» » सुष्मा स्वराज जो परिवार र राजनीति दुवैमा सफल

सुष्मा स्वराजको जन्म १९५२ फरवरी १४ मा भएको थियो । उनको निधन साउन २१ गते राती भएको हो । सुष्मा स्वराजका बुवा राष्ट्रिय स्वयं सेवक संघको प्रमुख सदस्य हुनुहुन्थ्यो । सुष्मा स्वराजको परिवार पाकिस्तान लाहौरको धरमपुरमा बस्थ्यो । जब भारतबाट पाकिस्तान अलग भयो अनि त्यो परिवार पञ्जावमा बस्न थाल्यो ।

सुष्मा स्वराज सन् २००९ मा भारतको भारतीय जनता पार्टीद्धारा संसदमा विपक्षी नेताको रुपमा चुनिनु भएको थियो । उहाँ भारतको १५ औं लोकसभामा प्रतिपक्षी दलका नेताको रुपमा रहनु भयो । त्यो भन्दा पहिले उहाँ केन्द्रीय मन्त्रीमण्डलका सदस्य र त्यसपछि दिल्लीको मुख्यमन्त्री पनि बन्नुभएको थियो । सन् २००९ को लोकसभामा चुनावका लागि भाजपाको १९ सदस्यीय चुनाव प्रचार प्रसार समितिका अध्यक्ष पनि रहनु भएको थियो ।


अम्बला छावनीमा जन्मनु भएका सुष्मा स्वराजले एस.डी कलेज अम्बाला छावनीबाट बी.ए. तथा पञ्जाव विश्वविद्यालय चण्ढीगढबाट कानुनमा डीग्री हासिल गर्नुभयो । पढाई पुरा गरेपछि उहाँले शुरुमा जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय भएर भाग लिनुभएको थियो । आपतकालिन अवस्थाको विरोधमा सक्रिय भएर लाग्नुभएका सुष्मा त्यसपछि मात्र राजनीतिमा आउनु भएको थियो । सन् २०१४ मा भारतको पहिलो महिला विदेश मन्त्री हुनुभयो ।

यसअघि इन्दिरा गाँधी दुईपटक कार्यवाहक विदेश मन्त्री रहनु भएको थियो । सुष्मालाई मन्त्रीमण्डलमा सामेल गराएर उहाँको उच्चाई र क्षमताको स्वीकार गरेको थियो । नरेन्द्र मोदीले उहाँलाई विदेश मन्त्री बनाएपछि त्यो बेला निकै उहाँको चर्चासँगै प्रशंसा भएको थियो । उहाँ दिल्लीको पहिलो महिला मुख्यमन्त्री र देशको कुनै राजनीतिक दलको पहिलो महिला प्रवक्ता बन्नु उहाँकै उपलब्धीमा दर्ज भएको छ ।

सुष्मा स्वराजका श्रीमान स्वराज कौशल सर्वोच्च अदालत (उच्च अदालत) को परिचित क्रिमिनिल मामलाको वकिल पनि हुनुहुन्छ  । उहाँ राजधानीको पेज थ्री सर्किलबाट जहिले पनि टाढा रहनु हुन्थ्यो । कौशल देशका ठूलो पार्टी भाजपाका शीर्ष महिला नेतृ सुष्मा स्वराजका श्रीमान हुनुहुन्छ । यद्यपी श्रीमती ठूलो नेतृ भएपनि भाजपा नेपालसँग कुनै लेनादेना छैन ।

कौशल ३७ सालको उमेरमा मिजोरमको गभर्नर बन्नुभएको थियो ।


यस्तो सानो उमेरमा कोही पनि कुनै प्रदेशको गभर्नर बन्नुभएको थिएन । उहाँको यो उपलब्धीले सुष्मालाई झन राम्रो बनाएको थियो । दक्षिण दिल्ली संसदीय सीटबाट दोस्रोपटक १२ औं लोकसभाको चुनाव जित्नुभयो । त्यसपछि उहाँ भाजपा सरकारमा सूचना तथा प्रसारण मन्त्री बन्नुभयो र उहाँले दुरसञ्चार मन्त्रालयबाहेक प्रभारको पनि जिम्मेवारी दिएको थियो ।

आफ्नै कार्यकालमा सुष्माले नै फिल्म निर्माणलाई उद्योगको दर्जा दिलाउनु भएको थियो । जसमा फिल्म उद्योग पनि बैंकदेखि वित्तपोषणको योग्य भयो । पार्टीको निर्णय अनुसार उहाँले अक्टुवर १९९८ मा केन्द्रीय मन्त्रीमण्डल छाडेर दिल्लीको पहिलो महिला मुख्यमन्त्री बन्नुभयो । उहाँ जनवरी २००३ देखि मइ २००४ सम्म स्वास्थ्य, परिवार कल्याण र संसदीय मामिला मन्त्री पनि बन्नु भएको थियो ।

सुष्माका श्रीमान कौशल पृथकतावादी मिजोरम र केन्द्रको बीच सम्झौता गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ समाजवादी पृष्ठभूमीका हुनुहुन्थ्यो । कौशल २००० मा राज्यसभाको सदस्य पनि बन्नुभएको थियो । कौशल अध्ययनशिल व्यक्ति हुनुहुन्थ्यो । इमर्जेन्सीको समयमा उहाँले जर्ज फर्नाडीसको पक्षमा बडौदा डायनामाइट मुद्दामा वकालत गर्नुभएको थियो ।

 उहाँ देशको एडभोकेट जनरल पनि हुनुहुन्थ्यो । उहाँलाई संगितमा पनि रुची थियो । भारतको राजनीतिमा कौशललाई एक अनुभवी राजनीतिज्ञको रुपमा चिनिन्छ । कौशल हरियाणाबाट छ वर्षसम्म राज्यसभाको सांसद रहनुभयो । १३ जुलाई १९७५ मा कौशलको सुष्मासँग विहे भएको थियो । कौशल र सुष्माको उपलब्धी र योगदानलाई स्वर्णिम रेकर्ड ‘लिम्का अफ वल्र्ड रेकर्ड’ मा उल्लेख गरिएको छ ।

सन् १९९९ को लोकसभा चुनावमा सुष्माले काँग्रेसका अध्यक्ष सोनिया गाँधीको विरुद्धमा चुनाव लड्नु भएको थियो । बेल्लारी संसदीय क्षेत्र, कर्नाटकबाट चुनाव लड्नु भएका सुष्मा त्यतिबेला पराजित हुनुभएको थियो । सन् २००० मा उहाँ फेरि राज्यसभामा पुग्नुभयो र उहाँले दोस्रो पटक सूचना तथा प्रसारण मन्त्री बन्नुभयो । सुष्मा त्यो सरकारमा सन् २००४ सम्म रहनुभयो ।

सम्मान
संसदको केन्द्रीय कक्षमा सम्पन्न एउटा गरिमामय कार्यक्रममा तत्कालिन राष्ट्रपति श्रीमती प्रतिभा पाटिलले भारतीय जनता पार्टीका वरिष्ठ नेता र राज्यसभाका तत्कालिन सासद सुष्मा स्वराजको प्रशंसा गर्दै उहाँलाई राष्ट्रहितसँग जोडिएका मुद्दामा प्रखर वक्ताको दर्जा दिनुभएको थियो । त्यो मौका सुष्मा स्वराजले यो पुरस्कारका लागि पहिलो पटक कुनै महिलालाई चुन्नका लागि बनेको समितिलाइ धन्यवाद दिँदै भन्नुभएको थियो, यो सौभाग्यको कुरा हो कि यो पुरस्कार देशका पहिलो महिला राष्ट्रपतिको हाथबाट प्राप्त भयो ।’

उहाँले भन्नुभयो, मेरो उचाई सानो थिो तर साथीहरुले यो पुरस्कार दिएर मेरो उचाईलाई अझै बढाई दिनुभयो ।’ त्यसका साथै सुष्माले इश्वरसँग यो पुरस्कारको मर्यादालाई कायम राख्न शक्ति प्रदान गर्नका लागि कामना पनि गर्नुभयो र प्रतिवद्धता जनाउनु भयो कि हरसम्भव यो पुरस्कारको मानसम्मान राख्नका लागि प्रयास गर्नेछु ।’

सुष्मा स्वराजलाई प्रशस्ती पत्र पनि प्राप्त भयो । उहाँलाई दिएको प्रशस्ती पत्रमा भनिएको छ कि श्रीमती सुष्मा स्वराजको तीन दशकभन्दा बढीको उत्कृष्ट सार्वजनिक जीवन रह्यो । उहाँले हरियाणा सरकारमा सबभन्दा कम उमेरमा मन्त्रीमण्डलका सदस्य तथा दिल्लीका प्रथम महिला मुख्यमन्त्री हुनुका गौरव प्राप्त भएको छ । एक प्रतिभाशाली वक्ता हुनुको साथै उहाँले देशको संसदीय लोकतन्त्रको सुदृढ गर्नमा विशिष्ट योगदान दिएको छ ।’

हरियाणाको भाषा विभागद्धारा आयोजित एक राज्यस्तरीय प्रतियोगितामा सुष्मा स्वराजले लगातार ३ वर्षसम्म सर्वश्रेष्ठ हिन्दी वक्ताको पुरस्कार प्राप्त गर्नुभएको थियो । साथै ३ वर्षका लागि उहाँले एसडी कलेजका लागि एनसीसीका सर्वश्रेष्ठ व्यक्तित्व पनि घोषणा गरिएको थियो । सुष्माले वक्तत्वकाला प्रतियोगिता, वादविवाद, गायन, नाटक र अन्य साँस्कृतिक गतिविधिमा थुप्रै पुरस्कार प्राप्त गर्नुभएको थियो ।

परिवार
बुवा हरिदेव शर्मा र आमा श्रीमती लक्ष्मी देवीको छोरी सुष्माका भाइ गुलशन शर्मा, वहिनी वंदना शर्मा हुनुहुन्थ्यो । उहाँका एक छोरी बाँसुरी स्वराज हुनुहुन्छ । उहाँ अधिवक्ता हुनुहुन्छ । सुष्माको वहिनी वंदना शर्मा हरियाणाको एउटा महिला क्याम्पसमा पोल्टिकल साइन्सको अध्यापन गराउनु हुन्छ भने भाइ गुलशन आयुर्वेदिकका चिकित्सक हुनुहुन्छ ।

प्रेम विवाह
कौशल र सुष्मा बीच प्रेम विवाह भएको थियो । कलेजमा पढ्दा नै दुवैजनामा चिनजान भएको थियो । उहाँले कौशलसँग प्रेम गरेपनि विवाह गर्नका लागि उहाँलाई निकै गाह्रो भइरहेको थियो । किनभने दुईटै परिवार यो सम्बन्धलाई स्वीकार गर्ने पक्षमा थिएनन् ।

त्यतिबेला छोरी, चेलीबेटीलाई घरबाट बाहिर निस्कन दिइरहेको थिएन । त्यो बेला सुष्मा र कौशलको प्रेमलाई स्वीकार गर्ने कुरै थिएन । यहाँसम्म कि त्यतिबेला विवाह हुने केटोको अनुहार पनि हेर्न पाइदैन्थ्यो केटीले । आम बुवाले जोसँग पठाईन्थ्यो त्यसलाई स्वीकार गर्नुपर्ने चलन थियो त्यो बेला कौशल र सुष्माको प्रेम बाहिर आएको थियो ।

यद्यपी सुष्मा र कौशलले हिम्मत देखाउनुभयो र जसरी पनि विहे गर्नुभयो । १३ जुलाई १९५७ मा दुवैजनाको विहे भएको थियो । कौशल उच्च न्यायलयको चिरपरिचित वकिल हुनुहुन्छ । सुष्मा र कौशलको प्रेम कहानीको यात्रा पञ्जाव युनिभर्सिटीको ल डिपार्टमेन्टबाट शुरु भएको थियो । पहिलो पटक त्यही भेट भएको थियो । र पहिलो भेटमा दुवैजनाले एक अर्कालाई मनपराउनु भयो । र यो प्रेमले यस्तो रफ्तार लियो कि कुरा विहेसम्म पुग्यो । अन्ततः विभिन्न संघर्षका बाबजुद पनि दुवैजनाले विहे गर्नुभयो ।

सारीकी सौखिन
सुष्मा जब राजनीतिमा आफ्नो पाइला राख्नुभयो, त्यो बेलादेखि एउटै पहिरनमा देखिनुभयो । सुन्दर सिल्क वा कटनको साडी, सिउँदामो सिन्दुर र निधारमा रातो ठूलो टिका (टिकुली) । उहाँ कतै विदेश भ्रमणमा जाँदा पनि यही पोशाकमा जानु हुन्थ्यो । त्यसले उहाँलाई विश्वभरमै एउटा अलग पहिचान दियो । उहाँ केटाकेटीको बीच पनि पोशाकलाई लिएर निकै फेमस हुनुहुन्थ्यो । उहाँको पोशाक तथा पहिरनबाट प्रेरित भएर फेसन कम्पीटिशनमा सोही पहिरन लगाएर कम्पीटिशनमा भाग लिन्थे । त्यो फोटोहरु अहिले समाजिक सञ्जालमा निकै चर्चित भइरहेको छ ।

विवाद
सुष्मा स्वराज केही विवादका घेरामा पनि रहनुभयो । सन् २०११ मा जब सुष्मा स्वराज विपक्षी दलको नेता भएको बेला विवादमा तानिनु भएको थियो । जब उहाँ महात्मा गाँधीको समाधीमा नाचेको दृश्य देखेपछि उहाको विरोध भएको थियो । यो दृश्यलाई विभिन्न टेलिभिजन चैनलमा पनि प्रसारित गरिएको थियो । त्यसपछि काँग्रेसले उहाँको राजिनामा पनि माग गरेको थियो ।

यद्यपी त्यतिबेला सुष्माले आफूलाई वचाउ गर्दै भन्नुभएको थियो, ‘पार्टीको परम्परालाई ध्यानमा राख्दै नेता तथा कार्यकर्ताको मनोवललाई ध्यानमा राख्दै देशभक्ति गीतमा नाचेको थिए ।’

सुष्मा स्वराजको तत्कालिन एनडीए सरकारमा विदेश मन्त्री बन्नुभयो । त्यसबेला उहाँले एकपटक ललित मोदीको ‘मानवीय आधार’ पर पुर्तगालको यात्रा गर्नका लागि भिजा प्रदान गर्नका लागि मदत गर्नुभयो र त्यो कुरालाई स्वीकार पनि गर्नुभयो । त्यस कारणले उहाँ विवादको केन्द्रमा रहनुभयो । ललित मोदी आइपीएलको पूर्व प्रमुख हुनुहुन्छ, जसलाई भारतीय भगौडा भनिएको थियो ।


जोकी पुर्तगालमा आफ्नो श्रीमतीका सर्जरीका लािग सन् २०१० देखि व्रिटेनमा रहनु भएको थियो । त्यो विवादमा भाजपाका सुष्मा स्वराजले समर्थन गर्दै आइरहनु भएका थियो । त्यही काँग्रेसले उहाँका राजिनामा माग गरिरहेको थियो । त्यतिबेला यो विवाद लामौ भएको थियो ।

स्वास्थ्य
सन् २०१८ मा सुष्मा स्वराज मृगौलाको रोगबाट पीडित हुनुहुन्थ्यो । १० डिसम्बरमा दिल्लीको एम्समा सुष्माको किडनी ट्रान्सप्लान्ट भएको थियो । कुनै किडनी डोनलरे किडन डोनेट गरेपछि उहाँको अप्रेशन सफल भएको थियो । त्यही स्वास्थ्य अवस्थाका कारण उहाँले सन् २०१९ को लोकसभा चुनाव लड्नु भएको थिएन । अन्ततः ह्रदयघातका कारण उहाँको निधन ६ अगस्त २०१९ मा भयो ।
स्रोतः विभिन्न भारतीय सञ्चारमाध्यम

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..