कृषि क्षेत्रमा काम नभएको गुनासो आइरहेको बेला सर्लाही सदरमुकाम मलङ्गवामा रहेको कृषि ज्ञान केन्द्रको १३ करोड रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता भएकोछ । कतै बजेट छैन भनि रुवावासी छ भने कतै वजेट खर्च नभएर फिर्ता हुने गरेको छ ।
सर्लाही र महोत्तरी जिल्लाको कृषि क्षेत्रमा विभिन्न कार्यक्रम गर्न आर्थिक वर्ष २०७५÷०७६ मा प्राप्त भएको झण्डै १३ करोड रुपियाँ फिर्ता भएको छ । दुवै जिल्ला हेर्ने जिम्मेवारी पाएको सो कार्यालयका निमित्त प्रमुख राजिव यादवले १५ करोड रुपियाँ भन्दा बढीको बजेटको अख्तियारी आए पनि कार्यक्रम गर्न नसकिएकाले १३ करोड रुपियाँ हाराहारीमा रकम फिर्ता भएको जानकारी दिनुभयो ।
कर्मचारीको तलब भत्ता र केही सानातिना कार्यक्रम बापत साढे दुई करोड रुपियाँ बजेट खर्च भएको कार्यालयले जनाएको छ । विगत चार महिनादेखि कार्यालय प्रमुख नहुँदा र जनशक्तिको अभावले कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।
गत वैशाखमा सरुवा भएर जानु भएका कार्यालय प्रमुख प्रदिप ठाकुरको ठाउँमा प्रदेश सरकारले अहिलेसम्म अर्को कार्यालय प्रमुख खटाएको छैन । कार्यालयले अघिल्लो वर्ष अनुदानमा बीउ वितरण, साना सिँचाई अन्तर्गत कृषि उपकरण वितरण, किसानलाई तालिम गोष्ठीलगायत केही साना खाले कार्यक्रम मात्रै सम्पन्न गरेको छ । सहकारी सिँचाई कार्यक्रम, बजार सेड निर्माण, बगर खेती, कृषि मेला एवं महोत्सवलगायत किसान आकर्षित हुने ठूला किसिमका कार्यक्रम भने गर्न नसकिएको निमित्त कार्यालय प्रमुख यादवले स्पष्ट पार्नुभयो ।

No comments: