» » रोपाईमा वृद्धि भएपनि उत्पादनमा कमी हुने सङ्केत

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको तथ्यांक साउन १८ गतेसम्म ८६ प्रतिशत धान रोपाई भइसकेको छ । असारको अन्तिम साता आएको बाढीका कारण धान रोपाई प्रभावित भएको थियो । तर बाढी कम भएको रोपाईले तीब्रता लिएपछि गत सालकै हाराहारीमा धान रोपाई भएको छ । यद्यपी यो रोपाईको अवस्था सबै जिल्लाको सन्तोषजनक छैन ।

 यो देशभरिको तथ्याङ्कले देखाइएको छ । खासगरि प्रदेश २ मा रोपाईमा कमी देखाइएको छ । गतवर्षको तुलनामा प्रदेश २ का कतिपय जिल्लामा विगतको तुलनामा निकै कम रोपाई भएको छ ।

मन्त्रालयले दिएको तथ्याङक अनुसार साउन १२ गतेसम्म ८०.१८ प्रतिशत रोपाई भएको थियो । साउन ६ गतेसम्म ६३.७९ प्रतिशत रोपाई भएको थियो । त्यसको हिसाबमा साउन १२ गतेसम्म १६.३९ प्रतिशतले रोपाईमा वृद्धि भएको थियो । छ दिनमा विगतको तुलनामा कम रोपाई भएको छ । यद्यपी झण्डै गतवर्षको हाराहारीमा रोपाई सम्पन्न भइसकेको छ ।

 गत वर्ष साउन १८ गतेसम्म ८९.६२ प्रतिशत रोपाई भएको थियो । विगतको जस्तै धान रोपाईमा वृद्धि भएपनि विगतको तुलनामा धान उत्पादनमा कमी हुने जानकारहरु बताउँछन् । गत आर्थिक वर्ष सबभन्दा बढी ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस आर्थिक वर्षमा ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य लिएको छ । तर बाढीका कारण समयमा धान रोपाई नहुनु, सिँचाई र मलको अभाव कारण धान उत्पादनमा कमी हुने बताइएको छ ।


 नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये साउन १८ गतेसम्म ११ लाख ७९ हजार ६८८ हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ । एक लाख ९२ हजार १८ हेक्टरमा मात्र रोपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । शुरुमा मनसुन ढिला भएको कारण रोपाईमा ढिलाई भएको थियो । पछि अत्याधिक पानी परेको कारण रोपाई प्रभावित भएको थियो । कतिपय ठाउँमा धानको ब्याडमा क्षति पुगेको कारणले धान रोपाई प्रभावित भएको हो ।

 प्रदेश १ मा ८०.१३ प्रतिशत, प्रदेश २ मा ८१.९९ प्रतिशत, प्रदेश ३ मा ८८.६७ प्रतिशत, गण्डकी प्रदेशमा ८६.५९ प्रतिशत, प्रदेश ५ मा ८८.८६ प्रतिशत, कर्णाली प्रदेशमा ९४.१० प्रतिशत, सुदुर पश्चिम प्रदेशमा ९५.३३ प्रतिशत रोपाइ भएको केन्द्रले जनाएको छ । प्रदेश १ मा दुईलाख ५७ हजार ९०१ हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये दुईलाख २१ हजार ८७ हेक्टरमा धान रोपाई भएको छ । प्रदेश १ मा सबभन्दा बढी रोपाई सोलुखुम्बुमा ९२ प्रतिशत भएको छ ।

 ताप्लेजुङ,, झापामा ८५, संखुवासभा र उदयपुरमा ८३, पाँचथर ८२, इलाम, भोजपुर, ओखलढुगां, खोटङ्गमा ७५ प्रतिशत रोपाई भएको छ भने भने तेह्रथुममा ७२, धनकुटामा ६५, भसबभन्दा कम धनकुटामा ४५, मोरगंमा ७९ र सुनसरीमा ८० प्रतिशत रोपाई भएको छ ।


सबभन्दा बाढी प्रभावित रहेको प्रदेश २ मा तीनलाख ६५ हजार ६१५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये दुईलाख ९९ हजार ७७६ हेक्टरमा रोपाई भएको छ ।

सबभन्दा बढी पर्सामा ८७, सप्तरी, बारा, ८५ र सबभन्दा कम रौतहटमा ७५ प्रतिशत रोपाई मात्र भएको छ । रौतहट सबभन्दा बाढी प्रभावित जिल्ला हो । धनुषा, महोत्तरीमा ८०, सर्लाहीमा ८२ प्रतिशत रोपाई भएको छ ।


प्रदेश ३ मा एकलाख १५ हजार २९५ हेक्टरमा खेती हुन्छ । त्यसमध्ये एकलाख दुई हजार २२७ हेक्टरमा रोपाई  रोपाई भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरमा रोपाई सम्पन्न भएको छ । जब कि गतवर्ष यतिबेला उपत्यकाका यी तीन जिल्लामा  ९०–९६ प्रतिशत रोपाई मात्र भएको थियो ।

 दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ्ग, रामेछाप, मकवानपुरमा ८५ प्रतिशत रोपाई भइसकेको छ । त्यस्तै, नुवाकोट, चितवनमा ९०, काभ्रेमा ८९, रसुवामा ८२ प्रतिशत रोपाई भएको  छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङक अनुसार गण्डकी प्रदेशमा एकलाख आठहजार २७८ हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये ९३ हजार ७५६ हेक्टरमा धान रोपाई सम्पन्न भएको छ । सो प्रदेशको मनाङ, मुस्ताङमा धान खेती नै हुँदैन ।

पर्वत, कास्की, बाग्लुङ्ग जिल्लामा सबभन्दा बढी ९० प्रतिशत रोपाई सकिएको छ भने गोरखामा ८०, म्याग्दीमा ७८, लमजुङ र स्याङ्जामा ८५, नवलपुर र तनहुँमा ८८ प्रतिशत रोपाई भएको छ । गतवर्ष यतिबेला कास्कीमा रोपाई सम्पन्न भइसकेको थियो ।
प्रदेश ५ मा तीन लाख ३५ हजार ९३ हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये साउन १८ गतेसम्म दुईलाख ६९ हजार ७७४ हेक्टरमा रोपाई भइसकेको छ ।

सो प्रदेशको रोल्पा, रुकुम, प्युठानमा रोपाई सम्पन्न भएको छ भने अर्घाखाँची, गुल्मीमा ९०, पाल्पा र दाङ्गमा ९५ प्रतिशत, बर्दियामा ९८, नवलपरासीमा ९९, बाँकेमा ८५, रुपन्देहीमा ९४ र कपिलवस्तुमा ७० प्रतिशत रोपाई भएको छ । कपिलवस्तु कृषि मन्त्री चक्रपाणि खनालको गृह जिल्ला हो । कर्णालीमा ३८ हजार ३८५ हेक्टरमा धान रोपाइ हुन्छ । त्यसमध्ये साउन १८ गतेसम्म ३६ हजार १२२ हेक्टरमा धान रोपाई भइसकेको छ ।

कर्णालीको जुम्ला, कालीकोट, डोल्पा, मुगु र हुम्लामा रोपाई सम्पन्न भइसकेको छ भने दैलेख, रुकुम पश्चिम, जाजरकोट, सल्यानमा ९८ र सुर्खेतमा ८५ प्रतिशत रोपाई भएको छ । सुदुरपश्चिम प्रदेशमा एकलाख ६४ प्रतिशत ६३९ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये एकलाख ५६ हजार ९४७ हेक्टरमा धान रोपाई भइसकेको छ । सो प्रदेशको दार्चुलामा ९५, बझाङ्गमा ९२, बाजुरा र अछाममा ९०, डडेल्धुरामा ९२, डोटीमा ९३, बैतडीमा ९२,  कैलाली र कन्चनपुरमा ९७ प्रतिशत रोपाई भएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..