» » हुवावेको विरुद्ध काठमाडौमा प्रदर्शन

काठमाडौ साउन २९ गते । सरकारी कार्यालयका वेभसाइट ह्याक गरेको आरोप लगाउँदै केही नेपाली युवाले चिनियाँ कम्पनी हुवावेविरुद्ध प्रदर्शन गरेका छन् ।

चिनियाँ कम्पनी हुवावेले सरकारी वेभसाइट ह्याक गर्ने तथा अमेरीकाले प्रतिबन्ध लगाउँदा पनि नेपाल सरकारले फोर जी लगायतका ठेक्का चिनिया कम्पनीका सहायक कम्पनीलाई दिएको युावहरुको आरोप छ ।

अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोप लगाएको छ ।


विरोध प्रदर्शनका क्रममा युवायुवतीले सबैलाई कम्पनीका गलत गतिविधिविरुद्ध सजग हुन आग्रह गरेका छन् । चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावे नेपालसहित विश्वका धेरै मुलुकहरुको जासुसी र ती देशको सरकारी वेभसाइटहरु ह्याक गर्दै आएको आरोप लगाइएको छ ।

यहि महिना मे ४ देखि ५ मे सम्म नेपालका २ सय भन्दा बढी सरकारी साइट ह्याक भएका थिए । त्यो काम चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सिसिएसआई) का प्राविधिककरुले गरेका थिए ।

सिसिएसआई हुवावेसम्बद्ध संस्था हो । वेभसाइट ह्याक भएपछि ६ मेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोले नक्सालस्थित सिसिएसआईको कार्यालयमा छापामार्दा त्यहाँ २५ जना चिनियाँ प्राविधिकहरु काम गरिरहेको अवस्थामा भेटाएको थियो । प्रहरी पसेको देखेपछि धेरैजसो आफ्नो ल्यापटप बन्द गर्ने र भाग्ने प्रयत्न गरेका थिए ।

हुवावे स्मार्टफोन, ल्यापटप, राउटर, स्विच, सर्भर जस्ता वस्तु उत्पादन गर्ने कम्पनी हो ।

यसले चिनियाँ सरकारको लागि अरु देशको सैन्य गोप्यता चोरी गर्ने पनि काम गर्छ भन्ने आरोप लाग्दै आएको छ । गुगलले हुवावेलाई आफ्नो सिस्टममा पहुँच नदिने घोषणा गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..