फत सौन्दर्यीकरणको कार्यलाई अघि बढाउने बताउनु भएको छ ।
यस आर्थिक वर्षमा पनि १० देखी १५ करोडसम्म जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकार लगानी गर्ने योजना बनाएको उहाँले बताउनु भयो ।
गुरु योजना निर्माणको लागि आर्टिटेक्ट इन्जिनियर, जानकी मन्दिरको प्रतिनिधि र पुरातत्व विभागको प्रतिनिधि सहितको टोली निर्माण गरिने मुख्यमन्त्री राउतले बताउनु भएको छ ।

No comments: