» » काश्मिर मुद्दामा राजपा र समाजवादी विभाजित

भारतले जम्मु काश्मिरलाई केन्द्र शासित बनाएपछि अहिले विश्वभर त्यसको चर्चा फैलिएको छ । अमेरिका र चीन जस्ता देशले त्यसलाई चासो पूर्वक हेरेको छ । तर नेपालले अहिलेसम्म मुख खोलेको छैन ।

नेपालका राजनीतिक दलका केही नेता तथा केही बुद्धिजीवीहरु आआफ्नो धारणा सार्वजनिक गरेपनि सरकारले आधिकारीक रुपमा केही बोलेको छैन । तर देशका दुई दलका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुले काश्मिरको बारेमा आआफ्नो धारणा सार्वजनिक गरेका छन् । तर दुईटै पार्टीको धारणा फरक फरक रहेको छ ।


समाजवादी पार्टीले भारतको त्यो निर्णयलाई विरोध गरेको छ भने राजपा नेपालले भारतको त्यो निर्णयलई समर्थन गरेको छ । यद्यपी ती पार्टीहरुले औपचारिक रुपमा आआफ्नो धारणा सार्वजनिक गरेको छैन । समाजवादीव पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जम्मु काश्मिरका लागि भारतले लिएको निर्णयलाई गलत भन्नुभएको छ। उहाँले यसको बारेमा सबैले बोल्नुपर्ने भन्नुभएको छ ।

 
उहाँले आफ्नो ट्वीटरमा लेख्नुभएको छ, ‘काश्मिर घटना दुरगामी महत्वको छ । राज्य–राज्य बीचको सम्बन्धबारे बोल्दा कुटनीतिक बन्नुपर्ला । तर लोकतन्त्र, आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता, संघीय शासन, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता मानव जातीका साझा मुद्दा हुन् ।

 तिनको हनन जहाँ जसले गरेपनि बेठिक हो र त्यो सबैले भन्न सक्नुपर्छ ।’  राष्ट्रिय स्वाधीनता। संघीय शासन, धर्म निरपेक्षका बारेमा सबैले बोल्नुपर्छ । भारतले काश्मिरमा त्यसको हनन गरेको डा.भट्टराईको बुझाई रहेको छ ।


तर राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले नेपाल एक भारतको नीतिमा उभिनुपर्ने बताउनु भएको छ । उ


हाँले मधेशी पत्रकारहरुसँग एक अन्तरक्रिया कार्यक्रममा भन्नुभयो, जसरी नेपाल एक चीन नीतिमा उभिएको छ, त्यसरी नै नेपाल एक भारतको नीतिमा पनि उभिनु पर्छ, राजपाको यो स्पष्ट धारणा हो । यसमा कसैलाई कुनै प्रकारको यसमा कसैलाई केही बुझाईमा फरक नपरोस् ।’ यद्यपी उहाँले जम्मु काश्मिरको घटना भारतको आन्तरिक मामला हो पनि भन्नुभएको छ ।


जम्मु काश्मिर तीन भागमा विभाजित छ, जम्मु, काश्मिर र लद्दाक, उहाँले भन्नुभयो, तीनटै कल्चरर्ली डिफरेन्स रहेका छन् ।’ काश्मिरमा बाहिरका व्यक्तिले जग्गा किन्न पाउने प्रावधान थिएन । यदि यहाँ दलहरुले त्यहाँका ३७० धारालाई स्वीकार गर्छन् भने मधेशमा त्यस्तै प्रावधानका लागि तयार हुन्छ भनि उहाँले प्रश्न गर्नुभयो । यदि यहाँका दल त्यसका लागि तयार भयो भने राजपा नेपालले पनि ३७० को बारेमा सोच्न सक्ने बताउनुभयो । 
काश्मिर घटनाको बारेमा राजपा नेपालका उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लालसँग जिज्ञासा राख्दा उहाँले कश्मीर भारतको अंग हो, आफ्नो भूमि र क्षेत्रमा के आवश्यक छ, कसरी व्यवस्थित गर्ने भन्ने विषय उसको आन्तरिक मामिला भएको प्रतिकृया दिनुभयो ।


उहाँले भन्नुभयो, ठीकबेठीक हामीले छुट्याउने होईन । भारतले आफ्नो संविधानमा व्यवस्था भए अनुसार संसदको दुबै सदनबाट विधिसम्मत तरीकाले निर्णय लिएको छ ।’

त्यसै पनि धारा ३७० व्यवस्था अस्थायी रहेको बताउँदै उहाँले काश्मिर र लद्दाख अलग–अलग पहिचान र संस्कृतिका क्षेत्र रहेको बताउनुभयो । लद्दाखका जनताले स्वशासनको माग उहिलेदेखि गर्दै आएका थिए, भारतले यस पुनर्गठनबाट यसलाई सम्वोधन गर्ने काम गरेको बताउँदै उहाँले कश्मिरका जनता पनि देशको मूलधारमा समाहित हुने बताउनुभयो ।


यसले भारत र पाकिस्तानको सम्बन्धमा केही असर पर्छ कि पर्दैन भिन जिज्ञासामा उहाँले अरु देशको आन्तरिक मामिलासंग पाकिस्तानले किन टाउको दुखाउन नहुने बताउनुभयो । विगतमा कश्मिरलाई मुद्दा बनाएर द्विपक्षीय सम्बन्धमा कटुताको जालमा फँसेर भारतसँगै पाकिस्तान पनि धेरै घाटा भोगेको बताउँदै उहाँले पाकिस्तानकै कारण त्यहाँ आतंकवादले बढावा पाएको दावी गर्नुभयो ।


उहाँले भन्नुभयो, काश्मिरमा विकासको गति अवरुद्ध भएको छ । त्यसकारण, मलाई लाग्छ, अबको पाकिस्तान यस्तो भुमरीमा फँस्दैन ।’

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..