किसानले आफ्नो दूध विक्रि नभएको भन्दै बाटोमा पोखेर साङ्केतिक आन्दोलन गरिरहेका छन् भने डेरी उद्योगीहरुले दूधको अभाव छ भन्दै बाहिरबाट कच्चा दूध अथवा धुलो दूध ल्याउन दिनुपर्छ भनि सरकारसँग माग गरेको छ ।
किसानबाट दूध सङ्कलन गरेर उद्योगी तथा डेरीवालाहरुलाई बेच्दै आएको सहकारीहरुले दूधको अभाव देखाउँदै बढी मुल्य लिएर बेच्दै आइरहेको स्रोतले जनाएको छ । त्यसैपनि अहिले दूधको अफ सिजन हो । फागुनदेखि भदौसम्म दुध कम उत्पादन हुन्छ । चाहिने जति दूध पाइरहेको हुँदैन तर सङ्कट नै हुने खालको अवस्था नरहेको किसानहरु बताउँछन् ।
दूधको अभाव छ भन्दै सहकारीवालाहरुले कपितय नीजि क्षेत्रका डेरीवालाहरुसँग बार्गेनिङ गरेर दूध बेच्ने गरेको छ । जसले अलिकति बढी पैसा दिन्छन् उसैलाई आफ्नो दूध बेच्छन् । एउटा उद्योगले बढी दूध पाउँछन् भने अर्कोले कम दूध पाउँछन् त्यसले गर्दा बजारमा दूधको हाहाकार भएको भन्ने गरिन्छ ।
त्यस्तै, उद्योगीहरुले समतल तथा सुविधा भएको ठाउँ जस्तो चितवन, काभ्रे, मकवानपुर, नवलपरासी, बारा, बाँके, नवलपरासी, रुपन्देही, विराटनगर जस्ता ठाउँबाट मात्र दूध सङ्कलन गरेर लिन्छन् तर अरु ठाउँमा पनि दूध उत्पादन हुन्छन् तर त्यहाँबाट उद्योगीहरुले ल्याउन जाँदैन । पहाड तथा हिमाली क्षेत्रका विभिन्न जिल्लामा दूध उत्पादन हुन्छन् तर उद्योगी तथा सरकारको पहुँच त्यहाँसम्म हुँदैन ।
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले दूधको अभाव नेपालबाट पुरा गर्न उद्योगीहरुलाई आग्रह गर्नुभएको छ । ग्रामिण क्षेत्रबाट दूध ल्याउन समस्या भएको छ भने त्यसमा राज्य सहयोग गर्न तयार छ तर अहिले बाहिरबाट दूध ल्याउन नदिने उहाँले स्पष्ट पार्नुभएको छ । केही दिन अभाव भए होस् तर बाहिरभन्दा धुलो दूध अथवा कच्चा दूध ल्याउन नपाइने मन्त्री खनालले स्पष्ट पार्नुभयो ।
यद्यपी उद्योगीहरुले बाहिरबाट धुलो दूध ल्याउन पाउनुपर्छ भनिरहेका छन् । केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सकभर नेपाली किसानकै दूध नै प्रयोग गरौं यदि केही दिनलाई पुगेन भने कच्चा दूध मात्र मगाऔं भनि कुरा राख्नु भयो ।
तर, उद्योगीहरुको तर्फबाट नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले अहिले दुधको अभाव छ, बाहिरबाट धुलो दूध ल्याउने बाटो सरकारले खोलि दिए राम्रो हुने धारणा राख्नुभएको थियो । कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले नेपाल दुधमा आत्मनिर्भर हुँदै गइरहेको भन्दै बाहिरबाट आउने धुलो दुध आयातमा प्रतिबन्ध लगाउनु भएको थियो ।
अहिले आएर दुधको अभाव देखाउँदै उद्योगीहरुले बाहिरबाट दुध ल्याउन सरकारमाथि दवाव बढाई रहेका छन् । तर किसानले नेपालमा दूधको अभाव छैन । उद्योगीहरु थप नाफा खानका लागि बाहिरबाट धुलो दूध मगाउनमा जोड दिइरहेको आरोप किसानहरुले लगाएका छन् । नेपालभन्दा भारतमा दुध सस्तोमा पाउँछन् । त्यही भएर नेपालको दुध भन्दा उद्योगीहरु भारतको दुधप्रति आकर्षित रहेको किसानको आरोप छ ।
नेपालमा दुधको अभाव छैन । अभाव देखाएर उद्योगीले बढी नाफा खान खोजेको मात्र हो । देशभरिबाट दुध संकलन भयो भने अहिले पनि दुध बढी नै हुन्छ, नेपालमा खपत हुनसक्दैन तर न त्यसमा सरकारले ध्यान दिएको छ न नीजि क्षेत्रका उद्योगीहरुले ध्यान दिएको संघका अध्यक्ष देवकोटाको दावी छ ।
पहाडतिर जतिपनि दुध पाइन्छ तर न त्यहाँ सरकारको पहुँच छ न उद्योगीको पहुँच छ । सङ्खुवासभा, तेह्रथुम, भोजपुर लगायतको जिल्लामा दुध विक्रि नभएर किसानले सकेजति आफै खान्छन् । अलिअलि स्थानीय बजारमा विक्रि हुन्छ नभए त्यतिकै खेर भइरहेको हुन्छ । त्यस्ता ठाउँहरुमा दुध संकलन केन्द्र बनाएर दुध संकलन गरि विक्रि वितरण गर्यो भने नेपालमा कहिले दुधको अभाव नहुने दावी किसानको छ ।
फागुनदेखि भदौंसम्म दुध कम उत्पादन हुने समय हो । त्यो कुरा उद्योगीलाई पनि थाह छ । असोजदेखि माघसम्म बढी उत्पादन दूधलाई धुलो बनाएर भण्डारण गर्दा पनि हुन्थ्यो तर त्यस्तो गर्दैनन् ।
बढी दूध भएको बेला दुध खरिद नगरेको कारण ‘मिल्क होलि डे’ हुँदा सडकमा दूध पोखिनु पथ्र्यो । त्यही दूध खरिद गरेर धुलो बनाएर राख्दा हुन्थ्यो त्यो काम नगरेर अहिले दूधको अभाव देखाउन थालेको किसानहरुको आरोप छ । तर एशोसिएशनका अध्यक्ष राधाकृष्ण कृष्ण सापकोटाले हिमाल र पहाडतिर दूध छ तर त्यता यातायातको सुविधा नभएको कारण दूध ल्याउन नसकेको बताउनुभयो ।
हिमाल र पहाडबाट दूध ल्याउने व्यवस्था सरकारले मिलाई दियो भने आफूहरु त्यो दूध सङ्कलन गरेर ल्याउन तयार रहेको उहाँले बताउँनुभयो । उहाँले भन्नुभयो, हुम्लामा दुध छ तर के त्यो हवाईजहाजबाट ल्याउने हो र, यदि सरकारले हवाईजहजाबाट ल्याई दियो भने हामी खरिद गर्छौ ।’

No comments: